बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिव्या भारतीको दर्दनाक अन्त्य : १८ वर्षमा धर्म फेरेर साजिदसँग गरेकी थिइन् विवाह, ११ महिनापछि मृत्यु

मङ्गलबार, २२ चैत २०७८, ११ : ३८
मङ्गलबार, २२ चैत २०७८

विश्वात्मा, डर, दिवाना, शोला और शबनमजस्ता थुप्रै हिट फिल्ममा अभिनय गरिसकेकी दिव्या भारतीको आज २९ औँ पुण्यतिथि हो । दिव्याले १६ वर्षको उमेरमा आफ्नो अभिनयको करियर सुरु गरेका थिए । दिव्याले सन् १९८८ मा बलिउडमा डेब्यू गर्ने तयारीमा थिइन् तर उनलाई लगातार तीनवटा फिल्मबाट हटाइएको थियो । अन्ततः दिव्याले सन् १९९० मा रिलिज भएको तेलुगु फिल्म बोबली राजाबाट साउथ डेब्यू गरिन् । साउथ पछि दिव्या विश्वात्मा फिल्मबाट बलिउडमा आइन् । पहिलो फिल्मबाटै दिव्या रातारात चर्चित भइन् । यो फिल्मको गीत सात समुन्दर निकै हिट भएको थियो ।

उनको पुण्यतिथिमा चुलबले दिव्याको सफलताले भरिएको यात्रा कसरी सुरु भयो र एक दुर्घटनाले उनको यात्राको दर्दनाक अन्त्य कसरी भयो भन्नेबारे जानकारी लिऔा ।

दिव्या भारतीको जन्म २५ फेब्रुअरी सन् १९७४ मा भएको थियो । बाल्यकाललेखि नै चुलबुले व्यक्तित्व भएकी दिव्या ‘पुतली’ जस्तै देखिन्थिन् । उनलाई पढाईमा अलिकति पनि रुची थिएन । छिमेकमा बस्ने निर्माताले दिव्यालाई फिल्मको अफर गर्दा उनले आमालाई ‘फिल्म खेल्यो भने पढ्नु पर्दैन ?’ भनेर सोध्ने गर्थिन । उनले ९ कक्षापछि पढ्न छोडिन् ।

९ कक्षामा नै फिल्म अफर भयोः

सन् १९८८ मा दिव्य १४ वर्षकी थिइन् । त्यतिबेला फिल्म निर्माता नन्दु तोलानीले उनलाई आफ्नो फिल्म ‘गुनाहोंका देवता’ अफर गरे । यो दिव्याको डेब्यू फिल्म हुने थियो तर उनको भूमिका हटाएर संगीता बिजलानीलाई कास्ट गरियो ।

एउटा भिडियो लाइब्रेरी हेर्दा गोबिन्दाका भाइ कीर्ति कुमारको नजर दिव्यामाथि पर्यो । उनले ‘राधा का संगम’ फिल्ममा दिव्यालाई गोबिन्दासँग कास्ट गर्ने इच्छा देखाए । कीर्ति, दिव्यालाई लञ्च गर्न निकै उत्साहित थिए । दिव्याले फिल्मका लागि महिनौँसम्म डान्स र एक्टिङको क्लास लिए तर अन्तिम समयमा उनको साटो जुही चावलालाई साइन गराइयो ।

साउथ फिल्मबाट गरिन् अभिनयको सुरुवातः

सन् १९९० मा दिव्याले डी रामानायडुको तेलुगु फिल्म बोबली राजाबाट अभिनयको डेब्यू गरिन् । यो एउटा हिट फिल्म थियो जुन आज पनि तेलुगुको सबैभन्दा आइकोनिक फिल्ममध्ये एक मानिन्छ । त्यसपछि दिव्या ‘निला पन्ने’ मा देखिइन् । दुईवटा फिल्मपछि नै भारतीलाई विजयशान्तिसँग दाँज्न थालियो जसलाई साउथ इन्डष्ट्रिको द लेडी अफ सुपरस्टार र लेडी अमिताभ भनिन्थ्यो । त्यसपछि दिव्या राउडी अल्लुडु, धर्म क्षेत्रमा देखिइन् ।

बलिउडका सबै फिल्म निर्माता दिव्यासँग काम गर्न चाहन्थेः

केही साउथ फिल्म हिट भएपछि नै बलिउडका हरेक ठूला फिल्मनिर्माता दिव्यालाई आफ्नो फिल्ममा लिन चाहन्थे । दिव्याले राजिव रायको सन् १९९२ मा रिलिज भएको फिल्म विश्वात्माबाट बलिउड डेब्यू गरिन् । यो फिल्म बक्स अफिसमा हिट भएन तर यसले दिव्यालाई रातारात देशभरी पहिचान दिलायो । एक हप्तापछि नै भारतीको दोस्रो फिल्म ‘दिल का क्या कसुर’ रिलिज भयो । यो फिल्म फ्लप भयो । भारतीले यसबारे भनेकी थिइन्, ‘म आफूलाई साबित गर्न चाहन्थेँ । मैले पुनः आरोहण गर्नुपर्नेछ । तर म सकारात्मक छु, मैले एकदिन सफलता पक्कै पनि पाउनेछु ।’

त्यसै वर्ष दिव्या डेविड धवनको फिल्म ‘शोला और शबनम’ मा गोबिन्दासँग देखिएकी थिइन् । यो दिव्याको पहिलो हिट फिल्म थियो । सन् १९९२ मा नै दिव्या ‘दिवाना, जान से प्यारा, दिल आशना हे, बलवान, दिल ही तो हे, दुश्मन जमाना, गीत’ मा देखिइन् ।

१८ वर्षको उमेरमा विवाह गरेर फेरिन् धर्मः

शोला और शबनम फिल्मको सुटिङका बेला गोबिन्दाले नै दिव्यालाई साजिद नाडियाडवालासँग भेट गराएका थिए । सुरुमा दिनमा दोस्ती भयो र त्यसपछि प्रेम । यी दुईले १० मे सन् १९९२ मा गोप्य विवाह गरे । साजिदसँग विवाह गर्नुअघि दिव्याले इस्लाम स्वीकार गरेर सना नाम राखिन् । मुम्बईको तुलसी बिल्डिङमा भएको यो विवाहमा दिव्याकी हेयरड्रेसर, साथी सन्ध्या, सन्ध्याका श्रीमान् काजी मात्रै समावेश भएका थिए ।

 


भवनको पाँचौ तलबाट खसेकी थिइन् दिव्याः

दिव्या भारती चेन्नईबाट सुटिङ गरेर ५ अप्रिल सन् १९९२ मा घर पुगेकी थिइन् । भोलिपल्ट बिहान उनी अर्को कामका लागि निस्कनुपर्ने थियो । दिव्या आफ्नो भोलिपल्टको तालिकालाई सारेर ७ अप्रिल बनाउन चाहन्थिन् । यसैबीच उनीसँग डिजाइनर निता लुल्लाको फोन आयो र उनलाई आन्दोलन फिल्मका लागि ड्रेस फाइनल गर्नु छ भनिन् । आन्दोलन फिल्म दिव्याका श्रीमान् साजिदले नै निर्माण गरिरहेका थिए ।

मृत्यु हुँदा नशामा थिइन् दिव्याः

जब निता आफ्ना श्रीमान् श्याम लुल्लासँग दिव्याको घर पुगिन् तब तीनैजना मिलेर रक्सी पिए । घरमा दिव्याकी सहयोगी अमृता पनि थिइन् जो बाल्यकालदेखि नै दिव्यासँग थिइन् । दिव्यालाई नशा चढिसकेको थियो । दिव्या बैठक कोठामा बसेर पाहुनासँग कुरा गर्दै अपार्टमेन्टको झ्यालको रेलिङमा बसिन् जुन १२ इन्च चौडा थियो । कुराकानी गर्दा गर्दै दिव्याले आफ्नो सन्तुलन गुमाइन् र पाँच तलाबाट खसिन् । दिव्या उत्तानो परेर खसेकी थिइन् तर एम्बुलेन्स आउञ्जेल उनी जिउँदो थिइन् । छिमेकीको मद्दतले दिव्यालाई कुपर अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

दिव्या भारतीको अचानक मउत्युले थुप्रै चर्चित हस्तीलाई शोकमा पार्यो । कतिले यसलाई हत्या बताए । यद्यपि, पोस्टमार्टम रिपोर्टमा दिव्याको मृत्यु बालकोनीबाट खसेर टाउकोमा लागेको चोट र आन्तरिक रक्तश्रावका कारण भएको बताइयो । ७ अप्रिल सन् १९९३ मा दिव्याको अन्तिम संस्कार विले पार्लेमा भयो ।

मृत्युअघि आफूलाई हानी पुर्याउँथिन् दिव्याः

दिव्याकी आमा मिताले फिल्मफेयरलाई दिएको अन्तरवार्तामा दिव्या रिसमा आफूलाई चोट पुर्याउने गरेको बताइन् । मृत्यु हुनु केही दिन अघि दिव्याले चुरोटले आफूलाई पोलेकी थिइन् ।

१० वटा फिल्म अधुरै रहेः

मृत्यु अघि दिव्यासँग करिब १० वटा फिल्म थिए जसलाई मृत्युपछि अन्य नायिकाले पूरा गरेका थिए । यसमा लाडला, मोहरा, दिलवाले, विजयपथ, आन्दोलन, चिन्तामणी (तेलुगु), कर्तव्य, दो कदम, हलचल, अंगरक्षक समावेश छन् ।

मानिसको सपना आइरहिन् दिव्याः

दिव्याको मृत्युपछि उनकी आमाले एक अन्तरवार्तामा दिव्याले सधैँ उनलाई सपनामा आएर ब्यूँझाउने गर्थिन् । आमाबाहेक दिव्याको समाचार लेखिरहेकी पत्रकार वर्धा खानको सपनामा पनि दिव्या थुप्रै महिनासम्म आइरहिन् । स्टोरीको सिलसिलामा वर्धाको भेट साजिदसँग भयो र सन् २००० मा यी दुईले विवाह गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप