बाजुरा प्रदेशसभा २ मा कांग्रेसका शाही निर्वाचित
आइतबार, १८ मङ्सिर २०७९, ०८ : ५६
बाजुराको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी २० हजार ११९ मत ल्याएर निर्वाचित भएका हुन् ।
शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याए । ०७४ मा प्रतिनिधिसभामा निर्वाचित थापा यसपटक प्रदेशसभा सदस्यमै पराजित भएका छन् । बाजुराको प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् । ०७४ मा तीन सिट जितेको एमाले यसपटक बाजुरामा निल भएको छ । प्रतिनिधिसभामा पनि कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान