गोकुल बास्कोटाको घरमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारियो, तस्बिरहरू हेर्नुहोस्
आइतबार, १८ मङ्सिर २०७९, ०९ : ५५

नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डे रातोपाटीलाई जानकारी दिएका थिए । उनका अनुसार तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको थियो । यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो ।
घटनाको बेला बास्कोटाको घरमा उनकी श्रीमती र ठुलो छोरा मात्र घरमा थिए । छिमेकीले बेवारिसे अवस्थामा कुकर देखेपछि परिवारलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत