शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीका २ लाख बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

आइतबार, ०४ पुस २०७८, ०९ : ०३
आइतबार, ०४ पुस २०७८

बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको हो ।

यसका लागि प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा आइतबारबाट खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान संचालन गर्ने छन् ।

खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेशका सबै स्वास्थ्य इकाइहरुलाई स्पष्ट निर्देशन दिइएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।

उनका अनुसार खोप अभियान संचालन हुने जिल्लाका स्वास्थ्य इकाईहरूले स्थानीय तह र विद्यालयहरूसँग समन्वय गरि लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाइने छ ।

खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न उनले अपिल समेत गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप