सर्वदलीय बैठक सुरु हुनेवित्तिकै बालुवाटारबाट बाहिरिए माधव नेपाल
आइतबार, ०४ पुस २०७८, १६ : ५९

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् ।
बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको बैठकमा दुर्गा प्रसाईंको समूहलाई बेवास्ता ?
-
‘हनिट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी