थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक !
शुक्रबार, १९ कात्तिक २०७८, १३ : ५६
थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार रातोपाटी संवाददाता थारू आयोगको वेबसाइट https://tharucommission.gov.np/ भिजिट गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो ।
दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उनले यस्तो समस्याले आफू आजित भएको बताए ।
उनले भने, ‘बीच बीचमा यस्तो समस्या देखिने गुनासो आएका छन् । हाम्रो वेबसाइट बनाउनेले यो समस्या नेपालका ह्याकरबाट नभई विदेश बस्ने ह्याकरहरुबाट भइरहेको जनाएका छन् । यस्तै दुःख दिइरहे कानुनी उपचारको खोजीमा जानेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण