बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिराले पुरिएर हजुरआमा र नातिनीको मृत्यु

सोमबार, ०५ साउन २०७७, २० : ५८
सोमबार, ०५ साउन २०७७

तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै जना बेपत्ता भएका थिए । बेपत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । तिलमायाको भने घटनास्थलमै शव निकालिएको छ ।

पहिराले पुरिएर तनहुँमा एकसाताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो । व्यासका एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप