मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

शम्मी कपुरका छोराले पिताको प्रेम सम्बन्धहरुबारे खोले थुप्रै राज

बुधबार, १४ वैशाख २०७९, १२ : ५१
बुधबार, १४ वैशाख २०७९

भारतीय फिल्ममा कपुर परिवारको योगदान सधैँ नै महत्वपूर्ण रहँदै आएको छ । कपुर परिवारमा अभिनयको सुरुवात सबैभन्दा पहिले कपुर परिवारका मुखिया दिवंगत अभिनेता पृथ्वीराज कपुरले गरेका हुन् ।

सिनेमालाई थप उत्कृष्ट बनाउन र बुझ्न उनलाई उनका जेठो छोरा राज कपुरले सहयोग गरे । राज कपुरका साथै अन्य भाइ शम्मी कपुर र शशि कपुरले पनि आफ्नो अभिनयमार्फत असाध्यै नाम कमाए ।

 


कपुर परिवारको हिन्दी फिल्ममा लगाव आज पनि उनको नयाँ–नयाँ पीढिका देख्न पाइन्छ । कपुर परिवारसँग जोडिएका थुप्रै मानिसले आफ्नो कामबाट असाध्यै चर्चा बटुल्न सफल भएका छन् तर केही फिल्ममा त आए तर उनीहरुले आफूले चाहे अनुसारको सफलता र चर्चा भने पाउन सकेनन् । केही यस्तै स्थिति रह्यो दिवंगत अभिनेता शम्मी कपुरका छोरा आदित्य राज कपुरको पनि ।

बाल कलाकारको रुपमा आदित्यको सुरुवातः

आदित्य राज कपुर दिवंगत अभिनेता शम्मी कपुर र गीता बालीका छोरा हुन् । बाल्यकालमा पहिलो पटक बाल कलाकारको रुपमा उनले काम गरे । सन् १९६३ मा उनकी आमा गीता बालीको फिल्म ‘जब से तुम्हे देखा हे’ रिलिज भयो ।

सन् १९७३ मा फिल्म ‘बबी’ रिलिज भयो । आफ्नो पढाई पूरा गरेपछि पहिलो पटक आदित्यले आफ्ना काका अर्थात् दिवंगत अभिनेता, निर्देशक तथा निर्माता राज कपुरको फिल्म ‘बबी’ मा सह–निर्देशकको रुपमा काम गरे ।

 


सह–निर्देशकको रुपमा आदित्य कपुरले सन् १९७८ मा रिलिज भएको ‘सत्यम शिवम सुन्दरम,  सन् १९८५ मा रिलिज भएको फिल्म ‘गिरफ्तार’, सन् १९९१ मा रिलिज भएको ‘साजन’, सन् १९९३ मा रिलिज भएको ‘दिल तेरा आशिक’, सन् १९९६ मा आएको ‘पापी गुडिया’ र सन् १९९९ मा आएको ‘आरजू’ फिल्ममा काम गरे ।

निर्देशकको र लेखकको रुपमा सन् २००७ मा आदित्य कपुरले दुई अंग्रेजी फिल्ममा काम गरेका थिए । यसमा ‘डन्ट स्टप ड्रिमिङ’ र ‘साम्बर सालसा’ समावेश थियो ।

अभिनेताको रुपमा फिल्ममा गरे कामः

आदित्य कपुरले फिल्ममा अभिनय गर्ने कोसिस पनि गरे । सन् २०१० मा उनले जगमोहन मुन्ध्राको फिल्म ‘चेस’ मा महत्वपूर्ण भूमिका निभाउने मौका पाए । त्यसपछि उनले केही अन्य फिल्म जस्तै मुम्बई ११८, दीवानगी ने हद कर दी, इस लाइफ में, यमला पगला दीवाना टु, से यस टु लभजस्ता साना–ठूला फिल्ममा पनि धेर–थोर काम पाइरहे ।

 


आदित्य कपुरले फिल्मपछि टेलिभिजनको दुनियाँमा पनि पाइला टेके । उनले चर्चित निर्देशक आशुतोष गोवारिकरको धारावाहिक एभरेस्टमा अभिनय गरे ।

अभिनय र निर्देशनमा सोचेको जस्तो नभएपछि आदित्यले व्यापार सुरु गरे । उनको एउटा ट्रक र गोदामको व्यवसाय पनि छ । उनको निर्माण कम्पनीले मुम्बईमा मनोरञ्जन पार्क फेन्टेरी ल्याण्ड र दिल्लीमा अप्पू घर निर्माण गरेको छ ।

पिता शम्मी कपुरको अफेयर्सबारे खुलासाः

दिवंगत अभिनेता शम्मी कपुरका छोरा आदित्य राज कपुर निकै वर्षदेखि फिल्मी दुनियाँमा छन् तर उनी आजकाल अचानक चर्चामा छाएका छन् । उनको कुनै नयाँ फिल्म रिलिज हुन लागेर भने उनी चर्चामा आएका होइनन् । खासमा उनले हालै एउटा अन्तरवार्ता दिएका थिए जसमा उनले आफ्ना पिता शम्मू कपुरबारे थुप्रै खुलासा गरेका थिए ।

गीता बाली र शम्मी कपुरको विवाह सन् १९५५ मा भएको थियो तर अभिनेत्री गीता बालीको सन् १९६५ मा ठेउलाका कारण निधन भएको थियो । त्यतिबेला उनका छोरा आदित्य राज कपुर र छोरी कञ्चन असाध्यै साना थिए । आमाको काख नपाएपछि यी बच्चाहरुका साथै परिवारमाथि आकाश खस्यो ।

 


आदित्य राज कपुरले एक पत्रिकालाई दिएको अन्तरवार्तामा बताए अनुसार उनकी आमाको मृत्यु हुँदा उनी ९ वर्षका मात्रै थिए । यस्तो मुश्किल घडीमा राज कपुरकी श्रीमती कृष्णाले उनलाई र उनकी बहिनीलाई सम्हालेकी थिइन् ।

गीता बाली र शम्मी कपुर

मुमताजलाई असाध्यै प्रेम गर्दथे, विवाह नै गर्न चाहन्थेः

दिवंगत अभिनेता शम्मी कपुरका छोरा आदित्य राज कपुरले आफ्ना पिताको नीजि जीवनबारे थुप्रै जानकारी सार्वजनिक गरेका छन् । उनका अनुसार उनको आमाको निधनपछि उनका पिता शम्मी एक यस्ती महिलाको खोजीमा थिए जसले उनका बच्चाहरुको जीवनमा एउटी आमाको कमी पूरा गर्न सकून् । शम्मी र मुमताजबीच प्रेम थियो ।

उनले भने, ‘मुमताज आफ्नो करियरमा केही ठूलो गर्नका लागि तयार भइरहेकी थिइन् र उनले पापासँग सन् १९६९ मा ‘ब्रह्मचारी’ फिल्ममा अभिनय गरेकी थिइन् । उनी राजेश खन्नासँग आफ्नो पहिलो फिल्म साइन गर्न एक कदम मात्रै टाढा थिइन् । उनले अभिनेत्री मुमताजसँग विवाह गर्ने सोच बनाएका थिए ।’

 


आदित्य कपुर भन्छन्, ‘ड्याड निकै स्पष्ट थिए । कसैले उनको बच्चाहरुको हेरविचार गरिदेओस् भन्ने उनी चाहन्थे । हामीलाई एउटी आमाको आवश्यकता छ भनेर उनलाई थाहा थियो । ड्याडले मुमताजजीसँग विवाह गर्ने सोच बनाएर केही गल्ती गरिरहेका थिए तर मलाई यो पनि लाग्दैन कि मुमताजजीले विवाह नगरी आफ्नो करियरमा ध्यान दिर्ने निर्णय पनि गलत थियो । दुवैजना आफ्नो स्थानमा सही थिए । तर यो सम्भव हुन सकेन ।’

गीता बाली र शम्मी कपुर

नूतन र नादिरासँग पनि जोडिएको थियो नामः

आदित्यले आफ्नो अन्तरवार्तामा शम्मी कपुरको जीवनमा मुमताज मात्रै नभएको जानकारी थिए । मुमताज र गीता बालीभन्दा अघि उनको जीवनमा नूतन र नादिरा पनि थिए जोसँग उनको अफेयर थियो ।

अन्तरवार्तामा आदित्य राज कपुरलाई उनका पिता शम्मी कपुर र नायिका नूतनको अफेयरको चर्चा हुन्थ्यो भनेर प्रश्न गरियो उनले भने, ‘मलाई यो कुरा राम्रोसँग थाहा छ । तर यो कुरा मेरा आमा–बुवाको विवाह अघिको हो । दुबैजना त्यतिबेला जवान थिए । तर त्यतिबेलाको हिसाबले उनको निर्णय सही थिएन ।’

 


शम्मी कपुरको अन्य अफेयरबारे पनि कुरा गर्दै आदित्य राज कपुर भन्छन्, ‘जीवनमा अन्य महिलाको रुपमा नायिका नादिराको नाम अगाडि आएको थियो तर मलाई लाग्छ कि दुबैजना एक–अर्कासँग सिरियस थिएनन् । मेरा पिता त्यतिबेला निकै जवान थिए र कुनै पनि निर्णय लिन सक्षम थिएनन् ।’

बिना रमानीको नाम पनि शम्मी कपुरसँग जोडियोः

आदित्य आफ्ना पिता शम्मी कपुरको जीवनसँग सम्बन्धित महिलालाई स्मरण गर्दै थप्छन्, ‘गीता बालीको निधन र मुमताजसँगको अफेयरपछि अर्की एक महिला थिइन् जो शम्मी कपुरको जीवनमा आएकी थिइन् र उनको नाम थियो बिना रमानी । उनी एक चर्चित लेखक हुन् । उनी मेरा पिता शम्मी जीको चौथो प्रेम थिइन् जोसँग उनको सम्बन्ध निकै कम समयसम्म मात्रै चल्न सक्यो ।’

आदित्य कपुर भन्छन्, ‘बिनाजीसँग सम्बन्ध निकै संक्षिप्त र कुरा औपचारिक थियो ।’

 


गीता बालीको निधन भएपछि शम्मी कपुरले दोस्रो विवाह निला देवीसँग गरेका थिए । आफ्नी दोस्री आमाबारे कुरा गर्दै आदित्य भन्छन्, ‘मेरा पिताले दोस्रो विवाह गर्ने निर्णयबारे हामीलाई केही पनि बताएका थिएनन् । मलाई याद छ – उनी सबेरै निला देवीसँग विवाह गरेर घर आए र हामी हाम्रा काकी कृष्णा जीको घरमा थियौँ ।’

‘म त्यतिबेला १३ वर्षको मात्रै थिएँ । जब हामीले बेलुका ड्याडलाई भेट्यौँ तब उनले निलालाई हामीसँग एउटी आमाको रुपमा भेटाएका थिए । हामीले निला जीको स्वागत असाध्यै प्रेम पूर्वक गर्यौँ ।’

आदित्य कपुरले भने, ‘म उनी भएठाउँ गएँ र उनलाई अँगालो हाले । आमा भेटिएकी थिइन् त्यसैले असाध्यै खुसी थिएँ । कमाल भयो । मेरी अर्की आमा निला देवी असाध्यै दयालु महिला हुन् । उनले हामीबाहेक अरु बच्चाको चाहना राखिनन् । कतिजना महिलाले यस्तो गर्न सक्लान् ? सबैभन्दा ठूलो कुरा शम्मी कपुर र उनका दुई बच्चाको हेरविचार गर्न सहज थिएन, म बाजी नै लगाउँछु ।’

 


बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप