बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमसीसीले फेरि तातियो राजनीति

शुक्रबार, १९ कात्तिक २०७८, २० : १५
शुक्रबार, १९ कात्तिक २०७८

आज मिति २०७८ कात्तिक महिनाको १९ गते शुक्रबार । अहिले हिन्दु नेपालीको पर्व तिहार चलिरहेको छ भने आज गाई तिहार मनाइएको छ भने आजै नेवारी समूदायले म्हः पुजा पनि गरेका छन् ।  आजका दिन देशभर विभिन्न घटनाक्रम भएका छन्, जुन यसप्रकार रहेका छन्–

१. आज तिहारको चौथो दिन

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । यसैबीच आजै नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

२.नेवार समुदायको म्ह: पूजा

कार्तिक शुक्ल प्रतिपदालाई नेवार समूदायले म्हः (आत्म) पूजा गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहि आएको छ ।

एमसीसीको विषयमा पछिल्लाे समय फेरि हलचल हुन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिपछि एमसीसीको विषयले फेरि चर्चा पाएको हो । यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् । एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषले देशभरि तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताएका छन् । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गरे ।

पछिल्लो २४ घण्टामा थप १८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४४ जनामा गरिएको नमुना परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बेरोजगारलाई रोजगारी दिन पहल गरिने बताएका छन् ।  कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने उनेका भनाइ छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप