सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?

आइतबार, १८ मङ्सिर २०७९, १४ : ०३
आइतबार, १८ मङ्सिर २०७९

निर्वाचन आयोगले छिट्टै निर्वाचन आचारसंहिता फुकुवा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएपछि आयोगले आचारसंहिता फुकुवा गर्ने भएको हो । 

मतपरिणाम आएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता फुकुवा गर्ने आयोगका सहप्रवक्ता कमल भट्टराईले रातोपाटीलाई जानकारी दिए ।  हाल काम चलाउ सरकार रहेका कारण दीर्घकालीन प्रभाव पार्ने कुनै महत्वपूर्ण निर्णय नहोस् भनेर आचारसंहिता जारी राखिएको आयोगको भनाई छ । 

गत असोज १२ गतेदेखि आयोगले लागू गरेको आचारसंहिता अझै कायम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप