फाखेलमा पहिरोले घर भत्कियो
सोमबार, ०५ साउन २०७७, १५ : १३
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ४ फाखेलमा गए राति माथिबाट खसेको पहिरामा परी एउटा घर भत्किएको छ । पहिराले घरको आधा भाग पुरिएको छ । फाखेल राकसखोलाका दीपककुमार मोक्तानको घर पहिरामा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । पहिरामा परी घर क्षति हुनुका साथै साढे दुई लाख बराबरको सामान नष्ट भएको उनले बताए ।
पहिराको डरले घरमा राति कोही नबसेका कारण मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । उक्त घरमा मोक्तानले कस्मेटिक पसल सञ्चालन गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण