गोरखाको फुजेलमा पहिरोमा परि एक महिलाको मृत्यु
सोमबार, ०५ साउन २०७७, १४ : ५९
काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरोमा परी गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा एक महिलाको मृत्यु भएको छ । घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी ३४ वर्षीया लक्ष्मी गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो ।
सोमबार बिहान फुजेलको कौदीमा पहिरोमा परी स्थानीय लक्ष्मी गुरुङ्गको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले बताए ।
‘स्थानीयवासीले गुरुङको शव पहिरोबाट बाहिर निकालिसकेका छन्,’ सिडिओ पौडेलले भने, ‘स्थानीय जनप्रतिनिधि तथा प्रहरी घटनास्थल जाँदैछ ।’
सडक भासिएर गोठमाथिबाट खसेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको स्थानीय दिपक गुरुङ्गले जानकारी दिए । पहिरोमा ४–५ वटा बाख्रा पुरिएको गुरुङले बताए ।
गोठ पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण