सर्वदलीय बैठक सुरु हुनेवित्तिकै बालुवाटारबाट बाहिरिए माधव नेपाल
आइतबार, ०४ पुस २०७८, १६ : ५९
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् ।
बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण