शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक !

शुक्रबार, १९ कात्तिक २०७८, १३ : ५६
शुक्रबार, १९ कात्तिक २०७८

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार रातोपाटी संवाददाता थारू आयोगको वेबसाइट https://tharucommission.gov.np/  भिजिट गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो ।

दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उनले यस्तो समस्याले आफू आजित भएको बताए ।  

उनले भने, ‘बीच बीचमा यस्तो समस्या देखिने गुनासो आएका छन् । हाम्रो वेबसाइट बनाउनेले यो समस्या नेपालका ह्‍याकरबाट नभई विदेश बस्ने ह्याकरहरुबाट भइरहेको जनाएका छन् । यस्तै दुःख दिइरहे कानुनी उपचारको खोजीमा जानेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप