केन्द्रीय संस्करण
कर्मकाण्ड आमा र यमदूतहरु—१६ (ग)

एउटा नारकीय सपना त्यो, अहिले अर्को रहस्यमय सपनाको यो द्वार

“के गर्ने हजुर, यहाँको चलन यस्तै छ । हामी पुर्जी थमाउनेलाई नै लाज लाग्छ ।”

person explore access_timeमंसिर ६, २०७७ chat_bubble_outline0

 

 

(म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।)

पाँचौ दिन बिहान एघार बजेतिर बङ्करबाहिर दुईजना मानिस उदाए । अह्ररो अनुहार भएको जुँगामुठेले असईलाई डाकेर यसो केही भन्यो ।

“सर, तयार हुनोस् ।” फर्केर आउँदै असईले मलाई आदेश थिए ।

“कहाँ जान तयार हुनु ?”

“हनुमानढोका होला ।”

टेबुलमा राखिएका द्रव्य र अरु सरसामान मैले झोलामा हालेँ । अनि म प्रहरी भ्यानमा बसेर हनुमानढोकातिर हुइँकिएँ । मलाई लिन आउनेले म भुषाल हुँ भन्यो । ऊ कतै देखेदेखेजस्तो अध्बैँसे जवान थियो । मान्छे नम्मरी टपटुँइँयाँ रहेछ, महाराजगन्जबाट बसन्तपुरसम्मको बाटोमा उसले आकाश–पाताल नै हाँकिहाल्यो ।

“तपाईको बरोमा मलाई सब थाहा छ ।” भुषालले कुरा यसरी सुरु गर्‍यो । अनि चोट्टा ध्वनित हुने चटपटे जिब्राले उसले दसकौँदेखि मैले खाएको, सुतेको, लघुशङ्का गरेको, दीर्घशङ्का गरेको सबै देखे–जानेको छुझैँ धाक लगायो । मान्छे जनावरीकरणको प्रक्रियामा निकै नै छिप्पिसकेको रहेछ क्यार, उसले त मलाई यस्तो धाक दियो मानौँ मलाई पक्राउ गर्ने अदृश्य निकाय नै ऊ आफैँ हो । घर धुम्बाराही हो भन्यो । तर उसको मुद्रा, बोली र शैली हेर्दा मलाई उसको घर कुम्भिपाक नरकतिर पो होला कि भन्ने लाग्यो ।

मान्छे जनावरीकरणको प्रक्रियामा निकै नै छिप्पिसकेको रहेछ क्यार, उसले त मलाई यस्तो धाक दियो मानौँ मलाई पक्राउ गर्ने अदृश्य निकाय नै ऊ आफैँ हो । घर धुम्बाराही हो भन्यो । तर उसको मुद्रा, बोली र शैली हेर्दा मलाई उसको घर कुम्भिपाक नरकतिर पो होला कि भन्ने लाग्यो ।

डरलाग्दो बङ्करमा मैले बिताएको पाँच दिनको समय मेरोलागि एउटा विद्रूप सपनातुल्य थियो । हनुमानढोका पुगेपछि ठीक विपरीत सपनाको अर्को झाँकी सुरु भयो । मेरो औँठाको ल्याप्चे सही र पन्जाछाप लिएपछि मलाई तलाको दायाँतिरको कोठामा पुर्‍याइयो । भीआइपीको सवारी चलाउने मुद्रामा प्रस्तुत भएका सादा पोसाकधारी अध्बैँसे मेरो अघि लागेका थिए । कोठामा पुर्‍याएर उनले नौनीमय स्वरमा भने, “सरको कोठा यही हो । अखबारहरू मैले झिकाइदिया छु । सरको चुरोट खाने बानी मलाई थाहा भइसकेकोे छ । यहाँ कोठामा र बाहिर चुरोट खान मनाही छ । चुरोट, चिया खान मन लाग्दा उता मेरो कोठामा पाल्नुभए हुन्छ । केही पर्‍यो भने कत्ति साह्रो–गाह्रो नमानी मलाई मर्जी होला ।”

यो अर्को ठाउँ र अर्को सन्दर्भमा म पुनः दिग्भ्रममा परेँ । उता यन्त्रणामय बङ्करमा त्यस्तो व्यवहार थियो, यता यो अप्रत्याशित नाटक सुरु भयो । अगाडि लाठो र पछाडि राइफलको त्यो झाँकी, खान्कीको आदेशको त्यो अनिशिचतता, सुची गर्ने अनुमतिको त्यो दुर्लभता, लोखर्केको पुच्छरजस्ता जुँगाधारी यमदूतको गोली लोड गर्ने त्यो आदेश, त्यो हतकडी, त्यो घातक ठण्डी र त्यो भयावह सुरुङ ! त्यो कहाँ हो र यो कहाँ हो ? मानौँ त्यो र यो दुई अलग राज्यअन्तर्गतका, दुई अलग सरकारका दुई अलग बन्दीखाना हुन् । एउटा नारकीय सपना त्यो थियो, अहिले अर्को रहस्यमय सपनाको यो द्वार खुल्यो ।

“यहाँको परिचय ?” मैले सोधेँ ।

“म यहाँको इन्चार्ज हुँ, सर । यसअघि हाम्रो भेट नभएर पनि म हजुरलाई राम्रो चिन्छु । केही पर्‍यो भने मलाई भन्नुहोला ।” यति भनेर इन्चार्ज बिदा भए । भर्‍याङनेर पुगेर उनी फेरि फर्की आए ।

“हजुर, एउटा निवेदन ।”

“ज्यू ।”

“त्यो अगाडिको कोठामा अपराधीहरू छन् । चोर, डाँका, पाकेटमारा, तस्कर । हजुरले तिनलाई यहाँ भित्र पस्न नदिनुहोला । हजुरजस्ता मानिसले त्यस्ताहरूसँग नबोल्नु नै राम्रो । हजुरलाई पनि बाधा, हामीलाई पनि बाधा ।”

यता ओल्लो त्यस्तै आठ बाई दसको कोठामा म एक्लै छु । उता पल्लो त्यत्रै कोठामा सात–आठ जनालाई कोचिएको छ । मलाई एकदम असहज अनुभव भयो । कठोर यातना–कक्षमा प्याकिस गरिएका ती मनुष्यहरु गर्धन तन्काउँदै चकित र डाहायुक्त दृष्टिले मलाई हेरिरहेछन् । खोरमा कहाँबाट को आइलाग्यो यो भीआइपी ?

त्यो सारा सुविधाको बीचमा मेरो ओछ्यानमाथिको भित्ताले यातनाकक्षको परिचय दिइरहेको थियो । भित्तामा उडुस मार्दा अङ्कित भएका घिनलाग्दा टाटाहरूको चित्रकारी सजिएको थियो । कसले भन्न सक्छ र, ती टाटामा बन्दीलाई यातना दिँदा बगेको रगतको चीत्कारयुक्त कथा पनि पो टाँसिएको थियो कि !

ढोका बन्द गरेर म पल्टिएँ । यातना–कक्षको मेरो ओछ्यान साँच्ची नै मानिस सुत्ने ओछ्यानजस्तो थियो । जीर्ण गुन्द्रीमाथि डसना थियो, डसनामाथि तन्ना थियो, र सिरानी र सिरक पनि ठिकठिकै थिए । त्यो सारा सुविधाको बीचमा मेरो ओछ्यानमाथिको भित्ताले यातनाकक्षको परिचय दिइरहेको थियो । भित्तामा उडुस मार्दा अङ्कित भएका घिनलाग्दा टाटाहरूको चित्रकारी सजिएको थियो । कसले भन्न सक्छ र, ती टाटामा बन्दीलाई यातना दिँदा बगेको रगतको चीत्कारयुक्त कथा पनि पो टाँसिएको थियो कि !

दङ्गा प्रहरी अड्डाको बङ्करको विशालता आफैँँमा आतङ्कको प्रतीक थियो, यो सानो कोठाको विशालताले अहिले मेरो अन्तरमा अर्को खालको बेचैन अनुभूति जगाइदियो । यत्रै कोठामा उता त्यतिविधि मानिस गुन्द्रुक सरी कोचिएर डल्लो परेका छन् । त्यहाँ जीउ तन्काएर पल्टिने त के खुकुलोसँग बस्ने ठाउँ पनि छैन । उत्रै कोठामा यहाँ म एक्लै छु । त्यो साँगुरोपना अगाडिको यो विशालता मेरा लागि अपराधबोधी भावनाको क्लेशकारक मुहान भइरहेछ ।

अलिबेरमा एउटा अनौठो जीव एक अँगालो अखबार लिएर आयो । ऊ अघि भुषाल हुँ भन्ने फुर्तीबाजभन्दा पनि महाफूर्तीबाज रहेछ । उसले मेरो अनुरोधबेगर नै मलाई जतिखेर जे चाहिन्छ त्यो किनेर ल्याएदिने सद्भाव प्रदर्शन गर्‍यो । उसले पुरानो परिचित हुँ भनेझैँ गरी चित्रबहादुर केसी, बाबुराम भट्टराई, शक्ति लम्साल आदिका नाम लिन पनि भ्याइहाल्यो ।

चटपटे नम्वर दुई गयो । पल्लो कोठाबाट निस्केर एउटा घरानीयाँ बान्कीको ठिटो लुुसुक्क मेरो कोठामा पस्यो ।

“सरले त्यल्लाई चिन्नु भा’छ ?”

“कसलाई बाबु ?”

“त्यो भर्खरै जानेलाई ।”

“छैन ।”

“त्यो यहाँको जल्लाद हो । त्यसको जागिर हामीजस्तालई कुट्नु हो । मुखले त्यो महाको चिप्लो छ, सरले होस गर्नुहोला । साखुल्ले भएर त्यसले लामा हात गर्न कत्ति बेर छैन ।”

“त्यो यहाँको जल्लाद हो । त्यसको जागिर हामीजस्तालई कुट्नु हो । मुखले त्यो महाको चिप्लो छ, सरले होस गर्नुहोला । साखुल्ले भएर त्यसले लामा हात गर्न कत्ति बेर छैन ।”

मैले अखबारमा आँखा दौडाएँ । सबैजसो दैनिक र साप्ताहिकका प्रथम पृष्ठमै, बाकसभित्र जुनियर कवि भानुभक्तको कलम लिएको, हात गालामा राखेको एउटा गम्भीर तस्बिर छ । अखवार भन्छ— ‘जुनियर कवि भानुभक्तलाई रिहा गर ।’ आफ्नो नाउँमा छापिएका समाचार पढ्दै जाँदा म भावुक भएँ । मैले जनएकतामा विमल फुँयालको र प्रकाशमा मातृका तिमसिनाको टिप्पाणी पढेँ । छापाहरूमा प्रवाहित त्यो प्रतिपक्षीय चेतना र भिन्न मतावलम्बी बौद्धिकहरुको मप्रतिको त्यो चिन्ता, त्यो स्नेह र त्यो सद्भाव देखेर मेरो अन्तरमा कृतज्ञतायुक्त भावुकता टनाटन भरियो । यो संसारमा म पनि एक्लो रहेनछु । यो सुखद् कल्पनाले मलाई भाव–विभोर तुल्यायो ।

भोलिपल्ट विहान मैले पत्नी जमुना, छोरी डेजी र भतिज नरहरि संग्रौलालाई भेट्न अनुमति पाएँ । यातनाले पेलिएर म अङ्गभङ्ग र सतचूर्ण भएको हुँला भन्ने उनीहरूको त्रासमय अपेक्षा रहेछ । मलाई सहीसलामत देखेर उनीहरूमा आश्चर्य–मिश्रित हर्षको भावना सन्चार भएको मैले छनक पाएँ ।

भोलिपल्ट बेलुका हवल्दार सापले कोठामा आएर भने, “हजुरलाई सोहपले डाक्नु भा’ छ ।”

म साहेपको शयन कक्षमा पुगेँ । उनका अगाडि भुइँको गलैँचामा केही लेखिएका ताउ कागजका टुक्रा थिए । उदासझैँ उनका आँखा तिनै कागजमा स्थिर भएका थिए । साहेपको अनुहारमा असहजपनाको हल्का तुवाँलो लागेको थियो ।

“चुरोट लिउँ, सर ।” उनले चुरोट टक्रयाए ।

चुरोट सर्कोसँग चियाको सुर्पो पनि तानियो ।

इन्चार्ज साहेपको फरासिलो मुद्रा आज औधी अह्ररो थियो । त्यो मेरा लागि कुनै अनिष्ट समाचारको सङ्केत पो हो कि ? मैले लख काटेँ ।

”यो पुर्जी बुझिदिनुपर्‍यो, सर ।”


मैले पुर्जीको बेहोरा पढेँ । “सार्वजनिक सडकमा प्रहरीको भ्यानमाथि ढुङ्गा–मूढा गरेको र पटक–पटक सम्झाई–बुझाई गर्दा पनि नमानी शान्ति–सुरक्षामा खलल पुर्‍याएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन तपाईंलाई गिरफ्तार गरिएको छ ।”
पूर्जीको अत्यन्तै कल्पनाशील र सिर्जनाशील बेहोरा पढिसकेर असई साहेपको मुखतिर हेर्दै म मुसुक्क हाँसे ।
“पुर्जी त झक्की छ नि, हाकिम साहेप !”
“के गर्ने हजुर, यहाँको चलन यस्तै छ । हामी पुर्जी थमाउनेलाई नै लाज लाग्छ ।”


मैले पुर्जीको बेहोरा पढेँ । “सार्वजनिक सडकमा प्रहरीको भ्यानमाथि ढुङ्गा–मूढा गरेको र पटक–पटक सम्झाई–बुझाई गर्दा पनि नमानी शान्ति–सुरक्षामा खलल पुर्‍याएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन तपाईंलाई गिरफ्तार गरिएको छ ।”

पूर्जीको अत्यन्तै कल्पनाशील र सिर्जनाशील बेहोरा पढिसकेर असई साहेपको मुखतिर हेर्दै म मुसुक्क हाँसे ।

“पुर्जी त झक्की छ नि, हाकिम साहेप !”

“के गर्ने हजुर, यहाँको चलन यस्तै छ । हामी पुर्जी थमाउनेलाई नै लाज लाग्छ ।”

पुर्जीमा फागुन ६ गतेको मिति लेखिएको थियो, जुन दिन म अपहरित भएको थिएँ । पुर्जीको ढाडमा “फागुन ६ गते अपहरित भई फागुन ६ गतेको मिति अङ्कित पुर्जी आज १३ गते बुझिलिएँ” भन्ने टिप्पणी लेखर पुर्जीको अर्को प्रति मैले खल्तीमा हालेँ । इन्चार्जको अनुहारमा असहजपनाको तुवाँलो झनै गाढा भयो ।

“प्रक्रिया पूरा गर्न भ्याइयो भने हजुर भोलि छुट्नुहुन्छ ।” मसँगै मेरो कोठामा आइपुगेर इन्चार्ज साहेपले भने ।

“धन्यवाद, असई साहेप ।”

भोलिपल्ट एघार बजे असई साहेपले मेरो कोठामा आएर भने, “सर, लुगा फेरुँ । आज सरकारी वकिलबाट बयान हुन्छ र बेलुकीपख हजुरको घर सवारी हुन्छ ।”

बेलुका घर सवारी हुने उमङ्गमय आशासाथ मैले लुगाा फेरेँ । हवल्दार साहेपले अघि लागेर मलाई खोरको द्वारको साङ्लोमुनिबाट बाहिर निकाले । भ्यान तयार रहेछ, एकजना तरुणले मलाई भ्यानमा चढ्न इसारा गरे ।

“खै, उहाँलाई हतकडी ?” यातना कर्ममा मध्यमा उत्तीर्ण गरेजस्तो अनुहार र त्यस्तै बोली भएको एक सादा पोसाकेले बडो दम्भी स्वरमा सोध्यो । म भ्यानमा चढिसकेको थिएँ ।

“एई, हतकडी ले ।” साङले द्वारतिर गर्धन तन्काउँदै जवान करायो ।

“उहाँलाई पर्दैन ।” मलाई भ्यान चढाउने युवकले भने । मैले गाडीको ढोकाछेउमा बस्ने सुरले युवकलाई भित्र जान बाटो दिएँ ।

“सर उता बस्नोस् । भीआइपी ज्यान बाटामा कतै पोखियो भने मेरो के हालत हुन्छ ?”

म उता सरेँ । युवक ढोकाछेउमा बसे । भ्यानको अघि–अघि भुषाल हुँ भन्ने उही टपर्टुइँयाँ एक युवकलाई पछाडि राखेर मोटरसाइकलमा गुडेको देखियो ।

प्रहरीको मप्रतिको पेसागत व्यवहारको अध्याय समाप्त भएको थियो । युवकले मसँग एक सभ्य नागरिकले अर्को सभ्य नागरिकसँग गर्ने व्यवहार गरे । कनिष्ठ सरकारी वकिल भइसकेका उनी वकालती अध्ययन गर्न युरोप जाने तयारीमा रहेछन् ।

प्रहरीको मप्रतिको पेसागत व्यवहारको अध्याय समाप्त भएको थियो । युवकले मसँग एक सभ्य नागरिकले अर्को सभ्य नागरिकसँग गर्ने व्यवहार गरे । कनिष्ठ सरकारी वकिल भइसकेका उनी वकालती अध्ययन गर्न युरोप जाने तयारीमा रहेछन् । ओजे अर्थात् ओभर जान्ने भुषाल डिल्लीबजारको चारखाल चोकभित्र पसेर कतै अन्तर्ध्यान भयो । दुईजना प्रहरीका साथमा मलाई युवा बकिलले दायाँ लङको तलामाथि डोर्‍याए । दिन घमाइलो थियो । हामी मेरो बयान लिने पालो पर्खेर फराकिलो बरन्डाको डीलमा बस्यौँ । युवा वकिल घरी–घरी सरकारी वकिलको कार्यालयमा जाइ–जाइ गरिरहे ।

तीन घण्टा कुरेपछि बल्ल मेरो पालो आयो । सरकारी वकिलको टेबुलको अगाडि र दायाँतिर दुईवटा खाली मेच थिए । वकिल महोदयलाई नमस्कार गरेर म दाँयातिरको मेचमा बसेँ । उनी तीक्ष्ण सिकारी दृष्टिले एउटा लिखतको निरीक्षण गरिरहेका थिए, उनले मेरो नमस्कारलाई खायस गरेनन् । सरकारी वकिल राँगो–राँगोजस्ता रहेछन्, मैले अनुमान गरेँ ।

झट्कारेर शिर उठाउँदै उनले एकाएक युवा वकिललाई सोधे, “के हो ?”

“हजुर, उहाँको बयान ..... ”

“तपाई बयान दिन आ’हैन ?” सरकारी वकिल हिटलरी मुद्रामा मसँग गर्जिए ।

“हो ।” अलमल्ल पर्दै मैले भनेँ ।

“उठ्नोस् । तपाईँ बयान दिन आ’को कि मेचमा बस्न आ’को ?”

मेचको प्रयोजन बस्नु हो । मेच खाली थियो, म बसेँ । यसबाट संविधानको कुरा दफाको उल्लङ्घन भयो होला ? मैले मनमनै एकालाप गरेँ । तर सरकारी वकिल यति क्रुद्ध थिए, मैले उनीसँग तर्कवितर्क गर्नु उचित ठानिनँ । उनी मेरो बयान लिने अधिकारी, उनी मेरो भाग्यको निर्णयकर्ता । मैले तर्कवितर्क गर्दा उनले मेरो भाग्य नै भाँचिदिए भने .... ।

मेचको प्रयोजन बस्नु हो । मेच खाली थियो, म बसेँ । यसबाट संविधानको कुरा दफाको उल्लङ्घन भयो होला ? मैले मनमनै एकालाप गरेँ । तर सरकारी वकिल यति क्रुद्ध थिए, मैले उनीसँग तर्कवितर्क गर्नु उचित ठानिनँ । उनी मेरो बयान लिने अधिकारी, उनी मेरो भाग्यको निर्णयकर्ता । मैले तर्कवितर्क गर्दा उनले मेरो भाग्य नै भाँचिदिए भने .... ।

म चुपचाप उठेँ । सरकारी वकिलको मुखमुद्रा घरपालुवा राँगोबाट जङ्गली अर्नामा परिणत भएको मैले देखेँ । उनले मलाई खलक्कै निलूँलाझैँ गरी शिरदेखि पाउसम्म सर्लक्क हेरे । मानौँ मान्छेको रगत खान पल्केको बाघ हो त्यो । र, मानौँ अहिले ऊ भोको छ र मान्छेको रगतको स्वाद सम्झिँँदै ममाथि झम्टिने मुड बनाउँदै छ ।

युवा वकिलले उनलाई अखबारको किनारा च्यातेको टुक्रामा लेखिएको एउटा सन्देश सुम्पुवा गरे । मान्छे खाने त्यो बाघ विचित्रको नाटकीयता साथ हठात् भिजेको बिरालोमा रुपान्तरित भयो ।

“बसुँ, हजुर ।” म्याउँ–म्याउको भाकामा उसले भन्यो ।


“म बयान दिन आएको मानिस, मैले बस्न मिल्ला र वकिल साहेप ?” मेरो पालो दासानुदास भन्न लायकका सरकारी वकिल महोदयलाई दिएँ एक डोज ताजन ! ओठमा छद्म मुस्कान नचाउँदै कर्के आँखाले युवा वकिलले मलाई पुलुक्क हेरे अनि बडा वकिलले देख्लान् कि भनेर उनले आफ्नो मुस्कान झ्यालबाहिरको शून्य आकासतिर हुत्याए ।

म बसिनँ । सिमसारको गन्दे हिलो हुन पुगेको सरकारी वकिल मुन्टो लतारेर उही अघिको लिखत निरीक्षण गर्न थाल्यो । अलिबेरमा त्यो कागजको टुक्रो फेरि पढेर उसले आदेश दियो, “पल्लो कोठामा लगेर उहाँको बयान लिइदिनोस् त ।”

“धन्यवाद वकिल साहेप ।” ढोकातिर पाइला चाल्दै मैले भनेँ । ‘मूछ नीच’ भएको सरकारी वकिलले न मलाई एक थान मुस्कान प्रदान गर्‍यो, न मेरो धन्यवादको प्रत्युत्तर दिने कृपा नै गर्‍यो । सरकारी नै भए पनि वकिल भनेको पठित र शिष्ट मानिस हुँदो हो भन्ने मेरो लाटो लखकटाइ थियो । अहिले थाहा भयो, सरकारी वकिल त खुँखार जल्लादको साक्षात् प्रतिपूर्ति पो हुँदोरहेछ बा !

 

 

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.