तस्बिरमा हेर्नुहाेस् ज्यापू दिवसको रौनक
आइतबार, ०४ पुस २०७८, १४ : ११

ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आइतबार काठमाडौँमा १८ औँ राष्ट्रिय ज्यापू दिवस मनाइएको छ । ज्यापू संस्कृतिको झलक दिने गरी बाजागाजा र पहिरनसहित र्यालीको आयोजना गरिएको छ ।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन सार्वजनिक विदा समेत दिँदै आएको छ । विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास