प्रदेश १ मा उधौली पर्वको रौनक
किराँत समुदायले मनाउने विशेष पर्व उधौली आजबाट सुरु भएको छ । प्रकृतिपूजक किराँत समुदायले मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन् । उभौली भने हरेक वर्ष वैशाख शुल्क पूर्णिमामा मनाइन्छ ।
उधौलीका अवसरमा प्रदेश १ का किराँत समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, धनकुटा, सुनसरी र मोरङमा धुमधामका साथ साकेला नाच सुरु भएको छ ।
परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाइ तथा दिदीबहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक साकेला नृत्य प्रस्तुत गर्ने चलन छ । यस अवसरमा परम्परागत बाजागाजा एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।
साकेला नाच्दा साकेला थानमा सिपालु मासुमी (विशेषगरी महिला) सक्रिय हुन्छन् । तर, भूमेथानभन्दा अन्यत्र भने प्रायः महिला–पुरुष संयुक्त रुपमा नाच्ने गर्दछन् । यो नाच सहरबजारतिर पनि निकै लोकप्रिय बन्दै गएको देखिन्छ । यसलाई सहरतिर चण्डी नाच पनि भन्ने गरिन्छ ।
किराँत राई यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेली राईका अनुसार विगतका वर्षमा साकेला नाच १५ दिनसम्म चल्थ्यो । कोरोना महामारीपछि यसलाई छोट्याएर पाँच दिनसम्म साकेला थानको पूजासँगै साकेला नाच्ने कार्यक्रम राखिएको उनले बताए ।
किराँत राई यायोक्खा केन्द्रीय समितिको निर्देशनमा मातहतका जिल्ला कार्य समिति तथा गाउँ इकाई समितिमार्फत साकेला थानमा पूजा गरी साकेला नाच्न सुरु गरिएको सचिव राईले बताए ।
विभिन्न प्रकारका साकेला सिली गाउँदै हातमा चौरीको चम्मर, झयाम्टा र काँधमा ढोल बोकेर साकेला नाचिन्छ ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमि) लाई धन्यवाद दिन पर्व मनाउने गरिएको जनविश्वास छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।
उधौली पर्वको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश प्रमुख र सभामुखले शुभकामना सन्देश दिँदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषीमा आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण