फाखेलमा पहिरोले घर भत्कियो
सोमबार, ०५ साउन २०७७, १५ : १३

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ४ फाखेलमा गए राति माथिबाट खसेको पहिरामा परी एउटा घर भत्किएको छ । पहिराले घरको आधा भाग पुरिएको छ । फाखेल राकसखोलाका दीपककुमार मोक्तानको घर पहिरामा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । पहिरामा परी घर क्षति हुनुका साथै साढे दुई लाख बराबरको सामान नष्ट भएको उनले बताए ।
पहिराको डरले घरमा राति कोही नबसेका कारण मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । उक्त घरमा मोक्तानले कस्मेटिक पसल सञ्चालन गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा
-
आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो
-
१२ वर्षपछि बारमा फर्किएका मिश्र : निःशुल्क कानुनी परामर्शदेखि अन्तर्राष्ट्रिय मञ्चको प्रतिनिधित्वसम्म
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?