शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चिटिक्क बन्दै लुम्बिनी प्रदेशको स्थायी राजधानी

आइतबार, १८ मङ्सिर २०७९, ११ : ५४
आइतबार, १८ मङ्सिर २०७९

 २०७६ असोज २० गते साविक प्रदेश नंं. ५ को राजधानी र नामकरण प्रदेशसभाले टुुङ्गो लगायो । प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका (देउखुरी दाङ) तोकियो । नाम र राजधानी टुुङ्गो लागेको धेरै समय बितिसक्दासम्म प्रदेश सरकारको मुकाम स्थायी राजधानीमा सर्न सकेको थिएन । संरचना र व्यवस्थापन अभावका कारण अस्थायी राजधानीबाट सरकार चल्दै आइरहेको थियो ।

तर प्रदेश सरकारले यही मंसिरभित्रै राजधानीमा मुकाम सार्ने तयारीका साथ स्थायी राजधानी राप्ती उपत्यका देउखुरीलाई दुुलही झै सिंगारिँदै छ ।​ स्थानीयवासी झपेन्द्र गिरी भन्छन्, ‘राजधानी आयो आयो भन्नेमात्रै थियो । अहिले त साँँच्चिकै आयो झैँ लागिरहेको छ ।’

राजधानीका लागि आवश्यक संरचनाहरु कतै निर्माण, कतै रङरोगन, कतै संरचना मर्मतसम्भारको काम भइरहेकाले साँच्चिकै राजधानी आयो भन्ने महसुस स्थानीयहरुले गरेको उनी बताउँछन् । अहिले प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय, मुुख्यमन्त्री निवास, मुख्य सचिवको कार्यालय तथा निवास, प्रदेश प्रमुखको कार्यालय, संसद सचिवालय, सुुरक्षाकर्मी आवास लगायतका भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

यही मंसिर २२ गतेसम्म ती संरचना निर्माण सम्पन्न गर्ने तीव्रताका साथ काम भइरहेको हो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानीमा बस्ने गरी निर्माणको काम भइरहेको छ ।

प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण स्थायी राजधानीमा

प्रदेश सरकारको दोस्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानीमै बस्ने गरी प्रदेश सरकारले आवश्यक संरचना निर्माणको काम गरिरहेको लुुम्बिनी प्रदेशका मुुख्यमन्त्री कुलप्रसाद केसीले बताए । निर्माणाधीन संरचना मंसिर २२ गतेभित्र तयार भइसक्नुपर्ने गरी समयसीमा तोकिएको र सोही अनुसार निर्माण कम्पनीहरुले तीव्रताका साथ काम गरिरहेको उनको भनाइ छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण दाङमै गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ ।

यही पुस ७ गते प्रदेशसभा सदस्यका लागि निर्वाचित सांसदहरुको शपथ दाङमै गराउने गरी काम भइरहेको उनले बताए । उनले भने, ‘सबै संरचना निर्माणको काम भइरहेको छ । दुई मन्त्रालयका आवश्यक संरचना तयार भइसकेको छ भने बाँकी मन्त्रालयका लागि संरचना निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप