रातोपाटी ब्रिफिङ : काँग्रेसमा ३५ खुला केन्द्रीय सदस्य निर्वाचित, एमसीसीबारे टुङ्गोमा पुग्न फेरि कार्यदल
आज २०७८ पुस ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारहरुमा एमसीसीबारे टुङ्गोमा पुग्न फेरि बनाइयो कार्यदल, खुलातर्फ काँग्रेसको केन्द्रीय सदस्य पदका लागि यस्तो छ मत परिणाम, हेटौंडाबाट सुरु भयो मोडर्ना खोप अभियान, क्रिकेट खेलाडीसँग वार्ताको तयारीमा क्यान, लुम्बिनी प्रदेश : न संसद चल्छ, न त संसदीय समिति नै क्रियाशील छन्, एउटै भवनमा बागमती प्रदेश सरकारका पाँच मन्त्रालय, ६ मन्त्रालयमा छैनन् सचिव लगायत छन् ।
१. एमसीसीबारे टुङ्गोमा पुग्न फेरि बनाइयो कार्यदल
सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे टुंगोमा पुग्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका कार्यदलले एमसीसीका बारेमा टुंगो लगाउने छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सर्वदलीय बैठकले कार्यदल बनाएको हो । यसअघि खनालकै संयोजकत्वमा तत्कालीन नेकपाले पनि एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले एमसीसीका केही बुँदा परिमार्जन गर्न सुझाएको थियो ।
सर्वदलीय बैठकबारे एमालेको प्रतिक्रिया : सरकारमा कुनै गम्भीरता र जिम्मेवारीपन छैन |
खुलातर्फ नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा पूर्व महामन्त्री डा. शशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यको मत गणना आइतबार साँझ सकिएको हो ।
काँग्रेसमा ३५ खुला केन्द्रीय सदस्य निर्वाचित, देउवा पक्षका ७१ प्रतिशत |
कोरोनाविरुद्धको मोडर्ना खोप अभियान बागमती प्रदेशको राजधानी हेटौंडाबाट सुरु भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेका हुन् । यो खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउन थालिएको हो ।
४. क्रिकेट खेलाडीसँग वार्ताको तयारीमा क्यान
राष्ट्रिय क्रिकेटका चार खेलाडीलाई कारवाही गरेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले खेलाडीहरूसँग वार्ताको तयारी थालेको छ । कारबाहीपछि चौतर्फी दबाबमा रहेको क्यानले वार्ताका लागि खेलाडीसँग सम्पर्क गरिरहेको जनाइएको छ । क्रिकेट खेलाडीमाथि भएको कारबाहीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसबारे चासो राखेका थिए ।
५. लुम्बिनी प्रदेश : न संसद चल्छ, न त संसदीय समिति नै क्रियाशील छन्
लुम्बिनी प्रदेशमा संसदीय गतिविधि लगभग ठप्पजस्तै भएको छ । सरकार परिवर्तन भएसँगै प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्दै आएको छ भने मिनी संसद भनेर चिनिने विषयगत समितिहरु पनि धेरैजसो नेतृत्वविहीन छन् ।
लुम्बिनी प्रदेश : संसद् अवरुद्ध, मिनी संसद् अपुरो |
मंसिर पूर्णिमा अर्थात् आइतबार नेपाल समुदायले योमरी पुन्ही मनाएका छन् । योमरी पुन्हीका दिन चामलको पिठोबाट बनाइएको योमरी (एक प्रकारको परिकार) खाने चलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवससमेत मनाउने गरिएको छ ।
खाने हैन योमरी ? (फोटोफिचर) |
बागमती प्रदेश सरकारले भौतिक संरचना तथा कर्मचारीको अभाव सामना गरिरहेको छ । दलीय भागवण्डा मिलाउनका लागि मन्त्रालयको संख्या थपिए पनि सो अनुसारको भौतिक संरचना र कर्मचारी व्यवस्थापनमा समस्या देखिएको हो । हाल प्रदेश सरकारका पाँच मन्त्रालय एउटै भवनमा छन् भने ६ वटा मन्त्रालयमा सचिवसमेत छैनन् ।
बागमतीमा दलीय भागबण्डाले निम्त्याएको संकट : मन्त्रालयका लागि कर्मचारी र भवन अभाव |
८. नेतृत्व चयनबिना नै माओवादी केन्द्रको प्रदेश २ अधिवेशन सम्पन्न
नेकपा माओवादी केन्द्रले नेतृत्व चयनबिना नै प्रदेश २ को अधिवेशन सम्पन्न गरेको छ । डेढ साताअघि उद्घाटन भएको प्रदेश अधिवेशनको बन्दसत्र भने शनिबारबाट सुरु भएको थियो । आइतबार बन्दसत्र सम्पन्न भए पनि नेतृत्व चयन भने हुन सकेन ।
माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै, लालबन्दीमा सहमतिको प्रयास जारी |
मंसिर पूर्णिमा अर्थात् आइतबार किराँत समुदायले उधौली पर्व मनाएका छन् । ठुलो संख्यामा किराँत समुदाय रहेको प्रदेश १ मा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको थियो ।
अन्नबाली भित्र्याएपछि किराँत समुदायले उधौली पर्व मनाउँदै |
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १८१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २८९ जना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा १८१ जना कोरोना संक्रमण पुष्टि, २८९ जना डिस्चार्ज |
११. र यो पनि,
जनकपुर–भिठ्ठामोड सडकखण्ड स्तरोन्नतिका लागि पाँच वर्ष अघि काम सुरु भए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण सम्पन्न हुन बाँकी नै रहेको सो सडक खण्डका केही स्थानमा अहिले नै खाल्डाखुल्डी भएको छ भने स्थानीयवासीले गुणस्तरहीन काम भएको आरोप लगाएका छन् ।
जनकपुर–भिठ्ठामोड सडकखण्ड : पाँच वर्षसम्म पनि निर्माण सम्पन्न भएन |
ह्वात्तै बढ्यो विद्युत माग, औसतमा करिब तीन सय मेगावाटको वृद्धि |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव