गोरखाको फुजेलमा पहिरोमा परि एक महिलाको मृत्यु
सोमबार, ०५ साउन २०७७, १४ : ५९

काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरोमा परी गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा एक महिलाको मृत्यु भएको छ । घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी ३४ वर्षीया लक्ष्मी गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो ।
सोमबार बिहान फुजेलको कौदीमा पहिरोमा परी स्थानीय लक्ष्मी गुरुङ्गको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले बताए ।
‘स्थानीयवासीले गुरुङको शव पहिरोबाट बाहिर निकालिसकेका छन्,’ सिडिओ पौडेलले भने, ‘स्थानीय जनप्रतिनिधि तथा प्रहरी घटनास्थल जाँदैछ ।’
सडक भासिएर गोठमाथिबाट खसेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको स्थानीय दिपक गुरुङ्गले जानकारी दिए । पहिरोमा ४–५ वटा बाख्रा पुरिएको गुरुङले बताए ।
गोठ पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड