सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ?

आइतबार, १८ मङ्सिर २०७९, १२ : ३२
आइतबार, १८ मङ्सिर २०७९

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा प्रवक्ता महतले डा.राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ । अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका थिए । 

पछिल्लो समय डा.राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ । महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन् । उनले यसअघि कांग्रेस नेता डा.शेखर कोइरालालाई उनकै निवास पुगी सांसद विजयी भएकोमा बधाई दिएका थिए । महत आफैं भने यो निर्वाचनमा उठेनन् । उनी समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीको पहिलो नम्बरमा छन् ।  -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप