मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पहिलो महानायक डा. राजकुमार : २०५ फिल्ममा रक्सीको कुनै दृश्य थिएन, अपहरणमा पर्दा सरकारमाथि प्रश्न

आइतबार, ११ वैशाख २०७९, १५ : ३९
आइतबार, ११ वैशाख २०७९

फिल्ममा सुपरस्टार त धेरै नै भए तर पहिलो महानायकको उपाधि पाए कन्नड फिल्मका स्टार डा. राजकुमारले । एक नाटक मण्डलीबाट काम सुरु गर्ने डा. राजकुमारले २०५ वटा फिल्ममा अभिनय गरे । उनी महानायक यसै भनिएनन् । उनले २०५ वटा फिल्ममा अभिनय गरे तर सबै आफ्नो शर्तमा । यीमध्ये दुई शर्त विशेष हुन्थे । पहिलो, रक्सी वा चुरोट पिइरहेको कुनै पनि सीन गर्नेछैनन् र दोस्रो शर्त भनेको उनी फिल्ममा कुनै पनि यस्तो डाइलग हुने छैनन् जसमा उनले ‘म कसम खान्छु’ भन्नु पर्दथ्यो किनभने उनी कसम खाने कुराको विरोधी थिए ।

३० जुलाई २००० मा दक्षिण भारतका साथै उत्तर भारतमा पनि डा. राजकुमारको नाम त्यतिबेला चर्चामा आयो जब चन्दर तस्कर विरप्पनले उनलाई आफ्नै फार्म हाउसबाट अपहरण गरेका थिए । पूरा कर्नाटकमा दंगा फैलियो । प्रशंसक सडकमा उत्रिए । कर्नाटक सरकार ढल्ने स्थितिमा आइपुग्यो । १०८ दिनपछि उनी विरप्पनको कैदबाट छुटे ।

डा. राजकुमारलाई इन्डियन जेम्स बन्ड पनि भनिन्थ्यो । उनले थुप्रै जासुसी फिल्ममा अभिनय गरे । हालै हृदयघातका कारण मृत्युवरण गरेका कन्नड सुपरस्टार पुनित राजकुमार, डा. राजकुमारका छोरा थिए । आज उनको ९३ औँ जन्मदिन हो । डा. राजकुमारसँग जोडिएका केही रोचक कुरा थाहा पाऔँ ।

गरिब परिवारमा जन्म, ८ वर्षमा छुट्यो पढाईः

सन् १९२९ अप्रिल २४ मा तमिलनाडुको गाजनूरमा एक गरिब परिवारमा जन्मिएका एसपी मुत्तुराज अर्थात् राजकुमारका पिता पनि एक कलाकार थिए ।

गरिबीका कारण ८ वर्षको उमेरमा नै पढाई छोडेर पितालाई सहयोग गर्न अघि बढेका थिए ।

उनको करियरको सुरुवात नाटक मण्डलीबाट भएको थियो । केही समयपछि उनी सुभाष नायडू ड्रामा कम्पनीमा भर्ना भए ।

सन् १९४२ मा फिल्म भक्त प्रह्लादमा बाल कलाकारको रुपमा काम गरे ।

यसरी मुत्तुराजबाट बने राजकुमारः

सन् १९५३ जून २५ मा राजकुमारले १४ वर्षकी आफ्नी कजिन पर्वाथामासँग विवाह गरेका थिए । यी दुईका पाँच सन्तान भए, छोरा शिव, राघवेन्द्र र पुनित । छोरी लक्ष्मी र पूर्णिमा ।

सन् १९५४ मा निर्देशक एल.एन. सिम्हा एक फिल्म ‘बेदारा कन्नप्पा’ को निर्देशन गरिरहेका थिए जसका लागि उनलाई एउटा नयाँ अनुहार चाहिएको थियो ।

सिम्हालाई यो फिल्मका लागि राजकुमार उत्कृष्ट लाग्यो । उनको वास्तविक नाम मुत्तुराज थियो र पहिलो फिल्मबाटै उनले राजकुमार नाम पाए ।

उत्कृष्ट अभिनेताका साथै अवार्ड विनर गायक पनिः

राजकुमारले क्लासिकल म्युजिकको तालिम लिएका थिए र फिल्म ओहिलेश्वरमा ‘ओम नमः शिवाय’ उनको पहिलो गीत थियो ।

त्यसपछि महिषासुरु मर्दिनीमा उनले गाएको गीत ‘थुम्बिथु मानव’ निकै चर्चित भएको थियो ।  यो नै पहिलो प्यान इन्डिया फिल्म थियो जसलाई ७ वटा भाषामा रिलिज गरिएको थियो ।

राजकुमारले ३०० वटा फिल्मी गीत र लगभग २०० वटा भक्ति गीत गाएका छन् ।

सन् १९९२ मा नादम्य गीतका लागि उनले बेस्ट मेल प्लेब्याक सिंगरको नेशनल अवार्ड पाएका थिए । यो सम्मान पाउने उनी पहिलो कन्नड गायक थिए ।

