बाजुरा प्रदेशसभा २ मा कांग्रेसका शाही निर्वाचित
आइतबार, १८ मङ्सिर २०७९, ०८ : ५६
बाजुराको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी २० हजार ११९ मत ल्याएर निर्वाचित भएका हुन् ।
शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याए । ०७४ मा प्रतिनिधिसभामा निर्वाचित थापा यसपटक प्रदेशसभा सदस्यमै पराजित भएका छन् । बाजुराको प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् । ०७४ मा तीन सिट जितेको एमाले यसपटक बाजुरामा निल भएको छ । प्रतिनिधिसभामा पनि कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण