बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, १८ मङ्सिर २०७९, २० : ५८
आइतबार, १८ मङ्सिर २०७९

आज २०७९ मंसिर १८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा सरकार गठनका लागि दलहरू छलफलमा, लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा विवाद, सशस्त्र प्रहरीमा दरबन्दी थप्न प्रस्ताव, प्रदेश १ मा एमालेलाई सरकार बनाउन ७ सांसदको कमी, प्रदेश १ मा एमालेलाई सरकार बनाउन ७ सांसदको कमी, स्याङजाको एउटा मतदान केन्द्रमा अस्वाभाविक मतदान, बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित, अन्तरघातीलाई कारबाही गर्ने कांग्रेसको तयारी लगायत छन् ।
 
१. सरकार गठनका लागि दलहरू छलफलमा
प्रमुख राजनीतिक दलहरू सरकार गठनका लागि अनौपचारिक छलफलमा जुटेका छन् । हालै सम्पन्न निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेसँगै दलहरु नयाँ सरकार गठनका लागि पहल गर्न थालेका हुन् । 

​२. लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा विवाद
लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा विवाद बढ्न थालेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीलाई स्थायी मुकाममै सार्न तयारी तीव्र बनाएसँगै प्रमुख दलहरुले तत्काल राजधानी नसार्न दबाब दिएका छन् ।

​३. सशस्त्र प्रहरीमा दरबन्दी थप्न प्रस्ताव
सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दरबन्दी थप्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । सशस्त्रमा ४ हजार २ सय नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

४. प्रदेश १ मा एमालेलाई सरकार बनाउन ७ सांसदको कमी
प्रदेश १ प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेलाई सरकार बनाउन ७ सांसद अपुग हुने देखिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ । एमाले एक्लैको प्रदेश १ मा ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ ।

५. स्याङजाको एउटा मतदान केन्द्रमा अस्वाभाविक मतदान
स्याङ्जा क्षेत्र नम्बर २ को अन्तिम निर्वाचन परिणाम आएसँगै नेपाली कांग्रेसका उम्मेदवार रहेका उपसभापति धनराज गुरुङ विजयी भइसकेका छन् । तर मतगणनाका क्रममा बुथ क्याप्चर भएको भनिएको चापाकोट नगरपालिका वडा नम्बर ३ मा स्थानीय तहमा खसेको मतभन्दा अस्वाभाविक ढंगले मतदान भएको पाइएको छ । 

६. बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेका हुन् ।  

७. एमाले नेता गोकुल बास्कोटाको घरमा शङ्कास्पद वस्तु फेला
नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको छ । सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय तुल्याएको छ ।

८. अन्तरघातीलाई कारबाही गर्ने कांग्रेसको तयारी
नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरूको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरूको सूची माग गरेको हो ।  

९. कर्णाली प्रदेशसभामा ‘बाबु पुस्ता’ को वर्चश्व
कर्णाली प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सदस्यमा बाबु पुस्ताका सांसदहरुको वर्चश्व देखिएको छ । राजनीतिमा युवा पुस्ताको उदय भइरहेको भनिए पनि कर्णालीमा भने ५० वर्ष कटेकाहरुकै वर्चश्व देखिन्छ ।

१०. र यो पनि,
महावीर पुनले विद्यावारिधि (पीएचडी) गरेका छैनन्, न उनी मेडिकल डाक्टर हुन् । तर मानिसहरू उनलाई बेलाबखत ‘डाक्टर साब’ भन्दै सम्बोधन गर्छन् । महावीर भने आफूलाई ‘मूर्ख’ भन्छन् ।

निर्वाचन आयोगले छिट्टै निर्वाचन आचारसंहिता फुकुवा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएपछि आयोगले आचारसंहिता फुकुवा गर्ने भएको हो । 

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप