बागमतीका २ लाख बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै
बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको हो ।
यसका लागि प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा आइतबारबाट खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान संचालन गर्ने छन् ।
खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेशका सबै स्वास्थ्य इकाइहरुलाई स्पष्ट निर्देशन दिइएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।
उनका अनुसार खोप अभियान संचालन हुने जिल्लाका स्वास्थ्य इकाईहरूले स्थानीय तह र विद्यालयहरूसँग समन्वय गरि लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाइने छ ।
खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न उनले अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण