हेर्दा–हेर्दै, मेरा आँखैअगाडि मलाई जन्म दिने आमा कतै शून्यमा अलप हुनुभयो
चार
श्रीमतीजी क्याम्पसबाट फर्किँदा आत्मिक अर्थमा आमाको अन्त्य भइसकेको थियो ।
“आमा !” आमाको निधार छाम्दै उनले डाकिन् ।
आमाका आँखाका पुतली नजानिँदो गरी चल्मलाएझैँ लाग्यो । तर लोलाएका ती आँखा पुनः सिलिङमै गएर टक्क अडिए ।
“अस्पताल लैजाने कि ?” उनले सोधिन् ।
“भो । इन्द्रियहरूमा अब चेत छैन । शरीर गलेर सर्वाङ्ग ढलिसक्यो । अब सबै आशाहरूको अन्त्य भयो ।”
हेर्दा–हेर्दै, शनैःशनैः आमाको श्वास–प्रश्वास असामान्य हुँदै गयो । सासफेराइको आयतन घट्यो । घाँटी डरलाग्दो गरी ध्यार्–ध्यार् गर्न थाल्यो । सासको गति चाल छिटो, घरी ढिलो भयो । विस्फारित नजरले म अपलक हेरिरहेको छु, आमाको थकित छाती सासको धक्काले फुत्त माथि उठ्छ, स्याप्प तल दब्छ । मृत्युको अन्तिम आक्रमणप्रतिको प्रतिक्रियास्वरूप प्रकट भएको त्यो क्रिया देख्नेका लागि यन्त्रणामय छ, भारी कष्टकर छ त्यो । तर हाम्री आमालाई त्यो केही छैन । आमाका लागि त संवेदनायुक्त जीवनको अघि नै अन्त्य भइसकेको छ । केवल जीववैज्ञानिक क्रियाले मात्र आफ्नो स्वाभाविक क्रीडा गरिरहेछ ।
श्वास–प्रश्वासको क्रिया छातीबाट पेटतिर सर्यो । अब आमाको पेट डरलाग्दो गरी उचालिन र थचारिन थाल्यो । घाँटीमा हो कि होइन, हो कि होइनजस्तो ध्यार–ध्यार सुनिन्छ । नाकका पोरा बिसाइ–बिसाइकन चलेका देख्छु ।
“सके आजको रात हाम्री आमाको अन्तिम रात हो ।” आसन्न अनिष्टप्रति चनाखो हुन खोज्दै श्रीमतीसँग मैले भनेँ । उनले आमाको नाडीको गति र मुटुको चाल जाँचिन् । उनको अनुहारमा आमाको मुत्युको भयावह छाया प्रतिबिम्बित भएको मैले प्रत्यक्ष देखेँ ।
काका नेत्रप्रसादलाई फोन गरेर आमाको हविगतबारे बताएँ । र, आमाको मुत्युको सामना गर्न गुहार मागेँ, “भाइ योगेन्द्र रातिलाई साथी आइदिए हुन्थ्यो ।”
“आउनलाई आउँछ ,बाबु,” काकाले सङ्कटकालीन सल्लाह दिनुभयो, “तर योगेन्द्रलाई यस माम्लोमा खास्सै अनुभव छैन । त्यसैले भतिज नारानलाई पनि खबर गर्नु जाती होला ।”
टार्न खोजेर टार्न नसकिने मुत्युको घडीमा दलबलको उपस्थितिले के नै पो मद्दत गर्दो हो र ! मेरो थकित र हतास चित्तमा यस्तो तर्कना उठ्यो । आमाको मुत्यु अब अकाट्य भइसक्यो । कुनै शक्ति, कुनै जुक्ति र कुनै बुद्धिले रोकथान गर्न नसक्ने गरी अकाट्य ।
टार्न खोजेर टार्न नसकिने मुत्युको घडीमा दलबलको उपस्थितिले के नै पो मद्दत गर्दो हो र ! मेरो थकित र हतास चित्तमा यस्तो तर्कना उठ्यो । आमाको मुत्यु अब अकाट्य भइसक्यो । कुनै शक्ति, कुनै जुक्ति र कुनै बुद्धिले रोकथान गर्न नसक्ने गरी अकाट्य । जीवनको यो लाचार घडीमा सबै मानवीय ज्ञान अपूर्ण साबित हुन्छन्, विज्ञानका सबै आविष्कारहरू सीमाबद्ध हुन्छन् । एकमात्र सर्वशक्तिमान् र सर्वजयी त समय नै हो । यस घडीमा समयले आफ्नो अखण्ड र शाश्वत विजयको घोषण गर्छ । हाम्री आमामाथि अब त्यही घोषणा भइरहेछ ।
बेलुका आठ बजेतिर योगेन्द्र भाइ आयो ।
“दाजु, बडीआमालाई कस्तो छ?”
“भाइ, अन्तिम घडी नजिक आइरहेछ ।”
योगेन्द्र भाइ व्यवहार गर्न सजिलो छ । ऊ स्वाँगे औपचारिकता चाँहदैन । शील–स्वभाव खुला छ । उसलाई अराई–पराई गर्न कत्ति गाह्रो मान्नुपर्दैन । ऊ अहिले हाम्री आमाको मुत्युको सामना गर्न मलाई साथ दिन हाजिर भएको छ ।
“अब धेरैबेर छैन ।” नाडी र छाती जाँचेर श्रीमती उता आफ्नो कोठामा गइन् । म आमाको शिरनेर छु, योगेन्द्र भाइ बडीआमाका गोडामुनि छ । दाजु–भाइ आमाको अनुहारमा एकटकले हेरेर चुपचाप बसेका छौँ । कोठा शुन्य छ, चकमन्न र उदास छ । कोठाको शून्यतामा मृत्युका बेगवान् भुमरीहरू घुमिरहेका छन् । आमाको श्वास–प्रश्वासकेन्द्र पेटबाट फेरि छातीतिर स¥यो । अब सासफेराइको क्रम विच्छिन्न हुन थाल्यो । लामो सास र त्यसपछि लामो सन्नाटा, फेरि लामो सास अनि फेरि लामो सन्नाटा । हेर्छु र म कल्पना गर्छु— आमाको जीवनको दीयोमा तेल स्याट्सुट्टै निख्रिइसक्यो । अहिले सुक्दै गएको सलेदोमात्र धुवाँ पुत्पताउँदै धिपधिप बलिरहेछ ।
“अब धेरैबेर छैन ।” नाडी र छाती जाँचेर श्रीमती उता आफ्नो कोठामा गइन् । म आमाको शिरनेर छु, योगेन्द्र भाइ बडीआमाका गोडामुनि छ । दाजु–भाइ आमाको अनुहारमा एकटकले हेरेर चुपचाप बसेका छौँ । कोठा शुन्य छ, चकमन्न र उदास छ ।
सिलिङमा स्थिर भएका आमाका आँखामा राम्रैसँग जालो लागिसक्यो । जीवनशून्य कानमा अनौठो विकृति देखा पर्यो । जिब्रो डम्म सुन्निएको छ । ओठ किञ्चित् खुलेका छन् । एक पल, दुई पल, तीन पल— अहो ! आमाको प्राणवायु त पूर्ण विरामको क्षणमा पो पुग्न लाग्यो । हस्याङ र फस्याङ गर्दै पल्लो कोठामा गएर श्रीमतीका कानमा साउती गरेँ, “आमालाई विदाइ गर्न उठ्ने हैन ?”
“हँ !” श्रीमती आतुरीसाथ उठेर आमा भएठाउँ पुगिन् ।
आकाको शुष्क र जीर्ण हिक्क–हिक्क मात्र बाँकी थियो । एकाएक आमाको अन्तरबाट निःशव्द केही विस्फोट भयो । अनुहार कच्याक–कुचुक हुँदै एकै डल्लो पर्यो । कण्ठबाट निःश्वासको मुस्लो पोखियो । मुख बाङ्गियो र मुखको थोरै लच्केको कुनोबाट ग्याल्ल हरियो पानी बग्यो । बस्, अब सबै कुराको पूर्ण विराम भयो । नित्य मृत्युले जित्यो, अनित्य जीवनको हार भयो । श्रीमतीले दगुर्दै गएर बटुकामा पानी ल्याइन् र आमाको थोरै आँ गरिरहेको मुखमा हालिदिइन् । सके सुनपानी हुँदो हो त्यो । सुनपानी आमाका मुखको लच्केको कुनोबाट त्यसरी नै ग्याल्ल बगेर पोखियो, जसरी हरियो तरल पोखिएको थियो ।
विस्मित र हतप्रभ दृष्टिले श्रमितीले मलाई पुलुक्क हेरिन् । म विनाउत्तेजना, विनाआवेग, विना कुनै विह्वल प्रतिक्रिया चुपचाप उभिएको देखेर श्रीमतीको अनुहारमा विस्मयको झन् गाढा भाव उत्रिएको मैले छनक पाएँ ।
विस्मित र हतप्रभ दृष्टिले श्रमितीले मलाई पुलुक्क हेरिन् । म विनाउत्तेजना, विनाआवेग, विना कुनै विह्वल प्रतिक्रिया चुपचाप उभिएको देखेर श्रीमतीको अनुहारमा विस्मयको झन् गाढा भाव उत्रिएको मैले छनक पाएँ । मैले आमाका कुँजिएर खुम्चिएका गोडा तनक्क तन्काएँ, आमाका दुवै हातलाई कोखातिर सोझ्याइदिएँ ।
“ए ! बेलैमा त्यसो गर्नुपर्ने, हकि?” श्रीमतीले भनिन् ।
एक मिनेट, दुई मिनेट, तीन मिनेट, सके पाँच मिनेट म मुखर प्रतिक्रियाविना ट्वाँ परेर आमाको चेतनाशून्य अनुहार हेर्दै उभिएँछु— थकित, अवाक् र विह्वल ! योगेन्द्र भाइ मेरै छेउमा, थाहा छैन सके मेरो पाखुरो सुस्तरी समाएर उँभिएको थियो । मलाई उसको उपस्थितिको हेक्का नै भएन ।
हेर्दा–हेर्दै, मेरा आँखैअगाडि मलाई जन्म दिने आमा कतै शून्यमा अलप हुनुभयो । अलिबेर अघिसम्म श्वास–प्रश्वासको कस्तो प्रचण्ड उतार–चढाव थियो । त्यसपछि छातीमा अलिअलि सुस्त ढुकढुकी थियो । र, त्यसपछि घाँटीमा हो कि होइनजस्तो शुष्क घ्यार–घ्यार थियो । नाकका थकित पोरामा भित्र–बाहिर ओहोर–दोहोर गरिरहेको जीवनको ऊष्मा थियो । अब ती सकै कुराको विसर्जन भयो ।
योगेन्द्र बसिरहेको अर्को ओछ्यानमा गएर म बसेँ । शोक, सन्ताप र बिलौनामिश्रित निःश्वास खलाँतीको हावाको मुस्लोझैँ मेरो मुखबाट पोखियो । जीउ त्यसै–त्यसै लल्याक–लुलुक भयो र म ओछयानमा ढल्किएँ ।
“योगन्द्र भाइ, आमा जानुभो ।”
“दाजु, बडी आमा आँखामा हाले पनि नबिझाउने हुनुहुन्थ्यो । कति सोझी, कति ज्ञानी, कति कमकरी ! बडीआमा जानुभो । दाजु, उमेर पनि त पुगेकै हो ।” उसको यो पछिल्लो बचन मलाई सान्त्वना दिने अभिप्रायले प्रेरित थियो ।
“दाजु, बडी आमा आँखामा हाले पनि नबिझाउने हुनुहुन्थ्यो । कति सोझी, कति ज्ञानी, कति कमकरी ! बडीआमा जानुभो । दाजु, उमेर पनि त पुगेकै हो ।” उसको यो पछिल्लो बचन मलाई सान्त्वना दिने अभिप्रायले प्रेरित थियो ।
“भाइ, बूढी आमाले दुःखै लुकाउनुभो !” मेरो जिब्रोबाट अनायास चिप्लेर यो वचन योगेन्द्रका कानका जाली स्पर्श गर्न पुग्यो । उमेर ढल्केर होस् वा उमेरदार छँदैमा होस्, धेरै दिनसम्म ओछ्यानमा थलिएर, पीडाले मडारिएर, गलेर र सिद्रो भएर कोही मर्दा गाउँमा बूढापाकाहरू यसै भनेर सान्त्वनाको हल्का सास फेर्थे । संस्कारका तन्तु–तन्तुमा जरा गाडेर बसेको त्यही आत्म–सान्त्वनाकारी बचन अहिले मेरो मुखबाट प्रकट भयो क्यार, “भाइ, बूढी आमाले दुःखै लुकाउनुभो !”
पाँच
मैले कालो कफी बनाएँ । योगेन्द्र र मैले साउतीको स्वरमा आमाका कुरा गर्दै कफी खायौँ । त्यसपछि नोटबुक पल्टाएर मैले दुइ–चारवटा टेलिफोन नम्बर टिपेँ— निनु चापागाईँ, गंगाप्रसाद उप्रेती, हरिगोविन्द लुइँटेल, शार्दूल भट्टराई आदि । अनि योगेन्द्रलाई अराएँ, “भाइ, फोन गर र यो अनिष्ट खवर इष्टभित्रहरूलाई बाँड ।”
योगेन्द्र टेलिफोनका नम्बर थिच्न थाल्यो । उसले सङ्क्षेपमा खबर वाँड्यो, “बडीआमा बित्नुभो । बाह्र बजेतिर ।”
आज हो कि भोलि हो भनेर प्रतीक्षा गरिएकै खबर थियो त्यो । त्यसैले खबरले वार्तालाई तन्काउने ठाउँ थिएन । फेरि मधौरुको मृत्यु भइनैसक्यो भनिसकेपछि सोध–खोज गर्नुपर्ने जिज्ञासा के नै पो रहन्छ र ?
आज हो कि भोलि हो भनेर प्रतीक्षा गरिएकै खबर थियो त्यो । त्यसैले खबरले वार्तालाई तन्काउने ठाउँ थिएन । फेरि मधौरुको मृत्यु भइनैसक्यो भनिसकेपछि सोध–खोज गर्नुपर्ने जिज्ञासा के नै पो रहन्छ र ?
हामी बैठकमा सुत्यौँ— योगेन्द्र तल भुइँमा, म माथि सोफामा । सुतेर पाँच मिनेट बित्न पाएको थिएन, ऊ मन्द–मन्द आवाजमा घुर्न थालि हाल्यो । प्रलयको झट्काले मेरो मानसिकता क्षतविक्षत भएको थियो, मनका चोइटिएका र छरिएका टुक्राहरूलाई जोडेर म निदाउन सक्ने कुरै भएन । मलाई आफ्नौ घर विरानो लाग्यो, आफूलाई आफैँ विरानो लाग्यो । घरमा उदेकलाग्दो सन्नाटा छ र त्यो सन्नाटामा भयावह कोलाहल छ । वातावरण असामान्य छ, मानसिकता असामान्य छ– सबै थोक असामान्य छन् ।
म उठेँ । योगेन्द्रको निद्रामा व्यवधान नहोस् भनेर म विरालाको चालमा पल्लो कोठामा गएँ । अद्भुत संयोग वा दुर्घटनावश आमाको प्राणवायु फर्कियो कि ! मनको अन्तरमा, अर्ध–चेतको कुनै गोप्य कुनाबाट यस्तो जिज्ञासा जागेर आयो । विजुलीको स्विच दवाएर आमालाई हेरेँ, सिरकले जिउ पुरै ढाकिएको छ । निष्प्राण र अचल जिउ ओछ्यानमा लमतन्न पल्टिरहेको छ ।
म उठेँ । योगेन्द्रको निद्रामा व्यवधान नहोस् भनेर म विरालाको चालमा पल्लो कोठामा गएँ । अद्भुत संयोग वा दुर्घटनावश आमाको प्राणवायु फर्कियो कि ! मनको अन्तरमा, अर्ध–चेतको कुनै गोप्य कुनाबाट यस्तो जिज्ञासा जागेर आयो ।
आमालाई सास फेर्न गाह्रो पो भयो कि !
सिरक उठाएर आमाको मुख उघारिदिए । मानौँ केहीलाई चियाउने धोको वाँकी रहेझैँ आमाका आखा थोरै खुलेका छन् । मुख पनि थोरै आँ गरेको छ । मानौँ आमा भन्न बाँकी रहेको अन्तिम बचन भन्न खोजिरहनु भएको छ । लौ है, म आफ्नो बाटो लागेँ । तिमीहरू सबैलाई मेरो लाख–लाख आर्शिवाद छ । मानौँ आमाले भन्न चाहेको तर वक् वसेर भन्न नपाएको कुरा यही हो ।
आमाको अनुहारमाथि मुन्टो झुकाएर म हेरिरहेको छु । सियो भुइँमा खस्दाधरी टड्कारो आवाज आउने त्यो निरवता, त्यो सामसुम सन्नाटामा नौ वाई दश फिटको कोठा मलाई विशाल बङ्करझैँ प्रतीत भयो । आमा विनाको त्यो भयङ्कर विशालतामा म एकदम सूक्ष्म, एकदम निर्धो र एकदम निरीह भएँ । मनमा आशाजस्तो, भयजस्तो के–केको बेचैन अनुभूति जागृत भयो । मानौँ रिक्तता र नीरवताले भरिएको कोठाको त्यो विशालता कतै एकलासको मसानघाट हो, जहाँ औँसीको मध्य रातमा म एक्लै छु । मेरो छेवैमा हाम्री आमाको शरीर मात्र छ, आमा हुनुहुन्न । आमा र मेरोबीचमा असीम शून्यता छ, जसमा मौन कोलाहल व्याप्त छ । औँसीको मध्य रातको मसानघाटको भयावह मौन कोलाहलजस्तो ।
आमालाई जे हुनु थियो, त्यो भई नै सक्यो, मलाई यो के भएको ? मन सम्हाल्न खोज्दै मैले आफैलाई छामेँ । कोठाको विशालताको यो भ्रम, सन्नाटाको यो भय, कल्पित मसानघाटको यो नीरव कोलाहल— मलाई यो सब के भएको हो ? दिग्भ्रमजस्तो, अर्थ–चेतजस्तो मानसिक असन्तुलनको त्यो अवस्थामा म त्यसैत्यसै कहालिएँ । बालककालमा ज्ञानेन्द्रियहरूका द्वार खुलेदेखि नै ती द्वारबाट मेरो मन–मस्तिष्कमा थोपारिएका भूत र प्रेत, बोक्सी र वनझाँक्री, मसानघाट र रौरव नरकका यावत् लोमहर्षक कथा–किस्साहरूले मेरो मानसमा छाडेका र संस्कारका पत्र–पत्रमा खरीजुकाझैँ टाँसिएका याबत् सुषुप्त स्मृतिहरू मानौँ अहिले मौका छोपेर जागृत भए । र, मानौँ अहिले म आफ्नै मनको संसारका भ्रान्तिकारी र भयकारी फौजहरूको घेराबन्दीमा छु ।
मलाई ब्रह्माण्ड विस्फोट हुने गरी चिच्याएर गुहार माग्न मन लाग्यो— गुहार ! गुहार ! म संस्कारका फौजहरूको घेरामा परेँ । कोही आऊ र यो भवसागरबाट मलाई बचाऊ !
मलाई ब्रह्माण्ड विस्फोट हुने गरी चिच्याएर गुहार माग्न मन लाग्यो— गुहार ! गुहार ! म संस्कारका फौजहरूको घेरामा परेँ । कोही आऊ र यो भवसागरबाट मलाई बचाऊ !
ठाडो भएर उभिनै नसक्ने गरी मलाई भनन्न रिँगटा लाग्यो । भित्तो छाम्दै म अर्को ओछ्यानमा ढलेँ । रक्षा–कवचको खोजी गर्दै म गुम्लुङ्ग सिरक ओडेर शङ्खे किरोझैँ एकै डल्लो परेँ । पाँच मिनेट, दस मिनेट, पन्ध्र मिनेट, थाहा छैन आफ्नै मनको एकान्त कुनामा लुकेर कतिवेरसम्म त्यसरी म डल्लो परिरहेँ । भ्रान्तिकारी तन्द्राको नशा छुट्दा पट्ट फुट्लाझैँ गरी मेरो कपाल दुखिरहेको रहेछ । त्यो दुखाइले मलाई सुदूर अतीतको स्मृतितिर डो[=यायो । महिना, दुई महिनामा आमाको कपाल त्यसरी नै दुख्थ्यो । चीसो पानीमा झुम्रो भिजाएर मैले पानीपट्टीले आमाको निधार शीतल पारिदिनुपर्थ्यो । आखिरमा आमालाई डरलाग्दोसँग बमन हुन्थ्यो र बमनसँगै विकार मिल्किएपछि आमाको टाउको हलुङ्गो हुँदै जान्थ्यो । आमाले त्यो नासो मलाई छाडी जानुभएको छ । एकपटक जान्नँ–जान्नँ भन्दा–भन्दै मित्र डा. अर्जुन कार्कीले मलाई तानेर डा. सुन्दरमणि दीक्षितकहाँ पुर्याउनुभयो । मेरो कपाल दुखाइको इतिहासका केस्राकेस्रा केलाएर डा. दीक्षितले उद्घोष गर्नुभएथ्यो— माइग्रेन हेरिडिटरी ! अर्थात् वंशानुगत कपाल दुखाइ, जसको उपचार आर्यघाटको चिताको आगोले मात्र गर्न सक्छ । तर पहाडबाट मधेसमा बसाइँ सर्दा हाम्री आमाको कपाल दुख्ने व्यथा उतै पहाडमा छुटेछ क्यार, त्यो त च्वाट्टै निको भयो ।
“यता आएपछि मलाई त हाइसन्चो पो भो ।” मोरङको रन्जनीमा पहिलो पटक भेट्न जाँदा आमाले दङ्ग पर्दै सुनाउनुभएको मलाई अझै सम्झना छ । “मधेसको भावर गर्मीमा कपाल दुखेर मर्छु होला भन्ने डर थियो, मलाई त अडिरको काँडो झिकेजस्तो पो भो ।” त्यसो भन्दा आमा कति खुसी हुनुहुन्थ्यो !
अहिले मेरो कपाल ब्रह्माण्ड फन्फनी रिङ्ने गरी दुखिरहेको छ ।
म उठेँ । चनाखो हुँदै मैले वातावरणको गन्ध्र सुँघेँ— मेरो मानसपटका आतङ्गकारी पल्टनहरू कतै कुनातिर पन्छिइसकेका थिए । कोठा आफ्नो बास्तविक आकारमा फर्किएको थियो । कोठाको चकमन्नतामा आशङ्का र भयको मात्रा घटेको थियो । हाम्री आमा हामी सन्ततिलाई भेट्न कहिल्यै नआउने यात्रा प्रारम्भ गरी चिरनिन्द्रामा निमग्न हुनुभएको थियो ।
चोरी चालले ढोका उघारेर म बाहिर गएँ । आमा सुत्नुभएको भित्ताको झ्याल बाहिरबाट टम्म लगाएँ । झ्यालको जाली लगाइएकै थियो । मैले किन झ्याल लगाउनुपरेको होला ? विरालो–सिरालो पस्ला, त्यसले आमालाई छोइदेला र आमाको चोखो देह विटुलिएला कि भनेर ?
चोरी चालले ढोका उघारेर म बाहिर गएँ । आमा सुत्नुभएको भित्ताको झ्याल बाहिरबाट टम्म लगाएँ । झ्यालको जाली लगाइएकै थियो । मैले किन झ्याल लगाउनुपरेको होला ? विरालो–सिरालो पस्ला, त्यसले आमालाई छोइदेला र आमाको चोखो देह विटुलिएला कि भनेर ? कोठामा पसेपछि आफ्नै रहस्यमय प्रश्नको उत्तर नपाएर म जिल्ल परेँ । फेरि बाहिर गएँ र केही फूलहरू टिपेर भित्र पसेँ । फूलहरू आमाको छातीमा पर्ने गरी सिरकमाथि अर्पण गरेँ । त्यो छातीमा, जहाँ मुहान भएको जीवनदायी दूधका दसधारा चुस्दै म बामे सरेको थिएँ, म उभिएको थिएँ, म टुकुटुकु हिँडेको थिएँ र यो निर्मम संसारको सङ्घर्षमय यात्रामा म निस्केको थिएँ ।
मेरो छातीमा थामिनसक्नु भक्कानो फुट्न खोज्यो । मेरो सास बढ्यो । असामान्य रूपले मेरा नाकका पोरा फुले । शरीरमा सर्वाङ्ग कम्प छुट्यो । यस संसारमा आमा हुनुन्थ्यो र नै म भएँ । म अझै यस संसारमा छँदैछु, तर आमा अब मेरो समीपमा हुनुहन्न । अब आमाले बोलेको कहिल्यै सुन्न पाइँदैन । आमा हाँसेको अब कहिल्यै देखिँदैन । आमाका आसिक थाप्ने साइत अब कहिल्यै जुर्दैन । मेरो छातीको भक्कानो जोड–जोडले बल्किन थाल्यो । रुन्छु, छाती खोलेर धीर मरुन्जेल अब रुन्छु— मनमनै मैले कल्पिएँ । तर हठात् सम्झिन पुगेँ— पल्लो कोठामा श्रीमती निदाइरहेकी होलिन् । छोरो शिक्षालयको पाठ भ्याएर मस्त निन्द्रामा होला । यता बैठकमा भाइ योगेन्द्र विराले पाराले घुरिरहेको छ ।
कोठाको ढोकामा चुकुल लगाएँ । एउटा हत्केलाले मुख छोपेँ र अर्को हत्केलो त्यसमाथि खप्ट्याएँ । अनि आमाको छातीमा अनुहार राखेँर स्वर कण्ठमै दवाएर म घुँक्कघुँक्क रोएँ । कुनै ज्ञानीले शोक र सन्तापलाई मत्थर पार्न बेस्सरी रुनु र रुन दिनू भनी हामीलाई ज्ञानदान गरेका छन् । भुक्तभोगी ती ज्ञानीको त्यो अनुभव नभन्दै ममा चरितार्थ भयो । मलाई हृदयको पीलोको पीप निचोरिएजस्तो लग्यो, आत्मालाई थिचिरहेको क्लेशको जाँतो पन्छिएजस्तो भयो र आँसुले धोएको मेरो वेदनाग्रस्त चेतना किञ्चित् शान्त भयो ।
कोठाको ढोकामा चुकुल लगाएँ । एउटा हत्केलाले मुख छोपेँ र अर्को हत्केलो त्यसमाथि खप्ट्याएँ । अनि आमाको छातीमा अनुहार राखेँर स्वर कण्ठमै दवाएर म घुँक्कघुँक्क रोएँ । कुनै ज्ञानीले शोक र सन्तापलाई मत्थर पार्न बेस्सरी रुनु र रुन दिनू भनी हामीलाई ज्ञानदान गरेका छन् ।
फेरि कहिल्यै नआउने आमाको यो अन्तिम रात आज म आमानेरै सुत्छु । यसरी कल्पिँदै म गुम्लुङ्ग सिरक ओडेर लमतन्न पल्टिएँ । तर अज्ञात आशङ्गा, रहस्य र भयका अदृश्य पल्टनहरूले फेरि मलाई घेर्न थाले । झ्याल त अघि नै लगाएकै थिएँ, कोठाबाट निस्केर बाहिरबाट ढोका लगाएँ । अनि बैठकमा गएर उही सोफामा ङङ्रङ्ग ढलेँ ।
सपनामा ममतामय स्वरमा आमाले मलाई सोध्नुभयो, “कान्छा तँ अझै निदा’को छैनस् ? भो, रुन छाडेर तँ अब निदा ।”
२०५९
(साहित्यकार एवं लेखक संग्रौलाका चर्चित पुस्तक ‘आमा र यमदूत’ का लेखकबाट पुनःपरिमार्जित अंशहरु आगामी दिनहरुमा प्रत्येक शनिवार र बुधबार अर्धसाप्ताहिक रुपमा प्रकाशित हुनेछ । –रातोपाटी)