यो सरल र सोझो कुरो हो, गुरु । कर्मकाण्डको चक्रव्यूहमा म प्रवेश गर्दिनँ !
आठ
बेलुका नाइट बस चढेर मैले विर्तामोडतिर लागेँ । साथमा साँल्दाइको छोरो, मेरो भतिज सुरेश थियो, यात्राको साथी । टिकट उसले दिउँसै मिलाएको रहेछ । आधा तन्द्रा, आधा जागा— हुइँकिरहेको बसमा मेरो रात यसरी नै बित्यो । पूर्व जाँदा म जहिले पनि आमालाई भेट्ने आशा र उमङ्गले पुलकित हुँदै जान्थेँ । आज भने आमाको मृत्युको खवर लिएर जाँदैछु । के यो सपना हो ? म कल्पिन्छु, यो साँच्ची नै सपना भइदिए कस्तो हुन्थ्यो !
भतिजाले यात्राभरि शोकाकूल काकाको खूब सेवा गर्यो । बस ध्याच्च रोकिन पाएको छैन, ऊ विद्युत् गतिमा बाहिर निस्केर केही न केही फलाहार लिएर आइहाल्छ । कतै केरा, कतै अनार, कतै स्याउ । जीवनका अनेक कालखण्डका हाम्री आमासँग जोडिएका स्मृतिहरू, मेरो मानसपटको पृष्ठभूमिमा सुषुप्त अवस्थामा भूमिगत भएका स्मृतिहरू, जम्जमाउँदै पुनर्जागृत हुन्छन् र आमाको जीवनवृत्त र व्यक्तित्वको बिम्बले सानोदेखि ठूलो र विच्छिन्नदेखि एकीकृत हुँदै मूर्त आकार लिँदै जान्छ ।
विहान भालेको डाकामा उठेर कम्मर बङ्ग्याउँदै धाराबाट पानी ल्याउने हाम्री आमा । घर लिपपोत गर्ने, थालबटुका चोख्याउने, अँगेनाको भुतभुते खोस्रेर आगो जोर्ने, खयरको चिया पकाउने र चुलामा भात बसाउने हाम्री आमा । प्रत्येक विहान बाका गोडाको पानी सुरूप्प खाएर बाका गोडामा ढोगिदिने र बाका पञ्चायन देवता अरु पूजासामा धौइपखाली गर्दै गगे्रटानेरको अग्लो आटमा हाम्रा बाको चोखो पूजास्थल तयार पारिदिने हाम्री आमा । द–दसजना सन्तानलाई द–दस महिना गर्भमा जीवनदान गरेर जन्माउने, तिनको गुहु–मुत र र्याल–सिँगान स्याहारेर, भोक र कष्ट बेहोरेर तिनलाई बामे सराउने, टुकुटुकु हिँडाउने, हुर्काउने र तिनलाई पखेटा लगाइदिने हाम्री आमा । घर, पानी–पँधेरो र घरवरिपरिको सागपात टिप्ने बारी नै आफ्नो जीवनको चार किल्ला भएकी हाम्री आमा । आफू निरक्षर भएर पनि एकाध वर्षमा जन्मेका स्याउँस्याउँती लालाबालालाई साक्षर बनाउन बेलैमा गाँस टिपाएर इस्कुल पठाउने हाम्री आमा । घरका हामी सबैकी साझा नोकर्नी भएर पूर्व उज्यालो भएदेखि राति अबेरसम्म कामकाजी मौन मूर्ति भई काम, काम र फेरि काममा जोतिनुपर्दा पनि हम्मेसी गुनासो नगर्ने हाम्री आमा । गाउँ–छिमेकमा कोही नातेदार सिकिस्त विरामी हुँदा उसको मुख हेर्न जानु, कसैको मरुमारु हुँदा मानो चामल पुर्याउन जानु र कसैकहाँ पुराण लगाउँदा एकाध घण्टा पुराण सुन्न जानुबाहेक जीवनको साँगुरो वृत्तबाट कहिल्यै बाहिर निस्कन नपाउने हाम्री आमा । दिउँसोपख यसो पलभरका लागि थकाइ मार्ने मौका पाउँदा पालैपालो हाम्रा कपालका लिखा, चम्कना र जुम्रा मारिदिने हाम्री आमा । सुत्केरी भएको बेला म बाख्रा चराएर घर फर्किदा मलाई परेवाका बचेराको अलिकता मासु, ज्वानाको झोल र धानको भात राखिदिने हाम्री आमा । महिनावारी भएर अछूतझैँ पर सर्दा तीन दिनसम्म चूलो–चौकोको भारबाट मुक्ति पाउने हाम्री आमा । भोक र जाडो, कष्ट र बुहार्तनको फिक्री नगर्ने, हामी दसजना सन्तानको मात्र फिक्री गर्ने हाम्री आमा । सबैलाई खुवाइ–पियाइ गरिसकेपछि बाको जुठो थालको रहलपहल खाएर प्राण धान्ने हाम्री आमा । हजार काम गरिसकेर पनि सुत्ने बेलामा हाम्रा बाका गोडा मिचिदिने हाम्री आमा ।
चारैतिर छरिएका स्मृतिका लहरहरूलाई शृङ्खलामा उन्दै जाँदा बीच–बीचमा म झसङ्ग हुन्छु— मेरा बाबै ! हाम्री त्यस्ती आमा अब हामीसँग हुनुहुन्न । दाजुहरू र दिदी–बहिनीहरूलाई खबर सुनाउन म नाइट बसमा विर्तामोड जाँदै छु— हाम्री आमा अब हामीसँग हुनुहुन्न ! यो घातक यथार्थको आघातमा परेर मेरो पुनःस्मरणको क्रम हठात् भङ्ग हन्छ र म भतिजलाई घरी–घरी सोध्छु, “ए केटा ! विर्तामोड पुग्न अब कति घण्टा लाग्ला ?”
चारैतिर छरिएका स्मृतिका लहरहरूलाई शृङ्खलामा उन्दै जाँदा बीच–बीचमा म झसङ्ग हुन्छु— मेरा बाबै ! हाम्री त्यस्ती आमा अब हामीसँग हुनुहुन्न । दाजुहरू र दिदी–बहिनीहरूलाई खबर सुनाउन म नाइट बसमा विर्तामोड जाँदै छु— हाम्री आमा अब हामीसँग हुनुहुन्न ! यो घातक यथार्थको आघातमा परेर मेरो पुनःस्मरणको क्रम हठात् भङ्ग हन्छ र म भतिजलाई घरी–घरी सोध्छु, “ए केटा ! विर्तामोड पुग्न अब कति घण्टा लाग्ला ?”
नौ
काठमाडौंबाट मुङ्लिङ पुग्नुभन्दा केही अघि पैरोले तर्साएर आधा घण्टाजति थला परेको हाम्रो नाइट बस आफ्नो साबिकको धर्म थाम्दै दुई ठाउँमा पञ्चेट भयो । मोर्तामोड पुगेर जब हामी काका–भतिज ओर्ल्यौं, त्यतिखेर आठ बजिसकेको थियो । भदौ महिना, कुनै महिनामा नसुक्ने गोरुको छालाधरी सुक्न बेर नलाग्ने विर्तामोडको घाम पिर्थिवी नै पग्लिने गरी रनक्क तातिसकेको थियो । प्रकृतिको घाम त्योविधि जाज्वल्यमान् थियो तर मेरो आडमा भने घाम लागेको थिएन । मेरो मनमा औँसीको अन्धकार छाएको थियो । मनको त्यो अन्धकारमा बाल्यकालमा मेरो कलिलो मानसमा बीजारोपण गरिएका संस्कारका पल्टनहरू ज्ञात–अज्ञात रूपमा क्रीडा गरिरहेकै थिए । मनका पत्रहरूमा त्यो आदिम मसानघाट बोकेर म लुखुर–लुखुर साँल्दाइको घरतिर हिँडेँ । अघि–अघि भतिज छ, उसको पछि–पछि म छु । बात मार्नलाई हामीसँग विषय केही छैन । आमा हाम्रा आँखाबाट सदाका लागि ओझेल पर्नुभएपछि हाम्रा चिन्तनका सबै द्वार बन्द भएका छन् । गन्थन गरेर अब हात लाग्नु नै पो के छ र ?
विदीर्ण मनले म खिन्नतायुक्त तर्क गर्दै जान्छु— अब सबैका अँध्यारा मुखअगाडि आफ्नो अँध्यारो मुख प्रकट गरेर मैले वातावरणलाई कसरी सहज बनाउने होला ? दिदी–वहिनीहरू भेला भइसके होलान् । तिनले सोध्लान्— आमालाई व्यथाले कसरी चाप्दै लग्यो ? आमाको आखिरी वचन के थियो ? प्राण जान कत्तिको गाह्रो भो ? मलामी कति थिए ? आमाको मृत शरीर राम्ररी जल्यो ? आदि इत्यादि ।
मैले देखेँ— भित्र परालमाथि राडी ओछ्याएर बसेका रहेछन् तीन क्रियापुत्री— ठूल्दाइ, माल्दाइ र साँल्दाइ । मुण्डन गरेका चिन्डे टाउका, चिन्डाका बीचमा टुप्पीका फुर्का, आडमा जनैका लुर्का, देहमा सेता धोती फेरेका । उदासीले डसेर थला परेका दाइहरूका आँखा मतिर केन्द्रित भए अनि उदास र मौन हेराहेरमा केही क्षण त्यत्तिकै वितेर गए ।
म साँल्दाइको घरमा पुगेँ । भुइँदेखि तीन–चार फिटमाथि उठेको काठै–काठको घर छ । मधेसमा काठको सहकाल भएको बेला बनेको अथवा जनमत सङ्ग्रहताका वनमारा भनेर कहलिएका पञ्च प्रधानमन्त्री सूर्यबहादुर थापाका कृपाले बेपत्तासँग वनबिमाख गरेर बनाइएको काठे घर । जनमत सङ्ग्रहको जाली क्रीडाको त्यो स्मारक । बाहिर खाटसमेत अटाएर पनि बाटो बाँकी रहने फराकिलो बरन्डा छ । बरन्डामा पाहुनापासालाई सुताउने दुईवटा खाट छन् । बरन्डामा पदार्पण गर्दै म एउटा खाटमा टुसुक्क बसेँ । उता अर्को खाटको पल्लो छेउमा खुला ढोका छ । दुई खाटबीचको ढोका बन्द छ । बन्द ढोका खोलेर भतिज हामी आइपुग्यौँ भनी सुनाउन भित्र पस्यो । मैले देखेँ— भित्र परालमाथि राडी ओछ्याएर बसेका रहेछन् तीन क्रियापुत्री— ठूल्दाइ, माल्दाइ र साँल्दाइ । मुण्डन गरेका चिन्डे टाउका, चिन्डाका बीचमा टुप्पीका फुर्का, आडमा जनैका लुर्का, देहमा सेता धोती फेरेका । उदासीले डसेर थला परेका दाइहरूका आँखा मतिर केन्द्रित भए अनि उदास र मौन हेराहेरमा केही क्षण त्यत्तिकै वितेर गए ।
“ए, तँ आइपुगिस् ?” बल्ल ठूल्दाइको बक् फुट्यो ।
“आएँ ।”
“बसमा गाह्रो भो कि ?” साँल्दाइले सोध्नुभो ।
“भतिजले सबै गाह्रोलाई सजिलो पारिदियो ।”
त्यसबीच बरन्डाको पल्लो छेउको कोठाबाट दिदी र बहिनीहरूको मर्मान्तक क्रन्दनयुक्त रुवाइको विस्फोट भयो । मलाई त यस्तो लाग्यो मानौँ चारजना दिदी–बहिनी होइन, दसौँ नारीहरू समवेत स्वरमा रोइरहेका छन् । उताको त्यो दारुण चीत्कारले यता दाइहरूका अशान्त मानसिकतालाई झन् खल्बल्याइदिएछ क्यार, दाइहरू प्नि हत्केलाले मुख छोपेर घुँक्क–घुँक्क गर्न थाल्नुभयो ।
बरन्डाको पल्लो छेउको कोठाबाट दिदी र बहिनीहरूको मर्मान्तक क्रन्दनयुक्त रुवाइको विस्फोट भयो । मलाई त यस्तो लाग्यो मानौँ चारजना दिदी–बहिनी होइन, दसौँ नारीहरू समवेत स्वरमा रोइरहेका छन् । उताको त्यो दारुण चीत्कारले यता दाइहरूका अशान्त मानसिकतालाई झन् खल्बल्याइदिएछ क्यार, दाइहरू प्नि हत्केलाले मुख छोपेर घुँक्क–घुँक्क गर्न थाल्नुभयो ।
हृदयमा पिलिएर भरिएको शोक र सन्तपको चापलाई हल्का पार्न रुनुपर्छ र रुन दिनुपर्छ— भुक्तभोगी ज्ञानीहरूको शोकविरेचन सिद्धान्त मैले पुनः सम्झेँ । चुरोटको धुवाँ फुस्–फुस् उडाउँदै भित्तामा अडेस लागेर म अलिबेर बसिरहेँ । त्यसपछि पसेँ म दिदी–बहिनीका कोठमा । म देखिनु के थियो दिदी–बहिनीको रोदन र क्रन्दनको विस्फोटले उग्र रूप धारण गरिहाल्यो । दिदी–बहिनी नित्य स्नान गरेर, चोखो लगाएर र चोखो खाएर बसेका थिए, म स्नान नगरीकन, विटुलो लगाएर र विटुलै खाएर नाइट बसमा आएको थिएँ । तर शोक र स्नेहको आवेगले चोखो र विटुलोको त्यो पर्खाललाई गर्ल्याम–गुर्लुम भत्काइदियो । कान्छी बहिनीले कोकोहोलो मच्चाउँदै मलाई गम्लङ्ग अँगालो मारी र अरु एक दिदी र दुई बहिनी कोही मेरो ढाडमा मुन्टो राखेर रोए, कसैले वेदनाको आवेगले कामिरहेका औलाले घाटे पुरोहितको आक्रमणबाट रौँ–प्रमाणले बचेको मेरो जुल्फी मुसारे । धेरै नै भावुक भएँछु म पनि । रुन्नँ भन्दा–भन्दै मेरा आँखाबाट आँसु टप्किए र कण्ठबाट हिक्का फुट्यो ।
रोइ–कराइको पहिलो अध्याय समाप्त भएपछि म बाहिर खाटमा आएर चुरोट तान्न थालेँ ।
“हाव केटा, अब तयार हुनुपर्ला ।” ठूल्दाइले भन्नुभयो ।
“के तयार हुनु ?” मैले सोधेँ ।
“कपाल खौरेर, नुहाई–धुवाई गरेर, धोती फेरेर ।”
“पर्दैन ।”
“हँ ?” दाइका विस्मयले विस्फारित आँखा मेरा आँखामा अपलक केन्द्रित भए ।
“आमाका लागि जे सकेँ, त्यो मैले गरिसकेँ । अब म केही पनि गर्दिनँ ।”
मेरोे मुखबाट छुटेको वचनको तीर मानौँ तीन दाइहरूका तालुका झ्वाम्मै रोपिन पुग्यो । तिनका अनुहारमा स्तव्धता छायो । जे कल्पना गरिएकै थिएन, त्यो पो सुन्नु पर्यो बा ! यो कस्तो विपरीत ! दाइहरूले चकित दृष्टिले एक अर्कालाई पुलुक्क हेर्नुभयो ।
मेरोे मुखबाट छुटेको वचनको तीर मानौँ तीन दाइहरूका तालुका झ्वाम्मै रोपिन पुग्यो । तिनका अनुहारमा स्तव्धता छायो । जे कल्पना गरिएकै थिएन, त्यो पो सुन्नु पर्यो बा ! यो कस्तो विपरीत ! दाइहरूले चकित दृष्टिले एक अर्कालाई पुलुक्क हेर्नुभयो ।
“मैले त तेरो कुरै बुझिनँ ।”
“म कर्मकाण्डको विधि–व्यवहारदेखि बाहिरै बस्छु ।”
“किन त्यसो गर्ने ?” चकित ठूल्दाइले सोध्नुभयो ।
“किनभने मलाई यो विधि–व्यवहारमा विश्वास छैन ।”
दाइहरुका बक् बन्द भए मानौँ कुनै अदृश्य चिजले चिन्डे टाउकामुनिका तिनका मुखमा बुजो लगाइदियो ।
यता बाहिर म एकपछि अर्को चुरोट सल्काउँदै फस–फस धुवाँ उडाइरहेँ । उता दाइहरूको बीचमा मैले नबुझ्ने साउतीको स्वरमा छोटो संवाद सम्पन्न भयो ।
“ए केटा, भित्र आइज त !”
म भित्र गएर ढोकासँगै जोडिएको गुन्द्रीमा अलग्गै बसेँ ।
“हैन, तैँले त यो अल्लि नमिल्ने कुरो गरिस् नि ।”
“मिल्छ ।” मैले जिरह गरेँ ।“यो मेरो आफ्नो कुरो हो ।”
“त्यसो नभन्, भाइ, अप्ठ्यारो पर्छ ।” निवेदनको भाकामा साँल्दाइले सम्झाउनुभयो ।
“तपाईंहरूको कर्म तपाईंहरू गर्नोस्, मेरो म गर्छु । यो आ–आफ्नो विश्वासको कुरा हो ।”
“हुँदैन, साह्रै अप्ठ्यारो पर्छ ।” ठूल्दाइ चिन्तित हुनुभयो ।
“मेरो कर्मले ल्याउने अप्ठ्यारो म आफै व्यहोर्छु । यसमा तपाईंहरूले चिन्ता लिनुपर्दैन ।”
“हेर् केटा, जोरीपारीले काखी बजाउँछन् । हामीलाई सुनिनसक्नु हुन्छ ।”
“मेरो कर्मको फल म आफै सुनुँला नि, के भो र ?”
त्यसपछि ठूल्दाइले अन्तिम अस्त्र प्रयोग गर्दै मलाई चेतावनी दिनुभयो, “गोरखापत्रमा तेरो नाउँ छापेर बद्नाम गर्छन् ।”
प्रत्युत्तरमा मैले भनेँ, “दाइ, गोरखापत्र मेरा पनि छन् । लेख्ने कलम मसँग पनि छ ।”
“विष्ट–बराजुहरूले हाम्रा हातको पानी काड्छन्, भाइ । भो, यसो नगर् ।”
“काडे मेरै हातको पानी काड्लान्, तपाईंहरूका हातको पानी किन काड्नु ?”
हामी आ–आफ्नै आग्रहमा अटल रह्यौँ र हाम्रो संवाद अक्करमा अड्किएर समाप्त भयो ।
दस
म बरन्डाको खाटमा पल्टिरहेको थिएँ, चप्पल पड्काउँदै पुरोहित बाजे आइपुगे । बाँकटे नजरले मलाई पुलुक्क हेरेर उनी क्रियापुत्रीहरू भएठाउँमा लुसुक्क भित्र पसे । बाहिर म सुन्दै छु, भित्र खासखुसको भाकामा केही गोप्य विमर्श भयो ।
“सर, कपाल खौरौँ ।” बाहिर निस्केर भित्रको गोप्य संवादको सहमति सुनाएझैँ गरी पुरोहित बाजेले आदेश ध्वनित हुने स्वरमा भने ।
“म खौरिन्नँ, गुरु ।” विनीत भावमा मैले भनेँ ।
पुरोहितका अनुहारको भाव किञ्चित् विकृत भयो ।
“हरे शिव ! कलियुगमा यो के सुन्नु पर्या हो ?”
“यो सरल र सोझो कुरो हो, गुरु । कर्मकाण्डको चक्रव्यूहमा म प्रवेश गर्दिनँ ।”
“सर, यो त पितृप्रतिको द्रोह हुन जान्छ । यो मातृघात हुन जान्छ ।”
“यो आ–आफ्नो बुझाइको तरिका हो, गुरु ।”
“सरजस्ता विद्वान् मनुष्यले यसो गर्नु अनर्थ हुन जान्छ, सर । पितृको प्रेत नरकमा पर्छ । आफ्नो सत् डग्छ । उठुँ सर, यो कपाल खोरिहालुँ ।”
पुरोहित बाजेको एकाहोरो हठ देख्दा मेरो मनमा चिडचिडाहट पैदा भयो । त्यसैले अलि कडा स्वरमा मैले तर्क गरेँ, “कपाल मुडेर, गरुड पुराण सुनेर, पुरोहितलाई मेवा–मिष्ठान्न र द्रव्य टक्र्याएर प्रेत मुक्त हुने यो कस्तो रीत हो, गुरु ?”
पुरोहित बाजेको एकाहोरो हठ देख्दा मेरो मनमा चिडचिडाहट पैदा भयो । त्यसैले अलि कडा स्वरमा मैले तर्क गरेँ, “कपाल मुडेर, गरुड पुराण सुनेर, पुरोहितलाई मेवा–मिष्ठान्न र द्रव्य टक्र्याएर प्रेत मुक्त हुने यो कस्तो रीत हो, गुरु ?”
“यो सनातन धर्म हो, सर । पिता–पुर्खादेखि मानिआएको, गरिल्याएको सनातन धर्म । यो मत्र्यलोकका मनुष्यको सृष्टि होइन, सर । यो त उनै श्री भवगान्को उपदेश हो ।”
“गुरु, विश्वास नुहनेलाई यो नमान्न पाउने अधिकार हुँदैन ?” केही आक्रामक स्वरमा मैले प्रश्न गरेँ ।
“जन्म दिने आमालाई दस धारा दूधको भारा त तिर्नेपर्छ, सर । हजुरजस्ता विद्वान्ले लोकका दृष्टिमा पतीत हुनु किमार्थ उचित हुँदैन ”
“भारा कसरी तिर्नुपर्छ त्यो मलाई पनि थाहा छ, गुरु । के उचित र के अनुचित हो, त्यो पनि मलाई थाहा छ ।”
सर, यसरी त पशु र मनुष्यमा भेदै कहाँ बाँकी रहन्छ र ? आमाको नरकबास हुन्छ, छोरो लोकमा नजरमा कुलङ्गार ठहरिन्छ ।”
पुरोहित बाजेको अन्त्यहीन पुराण सुनेर मलाई रमरम जङ चल्यो । तैपनि मैले आफ्नो आवेगलाई लगाम लगाएँ । यस्तो बेलामा क्रोध प्रकट गर्नु उचित हुँदैन, दाजुहरू र दिदी–बहिनीका आहत चित्तमा झन् आह थपिन्छ । यस्तो सोचेर म लुसुक्क दिदी–बहिनीका कोठामा पसेँ र सिरानी हालेर गुन्द्रीमा लमतन्न पल्टिएँ ।
मलाई डर थियो, मेरो विचार सुनेर दिदी–बहिनीहरू झस्केलान् । दिदीले दुखमनाउ गर्दै मलाई हप्काउनुहोला, बहिनीहरू गनगन गर्दै रोलान् । तर अचम्म भयो, महिला महलबाट त्यस्तो कठोर र तिक्त प्रतिक्रिया पटक्कै प्रकट भएन ।
“जान्नेसुन्ने तैँ छस्, भाइ ।” दिदीले भन्नुभयो । सप्पैले तँलाई हाम्रा कुलको बत्ती भन्छन् । के गर्दा के हुन्छ, तँ आफै विचार गर् ।”
बहिनीहरू चकितझैँ देखिए । तर मुख खोलेर तिनले खासै प्रतिक्रिया गरेनन् । माइली बहिनी पद्माले कूटनीतिक भाषमा यति मात्र भनी, “दाइको त्यस्तो सोचाइ भए हामीले खै के भन्ने ?”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस