माओवादी प्रदेश २ अधिवेशनः २७१ सदस्यीय कमिटी बनाउने घोषणा
विवादका बीच नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । डेढ साताअघि जनकपुरधाममा उद्घाटनसत्र भएकोमा सर्लाहीको लालबन्दीमा शनिबारदेखि चलेको बन्दसत्रबाट अध्यक्ष र पदाधिकारीबिनै २७१ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय भएको हो । जसअनुसार अब पुस २० मा घोषणा सभा कमिटीको सार्वजनिक गरिनेछ ।
उद्घाटनसत्रपछि नेतृत्व चयन गर्ने विषयमा विवाद हुँदै आएको थियो । जसका कारण बन्दसत्र नै प्रभावित हुँदै आएकोमा बल्ल शनिबारदेखि सुरु भएको थियो ।
आकांक्षीहरु धेरै भएका कारण माओवादी प्रदेश अधिवेशनको बन्दसत्रबाट सर्वसम्मतरुपमा अध्यक्ष चयन गर्न नसकिएको प्रदेश सांसद समेत रहेका जगतप्रसाद यादवले जानकारी दिए । पुस ११ गते हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि प्रदेश २ को विवाद समाधान हुने सम्भावना नदेखिएपछि प्रदेश २ का ८ वटै जिल्लालाई २२ देखि १७ जना प्रतिनिधिको नाम सिफारिस गर्न भनिएको छ । जिल्लाले सर्वसम्मतरुपमा सिफारिस गरिएका नेताहरुको नामावली अनुसार नै पुस २० मा घोषणा सभा आयोजना गरी प्रदेश २ मा २७१ सदस्यीय पदाधिकारीसहित कार्यसमिति घोषणा गरिने उनले बताए ।
प्रदेश २ को अध्यक्ष पदका लागि रामकुमार शर्मा, श्रवण यादव, अशोक साह, अजय शंकर नायक र दिलिप साहलगायतका दावेदार छन् । अध्यक्षमा यसमध्ये एकजनामा सहमति बनाउन प्रयास भएको थियो ।
२० गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा सभाबाट सो कार्यसमिति घोषणा गर्नेछन् । नेता मातृकाप्रसाद यादव र नारायणकाजी श्रेष्ठ गरी दुई समूह आ–आफ्नै अडानमा रहेपछि नेतृत्वको निर्क्यौल निस्कन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण