दोलखा काँग्रेस सभापति काठमाडौँको जुवाखालबाट पक्राउ
शुक्रबार, १९ कात्तिक २०७८, ०९ : ४८
नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण