पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसको माग
नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरू निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।
प्रदेश सभाबाट दाङको देखुुरी उपत्यका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णयअनुसार अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न माग अघि सारेको हो ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।
‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयनगर्दा प्रदेश सरकार, संसद, विषयगत समितिलगायतका संरचनाको नियमित संचालन र व्यवस्थापन गर्न साथै प्रदेश सभा र सरकारसँगै जाने सांसद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जवर्जस्ती लैजानुु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रदेशको मुकाम कहाँ राख्ने र सार्नेभन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशवासीको दैनिकीसँग जोडिने गरी कानुन निर्माणमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण