पहिरोले पुरिएर मलेखुमा किशोरीको मृत्यु, ३ वटा गाडी पुरिए
सोमबार, ०५ साउन २०७७, २० : २६

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ वर्षिया किशोरीको मृत्यु भएको छ ।
पहिरोका कारण स्थानीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।
सोही पहिरोमा परेर सिन्धुली घर भएका २८ वर्षीय जितेन चौधरी घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका–१ मा गएको पहिरोमा परेर ५ वर्षीया बालिका संगीता चेपाङ घाइते भएकी छिन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
यसैगरी पृथ्वी राजमार्गस्थित बाँदरेभिरमा गएको पहिरोका कारण ३ वटा गाडी पुरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु
-
ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
-
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल