शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब डाक्टरहरूले सुनिल दत्तलाई नर्गिसलाई मार्ने सल्लाह दिए

मङ्गलबार, २० वैशाख २०७९, ०८ : ५७
मङ्गलबार, २० वैशाख २०७९

आज दिग्गज अभिनेत्री नर्गिस दत्तको पुण्यतिथि । नर्गिसले हिन्दी सिनेमालाई एकसे एक फिल्म दिएकी छिन् । तर ‘मदर इन्डिया’ मा उनको चरित्र शताब्दीयौंसम्म याद रहनेछ । अभिनेत्री नर्गिस दत्तको जन्म १ जुन १९२९ मा कलकत्तामा पञ्जाबी मुस्लिम परिवारमा भएको थियो । उनको वास्तविक नाम फातिमा राशिद थियो । उनका पिताको नाम उत्तमचन्द मूलचन्द र आमाको नाम जद्दनबाई थियो । नर्गिसकी आमा शास्त्रीय गायिका थिइन् र हिन्दी सिनेमामा पनि उनको धेरै नाम थियो ।

६ वर्षको उमेरमा आफ्नो फिल्मी करियर सुरु गरेका थिएः

नर्गिसले ६ वर्षको उमेरमा बाल कलाकारको रुपमा फिल्म ‘थले हक’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । त्यसयता नर्गिसले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । यसपछि उनी १४ वर्षको उमेरमा निर्देशक महबूब खानको फिल्म तकदीरमा देखा परिन् । उनले सन् १९४० र सन् १९५०  को दशकमा धेरै हिन्दी फिल्महरूमा काम गरिन्, जस्तै बरसात, अंदाज, आवारा, दीदार, श्री ४२०, चोरी चोरी आदि । नर्गिस र राज कपूरले १६ वटा फिल्ममा सँगै काम गरेका थिए । पछि उनी राज कपूरसँगको सम्बन्धलाई लिएर पनि धेरै विवादमा परिरहन्थिन् ।

राज कपूर नर्गिसको मायामा हात जलाउने गर्थेः

नर्गिस, अभिनेता सुनिल दत्तकी पहिलो प्रेम थिइन् । असाध्यै सुन्दर नर्गिसलाई देखेर सुनिलले उनलाई आफ्नो मन मुटुमा बसाइसकेका थिए । दुबैले सन् १९५७ मा फिल्म मदर इन्डियामा सँगै काम गर्ने मौका पाएका थिए । फिल्मको सुटिङका ​​क्रममा नर्गिस राज कपूरसँगको ब्रेकअपबाट बाहिर निस्कने प्रयासमा थिइन् र सुनीलले उनलाई इम्प्रेस गरिरहेका थिए । सुटिङका ​​क्रममा एकपटक सेटमा आगो लागेको थियो ।

यो दुर्घटनामा सुनिलले आफ्नो ज्यान जोखिममा राखेर नर्गिसको ज्यान बचाए । यो दुर्घटनापछि नर्गिस र सुनिल राम्रो साथी बने । एक दिन नर्गिसलाई घरमा छोडेर सुनिलले उनलाई प्रपोज गर्ने निर्णय गरे । नर्गिसले उनको प्रस्ताव अस्वीकार गरेमा सबै कुरा छोडेर गाउँ फर्किने सुनिलले सोचेका थिए । तर त्यसो भएन, नर्गिस तुरुन्तै विवाह गर्न राजी भइन् ।

विवाहपछि दुवैका तीन सन्तान सञ्जय दत्त, प्रिया दत्त र नम्रता भए । राज कपूरले सुनील दत्तसँग नर्गिसको विवाहको खबर सुनेपछि उनलाई यो कुरा विश्वास नै लागने । सपना त छैन भनेर उनले थुप्रै पटक आफूलाई चुरोटले पोले । यसपछि राज कपूरले अत्यधिक रक्सी पिउन थाले ।

डाक्टरहरूले सुनिल दत्तलाई नर्गिसलाई मार्ने सल्लाह दिए

नर्गिस क्यान्सरबाट पीडित थिइन् । उनलाई असाध्यै धेरै पीडा हुन्थ्यो । डाक्टरहरूले सुनील दत्तलाई नर्गिसको लाइफ सपोर्ट सिस्टम हटाउन सल्लाह दिए तर सुनिल दत्तले त्यसो गर्न अस्वीकार गरे । मे १९८१ मा सञ्जय दत्तको पहिलो फिल्म ‘रकी’ रिलिज हुन लागेको थियो ।

त्यसबेला नर्गिस असाध्यै बिरामी थिइन् । तर छोराको फिल्म हेर्न आतुर थिइन् र आफ्नो स्वास्थ्य जतिसुकै खराब भए पनि स्ट्रेचरमा बोकेर लैजानु परे पनि फिल्म अवश्य हेर्ने बताउने गर्थिन् । फिल्म ८ मे मा रिलिज हुने तयारीमा थियो तर मे ३ मा नर्गिसको निधन भयो ।

नर्गिसको विवादास्पद किस्साः

आफ्नो अभिनयका साथ स्पष्ट बयानका लागि पनि चर्चित नायिका नर्गिस दत्तले संसदमा ओस्कर विजेता निर्देशक ‘सत्यजित सूर्य नभई किरण मात्रै भएको’ बयान दिएकी थिइन् । सत्यजित रेका फिल्मका बारेमा कुरा गर्दै उनले आफूले आफ्नो फिल्ममा गरिब भारतको मात्र चित्रण गरेको बताएकी थिइन् ।

नर्गिस र मीना कुमारी निकै मिल्ने साथी थिए । मीना कुमारी र उनका पति लेखक कमल आरोहीबीचको पीडादायी कथा नर्गिसलाई थाहा थियो । ३६ वर्षको उमेरमा जब मीनाको मृत्यु भयो तब नर्गिसले भनेकी थिइन्, ‘तिमीलाई मृत्युको शुभकामना । यो संसारमा फेरि नआऊ । किनभने यो संसार तिम्रो लायक छैन । ’

 


 

नर्गिसले एकपटक रेखाको बारेमा पनि बयान दिएकी थिइन् । उनले रेखामा मनोवैज्ञानिक समस्या रहेको बताएकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप