शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा कुनै अधिकृतले पार्टीको पक्ष लिँदैनन्- आईजीपी सिंह

‘पद थोरै हुनाले राम्रा अधिकृतलाई बढुवा गर्न नसक्दा दुःख लाग्छ’
बिहीबार, २६ साउन २०७९, १७ : ०२
बिहीबार, २६ साउन २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि प्रहरी अधिकृतले पार्टीको पक्ष नलिने दाबी गरेका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले सबै राजनितिक दलहरूलाई प्रहरीले समान दृष्टिले हेर्ने जाकारी दिँदै भने– ‘हाम्रा लागि सबै पार्टी बराबर ।’ ‘कोही अधिकृतले दलको पक्ष लिँदैनन्’ उनले भने–‘प्रहरीको काम पुलिसिङ गर्ने हो, हामी त्यहि गर्छौं ।’

मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनको सुरक्षामा कुनै त्रुटी नगरिएको दाबी गर्दै सिंहले आगामी निर्वाचनमा पनि त्रुटिरहित ढंगले सम्पन्न गरिने बताए ।

प्रहरी महानिरीक्षकमा सिंह नियुक्त भएपछि २ हजार ६५५ जना विभिन्न पदका प्रहरी कर्मचारीको बढुवा भएको छ । बढुवामा अब्बल अधिकृतहरु नपरेको बारे पत्रकारको जिज्ञासामा सिंहले भने– ‘राम्रा हुँदाहुँदै पनि सिमित सिटका कारण बढुवा गर्न नसक्दा दुःख लाग्छ ।’ एकपटक पछि परेको अधिकृतलाई क्षमता हुँदाहुँदै सँधै पछि पार्नु नहुने उनको भनाइ छ ।

२०७९ वैशाख १९ मा सिंहले आईजीपीको कार्यभार समालेपछि १६ जना प्रहरी कारवाहीमा परेका छन् । अपराधमा संलग्न प्रहरीले छुट नपाउने सिंहले बताए । सिंहले प्रहरीको फरेन्सिक ल्याब ल्याब स्तरोन्नति गर्न लागेको जानकारी दिए ।

मिटर ब्याजबाट पीडित सिआइबी जानुस्

मिटर ब्याजबाट पीडित भएको भनेर आन्दोलन गर्नेहरुलाई आइजीपी सिंहले प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेका छन् । कानुन बमोजिम जाहेरी ल्याए कारवाही हुने उल्लेख गर्दै सिंहले भने– ‘प्रहरी युनिटहरूले कारबाहीमा तदारुकता नदेखाए महानिरीक्षक कहाँ आएपनि हुन्छ ।’

मिटर ब्याजबाट पीडितहरुलाई सिआइबीमा उजुरी गर्न आग्रह गर्दै उनले भने– ‘सिआइबीमा जानुस्, चाँडो समस्या समाधान हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप