नविन पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाइयो

person explore access_timeसाउन २६, २०७९ chat_bubble_outline0

अखिल नेपाल फुटल संघ (एन्फा)ले नविन पाण्डेलाई विदेश विभाग प्रमुख पदबाट हटाएको छ । बिहीबार बसिरहेको एन्फा कार्यसमिति बैठकले पाण्डेलाई विदेश विभाग प्रमुख पदबाट हटाएको हो । 


पाण्डे अब एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङका प्रमुख सल्लाहकार रहने भएका छन् । उनलाई जिम्मेवारीबाट हटाउन दवाव आएपछि एन्फा यस्तो निर्णयमा पुगेको हो । 



‘पाण्डे विदेश विभाग प्रमुखको जिम्मेवारीबाट हटेका छन् । उनी अब अध्यक्षका प्रमुख सल्लाहकार रहने छन्,’ बैठकमा सहभागि एक सदस्यले रातोपाटीलाई भने ।
 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।