पहिलो अभिनेता जसले ४० वटा उपन्यासमा आधारित फिल्ममा अभिनय गरेः

राजकुमारको फ्यान फलोविङ यस्तो थियो कि हरेक फिल्मका लागि राजकुमारकै नाम आउँथ्ये ।

राजकुमारले एक तेलुगु फिल्म कालहस्ती महात्यम बाहेक आफ्नो पूरा करियरमा २०४ कन्नड फिल्ममा अभिनय गरे ।

भाग्यदा बलिगु उनको सयौँ र देवता मनुष्य उनको २०० औँ फिल्म थियो । उनको अन्मित फिल्म शब्दवेधि थियो ।

राजकुमार एक्ला यस्ता अभिनेता हुन् जसले ४० वटा उपन्यासमा आधारित फिल्ममा अभिनय गरेका थिए ।

कहिले पनि खाएनन् झुटो कसम, रक्सी–चुरोटबाट टाढै रहेः

राजकुमारको जीवन बाँच्ने तरिका सबैभन्दा भिन्न थियो । उनले यति धेरै सफलता हात पारेपछि पनि कहिल्यै पनि रक्सी र चुरोट छोएनन् न नै रक्सी समाते ।

उनी हरेक ती डायलग बोल्नबाट बचे जसमा उनले ‘म कसम खान्छु’ भनेर भन्नु पर्दथ्यो । झुटो कसम खाने कुराको उनी विरोधी थिए । उनले यहि कुरा आफ्नो फिल्ममा पनि फलो गरे ।२०५ फिल्ममा रक्सी–चुरोट पिउने कुनै पनि सीन गरेनन् ।

 


३५ फिल्म जसलाई ५८ पटक गरियो रिमेक, ३४ अभिनेताले गरे कामः

राजकुमारका २५ वटा फिल्मलाई ५८ पटक ९ भाषामा रिमेक गरियो । फोर्ब्सका अनुसार राजकुमार यस्ता पहिलो अभिनेता थिए जसको फिल्मलाई ५० भन्दा बढी पटक भिन्न भिन्न भाषामा रिमेक गरिएको थियो । यी फिल्ममा २४ भिन्न भिन्न अभिनेताले काम गर्ने मौका पाए ।

फार्महाउसबाट चन्दन तस्कर विरप्पनले गरे अपहरण, कर्नाटकमा दंगा

३० जुलाई २००० मा राजकुमार परिवारसँग फार्महाउसमा थिए, त्यतिबेला चन्दन तस्कर विरप्पनले उनलाई अपहरण गरे ।

यो घटनापछि बेंगलुरुमा तनाव फैलिएको थियो र प्रशंसक सडकमा उत्रिएका थिए । थुप्रै गाडी जलाइए र केहीले त आत्महत्याको कोसिससमेत गरे ।

राजकुमारलाई छुटाउनका लागि कर्नाटक सरकारले दियो पैसाः

विरप्पनको के माग थियो, यसको खुलासा अहिलेसम्म पनि भएन । तर राजकुमारलाई छुटाउनका लागि कर्नाटक सरकारले एउटा ठूलो धनराशी उपलब्ध गराएको बताइन्छ ।

त्यसपछि १५ नोभेम्बर सन् २००० मा १०८ दिनपछि राजकुमार उनको कैदबाट रिहा भए ।

कर्नाटक सरकार ढल्ने स्थिति आयोः

विरप्पनले राजकुमारसहित ३ जनालाई १०८ दिनसम्म आफ्नो कैदमा राखे । यतिबेला सरकारले राजकुमारलाई खोज्नका लागि दिनरात एक गरिदियो । राजकुमारको केही पत्ता लागेन । मानिस तत्कालीन सरकार हटाउनुपर्ने माग गर्न थाले ।

यसैबीच पत्रकार आरआर गोपाल, बिरप्पन र सरकारको मध्यस्थ बने र दुईबीच कुराकानी गराए ।

त्यसपछि विरप्पनले तीन मागसहित राजकुमारलाई रिहा गर्ने बताए ।

हृदयघातका कारण मृत्यु, कर्नाटकमा दंगा, गोलीबारीमा ८ को मृत्यु

राजकुमार अपहरणपछि नै कमजोर भएका थिए । १२ अप्रिल सन् २००६ मा राजकुमारको हृदयघातका कारण निधन भयो ।

खबर फैलने बित्तिकै पूरा कर्नाटकमा स्थिति अनियन्त्रित भयो । अन्तिम दर्शनका लागि मानिस पुग्न थाले ।

प्रशंसकले थुप्रै गाडी जलाए, यतिबेला प्रहरीको गोलीबारीमा ८ जनाको मृत्यु भएको थियो ।

कतिले आत्महत्याको कोसिस गरेका थिए जसमध्ये कतिलाई प्रहरीले बचाएका थिए ।

भीडका कारण दुई स्थानमा अन्तिम दर्शनः

उनको पार्थिव शरीरलाई पहिला उनको घर सदाशिवनगरमा राखिएको थियो ।

यद्यपि, भारी भीडका कारण शवलाई पहिलो प्यालेस ग्राउन्ड र त्यसपछि कान्तिरवा स्टेडियम लगियो ।

१३ अप्रिल सन् २००६ मा बेंगलुरुको कान्तिरवा स्टेडियममा उनको अन्तिम संस्कार भएको थियो ।

यहाँ नै उनको १० करोड भारुको स्मारक पनि बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप