शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

बिहीबार, २६ साउन २०७९, २२ : ०४
बिहीबार, २६ साउन २०७९

आज मिति २०७९ साल साउन २६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. एमाले सचिवालयको निर्णय

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ८ सदस्यीय चुनावी घोषणापत्र निर्माण समिति बनाएको छ । समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,  उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

​२. सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल  भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो ।

​काठमाडौंस्थित सिनामंगलमा रहेको ह्वाइट हर्स मेनपावरले विज्ञापन प्रकाशनबिना मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा वैदेशिक रोजगार विभागमा आयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नै छापा हान्न विभागलाई निर्देशन दिएका थिए ।

​४. कोरोना संक्रमण बढ्यो

कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

​५. एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको र निर्णय भएको एन्फाले जनाएको छ । राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल खेल्ने । नेपाल सुपर लिग (एनएसएल)

​६. आयोगको कन्सर्ट

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनभन्दा अगाडि भ्याएसम्म देशका ७७ वटै जिल्लामा सांगीतिक कन्सर्ट गर्ने योजना बनाएको छ ।

सामान्यतयाः कलाकारहरुको समूहले बाजागाजासहित दर्शकहरुलाई मनोरञ्जन दिन कन्सर्ट गर्ने गरिन्छ । बाजा बजाएर, गाएर र नाचेर गरिने सांगीतिक महौलबाट दर्शकले मनोरञ्जन पाउँछन् । तर निर्वाचन आयोगले भने मतदाता शिक्षा दिनका लागि यस्तो कन्सर्टको आयोजना गर्न लागेको हो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन सचेतना र मतदाता शिक्षाका लागि सांगीतिक टोलीसहित कन्सर्ट गर्न लागेको रातोपाटीलाई जानकारी दिए । निर्वाचन शिक्षाका लागि छापा, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालका साथै सांगीतिक कन्सर्ट गर्ने योजना रहेको उनले बताए ।

​७. प्रचण्ड–बाबुराम भेट

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । बिहीबार ललितपुरको हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भएको भेटमा भट्टराईले माओवादी केन्द्रमा नफर्किने बताएका हुन् । भेटका क्रममा प्रचण्डले पार्टीमा फर्किन आग्रह गरेकामा भट्टराईले अनिच्छा देखाएका हुन् ।

​८. विमानस्थलको अवस्था

ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधार बेवारिसे अवस्थामा छन् । नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका हुन् ।

हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५१ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन् ।

​९. सेयर बजार

पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ ।

​१०. यो पनि..

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि प्रहरी अधिकृतले पार्टीको पक्ष नलिने दाबी गरेका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले सबै राजनितिक दलहरूलाई प्रहरीले समान दृष्टिले हेर्ने जाकारी दिँदै भने– ‘हाम्रा लागि सबै पार्टी बराबर ।’ ‘कोही अधिकृतले दलको पक्ष लिँदैनन्’ उनले भने–‘प्रहरीको काम पुलिसिङ गर्ने हो, हामी त्यही गर्छौं ।’

​नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले चुनावी गठबन्धनका लागि प्रस्ताव गर्दै विभिन्न दललाई पत्र पठाउने भएका छन् । जनता प्रगतिशील पार्टीले पहिलो चरणमा महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल र सिके राउत अध्यक्ष जनमत पार्टीलाई पत्र पठाउने तयारी गरेको हो ।

​नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, वित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरू सबैभन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप