कर्मकाण्ड आमा र यमदूतहरु— १६ ख

पुरोहितहरूको गरुड पुराणका निरीह प्रेत जुनियर भानुभक्त

सानो मुखले ठूलो कुरा बोलेजस्तो होला: हजुरजस्ता कविहेर्लाई ल्याउने ठाउँ यो हुँदै होइन, यो त चोर, पाकेटमारा, बलात्कारीलाई ल्याउने ठाउँ पो हो !

person explore access_timeमंसिर ३, २०७७ chat_bubble_outline0

 

 

 

(म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।)

‘मार्दे, सालेलाई मार्दे !’

चर्पीबाहिर इँटा ओसार्ने दङ्गाकारी जवानहरूको भीड थियो । ती सवैजना म सानो भानुभक्तलाई लक्ष्य गरेर एकै स्वरमा यसरी विषवमन गरिरहेका थिए । बहुदलीय राजमा पनि उही निर्दलीय राजकै पुलिसको रजगज चलेको रहेछ ! यस तथ्यको बोध हुँदा भानुभक्तलाई दिक्क लाग्यो । ती ज्यानमारा कटाक्षहरू सम्झिँदै साना भानु बाजे पछि घण्टौँसम्म पिसाप च्यापेर बसिरहे ।

साँझ पर्‍यो । दङ्गा प्रहरी केन्द्रको बङ्कर हिउँसमान चीसो थियो । टिनका छाना र टिनकै भित्ता भएको बङ्करको भुइँमा इँटा एकसरो छापिएका थिए । बङ्करको यो भयावह विशालता ठण्डीको अक्षय भण्डार थियो । यसलाई सुखद संयोग भनूँ, दिन ठुस्स परेको हुँदा मैले भित्र भुवा भएको थोत्रो जिन्स ज्याकेट लगाएको थिएँ । त्यसले मलाई अहिलेसम्म ठण्डीबाट रक्षा गरेको थियो । तर जब बाहिर घाम मलिन हुँदै र छेलिँदै जान लाग्यो, भित्र मेरो ज्याकेटलाई परास्त गर्दै जाडाको हस्तक्षेप बढ्दै गयो ।

बङ्करको यो भयावह विशालता ठण्डीको अक्षय भण्डार थियो । यसलाई सुखद संयोग भनूँ, दिन ठुस्स परेको हुँदा मैले भित्र भुवा भएको थोत्रो जिन्स ज्याकेट लगाएको थिएँ । त्यसले मलाई अहिलेसम्म ठण्डीबाट रक्षा गरेको थियो । तर जब बाहिर घाम मलिन हुँदै र छेलिँदै जान लाग्यो, भित्र मेरो ज्याकेटलाई परास्त गर्दै जाडाको हस्तक्षेप बढ्दै गयो ।

बेलुकाको खाना खाने बेला भयो । सबैको खाना आयो, भोका भानुभक्तको खानाको खुटपत्तो छैन । सुरक्षाकर्मीहरूका अनुहारमा एक प्रकारको अत्यासजस्तो, ग्लानिजस्तो भाव छाएको भानुभक्तले छनक पाए ।

“आज सरको खाना नआउने भो ।” असई साहेपले नमज्जा मान्दै भानुभक्तलाई बताए ।

“आज ब्रत बस्ने सरकारी तिथि परेर हो कि ?” भोकले झुत्ती खेलिरहेका आन्द्रा छाम्दै भानुभक्तले उदास ठट्यौली गरे ।

असई साहेपले निरङ्कुश राज्यको रकमी कारण खुलाए । “जुन निकायले पक्राउ गरेको हो त्यही निकायले खान खर्च बेहोर्नुपर्छ । सरलाई पक्राउ गर्ने निकाय पत्ता लगाउन सकिएन रे ।”

पेटको रिक्तताले यता भानुभक्तलाई पक्राउ गरिसक्यो, उता बाजेको देहलाई पक्राउ गर्ने सरकारी निकाय भूमिगत भएको छ ।

“यस मुलुकमा नागरिकहरूलाई फक्राउ गर्ने निकाय कतिवटा छन् ?”

“थुप्रै छन्, सर । सबै त हामीलाई पनि थाहा छैन ।”

“के राज्यभित्र भूमिगत गिरोह अझै जिउँदै छ ?” भानभुक्तको भोक गर्ज्यो।

असई बोलेनन् । आखिरमा असई साहेपका कृपाले म भानुभक्तले जवानहरूलाई ल्याएको भात बाँडीचुँडी खान पाएँ । भात माटो खाएजस्तो थियो, वर्षौँ अघि सडेर जीवनदायी तत्वजत्ति नष्ट भएको उसिना चामलको गन्दे भात । दाल बरफजलझैँ चीसो थियो । रायाको सागका केही त्यान्द्रा थिए, स्वाद चालै नपाई ती त्यान्द्रा खाली पेटको अन्तरमा कता विलाए कता ।

आखिरमा असई साहेपका कृपाले म भानुभक्तले जवानहरूलाई ल्याएको भात बाँडीचुँडी खान पाएँ । भात माटो खाएजस्तो थियो, वर्षौँ अघि सडेर जीवनदायी तत्वजत्ति नष्ट भएको उसिना चामलको गन्दे भात । दाल बरफजलझैँ चीसो थियो । रायाको सागका केही त्यान्द्रा थिए, स्वाद चालै नपाई ती त्यान्द्रा खाली पेटको अन्तरमा कता विलाए कता ।

न गोरखापत्र पढ्न पाउनु छ, न बाहिर कसैलाई खबर भएको छ । रात जतिजति छिप्पिदै गयो जुनियर भानुभक्तको चित्तमा चिन्ताको सर्पले उतिउति डस्दै लग्यो । खाटमा थोत्रो भएर न्यानोपनजति उडिसकेको एकसरो कालो कम्मल ओछ्याइएको छ, ओड्न पनि उही एकसारो चीसो कम्मल छ । हामी पाँच भाइ पेटीमा परित्यक्त कुकुरका छाउराझैँ आपसमा गुँडुलिएर सुतेका छौँ । रात छिप्पिँदै गयो, चीसो बढ्दै गयो । विहानीपख त तल खाटका तख्ताका बीचका छिद्राबाट चीसोले चिमोट्न थाल्यो, र माथि टिनबाट रसाएर पानी तपतप चुहुन थाल्यो ।

म उठेर बसेँ ।

“जाडो भयो, सर ?” असईले सोधे ।

“कम्मल दिने निकाय पनि बेपत्तै होला, हकि असई साहेप ?” चुरोट सल्काउँदै मैले भनेँ ।

“खै सर, सानो मुखले ठूलो कुरा बोलेजस्तो होला । वास्तव कुरा के हो भने हजुरजस्ता कविहेर्लाई ल्याउने ठाउँ यो हुँदै होइन । यो त चोर, पाकेटमारा, बलात्कारीलाई ल्याउने ठाउँ पो हो । अहिले यो के नयाँ नियम आयो, खै कुरै बुझिएन ।”

विहान भात खाने बेला भयो, फेरि पनि जुनियर भानुभक्तलाई पक्राउ गर्ने निकायको अत्तोपत्तो छैन । ड्युटीमा खटिएका जवानहरूको गाँस काटेर बाजेले जेनतेन गर्जो टारे । उही माटोजस्तो भात, बरफजस्तो आँसुमय दाल र ओइलाएर, पहेँलिएर गाई–गोरुलाई दिन लायकको एक–दुई त्यान्द्रा रायाको साग । तर खान्कीको प्रबन्ध पर्ने पक्राउ विभाग पत्तो नलागेको बखतमा भोका भानुभक्तलाई त्यही पनि काजक्रियाको आतपातेमा संलग्न पुरोहित बाजेले खाने मेवा–मिष्ठान्नसरह स्वादिष्ट भयो । सुखद कुरा त के थियो भने जुनियर भानुभक्तलाई आफ्नो गाँस काटेर खुवाउन पाउँदा दङ्गा जवानहरू गैरवान्वित भएका थिए ।

खान्कीको प्रबन्ध पर्ने पक्राउ विभाग पत्तो नलागेको बखतमा भोका भानुभक्तलाई त्यही पनि काजक्रियाको आतपातेमा संलग्न पुरोहित बाजेले खाने मेवा–मिष्ठान्नसरह स्वादिष्ट भयो । सुखद कुरा त के थियो भने जुनियर भानुभक्तलाई आफ्नो गाँस काटेर खुवाउन पाउँदा दङ्गा जवानहरू गैरवान्वित भएका थिए ।

“इन्चार्ज साहेपलाई भेट्न पाइएला, भाइ ?” दिउँसोपख टोली कमान्डरछेउ भानुभक्तको मौखिक निवेदन पेश भयो ।

“आदेश छैन, सर ।”

“गएर आदेश ल्याउन मिल्दैन ?”

“बूढाले उल्टै मेरो सातो खान बेर छैन, सर ।”

“कवि भानुभक्तले एकपटक दर्शनभेट गर्न खोज्या छन् भन्दिनोस् न !”

“के कति कामले होला, सर ?”

“गोरखापत्र पढ्ने अनुमति माग्न र म यहाँ ठीकै छु भनेर घरमा खबर गर्न ।”

आदेश लिन गएका असई साहेप आधा घण्टापछि फर्के ।

“आदेश भएन, सर ।” हारेको स्वरमा उनले निरास खबर सुनाए ।

“आदेश के भो त ?”

“बढ्ता बकबक नगर्नू भन् भन्ने आदेश भयो, सर ।”

इन्चार्ज साहेपको बकबक सुनेर म भानुभक्तले जतिसुकै कष्ट र बुहार्तन खपेर भए पनि किञ्चित् मौन हुन सिकेँ ।

राति साढे एघार बजेतिर भानुभक्तलाई पिसापले च्याप्यो । मूत्रत्याग गर्न पाऊँ भनेर बाजेबाट सविनय निवेदन भयो ।

“राति दश बजेपछि बन्दीलाई बाहिर निस्कन आदेश छैन, सर ।”

भानुभक्तले किञ्चित् कडा स्वरमा भने, “यहाँ प्रकृतिको आदेश भइसक्यो भन्देखिन् चाहियो नि त मुत्ने आदेश !”

मुखले प्रजातन्त्रवादी हुँ भन्ने, कामले तानाशाही चलाउने, तेसिमाका छौँडा ।” उत्तेजना र क्रोधको टेपरेकर्डर खुलेपछि भण्डारी भाइ गृहमन्त्रीलाई चोर, डाँका, तस्कर आदि मुखमा आएजति सबै निन्दा वाणको बर्षा गर्न भ्याइहाल्छन् । अहिले पनि उनी थाले कुर्लिन, “हामीलाई त राति मुत्न दिएन–दिएन, कवि भानुभक्तले पनि मुत्न नपाउनु ? यो राष्ट्रको कत्रो बेइजती हो यो !

सिन्धुपाल्चोके सिसापति ठाउँ हेरी बोल्न नजान्ने र उत्ताउलो आवेगलाई बशमा राख्न नसक्ने अनौठा जीव छन् । उनी घरीघरी गृहमन्त्री खुमबहादुर खड्काको नाउँ काडेर तथानाम छर्रा वर्साउँछन्, “बन्दुक पड्काउने कहाँ छ कहाँ, हामीजस्ता गरिखाने निर्दोष मानिसलाई नर्कको यो ओडारमा थुनेर हाम्रा लालबालालाई मार्न खोज्ने तेसिमाका पोइया । त्यल्लाई यहाँ डाकेर ल्याअ‍ो, म त्यससँग दुई–चारवटा कुरा गर्छु । मुखले प्रजातन्त्रवादी हुँ भन्ने, कामले तानाशाही चलाउने, तेसिमाका छौँडा ।” उत्तेजना र क्रोधको टेपरेकर्डर खुलेपछि भण्डारी भाइ गृहमन्त्रीलाई चोर, डाँका, तस्कर आदि मुखमा आएजति सबै निन्दा वाणको बर्षा गर्न भ्याइहाल्छन् । अहिले पनि उनी थाले कुर्लिन, “हामीलाई त राति मुत्न दिएन–दिएन, कवि भानुभक्तले पनि मुत्न नपाउनु ? यो राष्ट्रको कत्रो बेइजती हो यो !

उदरमा मूत्रसञ्चय घनीभूत हुँदो छ । कवि भानुभक्तलाई कट्टु भिज्ला कि जस्तो लाग्न थालिसक्यो । तर मूत्रत्याग गराउन माथिको आदेश छैन । भानुभक्त खाटमा उभिए । उत्तेजना र क्रोधलाई अदपमा राख्न नसकी भण्डारी बाबुका आवेगमय पाइला पछ्याउँदै बाजे कराउन थाले, “असई साहेप ! गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्दिनोस्, कवि भानभुक्त मुत्ने आदेश नपाएर कट्टु बिगार्ने हालतमा पुगिसकेका छन् । के तपाईको प्रजातन्त्रमा कविले थुनामा राति मुत्न पनि नपाउने हो ?”

कवि भानुभक्त खरो गद्य शैलीमा कराएपछि वातावरण गम्भीर भयो । अरु त अरु, सुरक्षा टोलीका कमान्डर असई भाइको अनुहार पनि कालो–नीलो भयो । उनी बत्तिँदै बाहिर गए । आधा घण्टापछि फर्केका कमान्डरले भने, “सर, आदेश भएन ।”

क्रोधाग्निको धप्धपी बलिरहेको ज्वालालाई आफ्नो पीडित अन्तरमै दवाएर ठट्टुयाइलो पाराले कवि भानुभक्तले उही कथन दोहोर्‍याए, “असई साहेप, प्रकृतिको आदेश त भइ नै भइसक्यो । म सबैका आँखा अगाडि ओछ्यानमै सुइँक्याउने आदेश पाऊँ न त ।”

बन्दीहरुको गोलोमा हठात् हाँसोको भुल्को भुलुक्क भयो र त्यो तत्कालै अन्तध्र्यान भइहाल्यो । सुरक्षाकर्मी जवानहरूले बाल्ल पर्दै मुखामुख गरे ।

“एई, लैजा सरलाई मुता’र ले ।” माथिको अकाट्य आदेशको अवज्ञा गर्दै असई साहेपले आफ्नो दानापानी दाउमा राखेर स्वविवेकको प्रयोग गरे ।

मुसुमुसु हाँस्दै कवि भानुभक्त लाठो र राइफलको बीचमा उभिएर शौचालयतर्फ लम्किए । माथिको आदेशले हो कि तलको स्व्विवेकले हो थाहा छैन, सुची गरेर फर्किएपछि भानुभक्त बाजेलगायत पाँचै जनाका हात प्रजातन्त्र भनाउँदो शासनका हतकडीरुपी आभूषणले सुशोभित भए ।

मुसुमुसु हाँस्दै कवि भानुभक्त लाठो र राइफलको बीचमा उभिएर शौचालयतर्फ लम्किए । माथिको आदेशले हो कि तलको स्व्विवेकले हो थाहा छैन, सुची गरेर फर्किएपछि भानुभक्त बाजेलगायत पाँचै जनाका हात प्रजातन्त्र भनाउँदो शासनका हतकडीरुपी आभूषणले सुशोभित भए ।

मोमोवाल पाठकजी र भानुभक्तका हातमा एउटै हतकडी लागाइयो । अब कोल्टो फेर्न पनि नमिल्ने भयो । एकै कोल्टोमा कक्रक्क परेर डल्लिँदै त्यो रात बित्यो । भोलिपल्ट विहान नौ बजेतिर लोखर्केको पुच्छरजस्ता जुँगा भएका एकजना वडा साहेप कतै शून्य आकाशबाट हठात् अवतरित भई ढोकाबाहिर उपस्थित भयो ।

“राइफलमा गोली लोड गर्‍या’छस् ?” राइफलधारी जवानलाई यमदूतका जस्ता आँखाले दागेर लोखर्के जुँगाले सोध्यो ।

“छैन, साप् ।” जवान डरले थुरथुर हुँदै तनक्क तन्कियो ।

“साला, त्यो राइफल बोक्या होस् कि तेरा बाउको केरा बोक्या होस् ? त्यो लोड गरिहाल् ।”

जवानले राइफल भाँचेर गोली लोड गर्न खोज्यो । ऊ सिकारु रहेछ क्यार । अथवा तालिमकालमा हचुवा पाराले सिकेको कच्चा कौशल उसले उहिल्यै विर्स्यो होला । गोलीको डरले पैदा गरेको आतङ्कको छाया उसका अनुहारमा तुन्दु्रङ्ग झुन्डियो ।

“हाफ लोड गर्छु साप् ।”

“ठीक छ साला, गर् ।”

वातावरण सन्न भयो । यो आतङ्कमय अभिनय केका लागि हो ? स्तब्ध भएका चारजना बन्दीले कवि भनुभक्तलाई पुलुक्क हेरे । कविजीको अनुहार पनि लाटो भएको थियो ।

जब रात छिप्पिँदै जान्छ, सुरक्षाकर्मीहरूका जिब्रा वाचल हुँदै जान्छन् । माथिका सुतिसके होलान् । अब माथिका बोसहरूको निन्दा र बद्ख्वाइँको अबिरल प्रवाह तिनले सुन्ने सम्भावना छैन । अझ अन्धकारका बाक्ला पत्रहरूले त तिनलाई रक्षाकवचको काम गरिदिएझैँ लाग्छ ।

जब रात छिप्पिँदै जान्छ, सुरक्षाकर्मीहरूका जिब्रा वाचल हुँदै जान्छन् । माथिका सुतिसके होलान् । अब माथिका बोसहरूको निन्दा र बद्ख्वाइँको अबिरल प्रवाह तिनले सुन्ने सम्भावना छैन । अझ अन्धकारका बाक्ला पत्रहरूले त तिनलाई रक्षाकवचको काम गरिदिएझैँ लाग्छ ।

“जवानमारा ठगहरू !” जवानहरूका मुखबाट अफिसरको निन्दापुराण यसरी सुरु हुन्छ । “ठेकेदारसँग मिलेर जवानको रासन भागको पैसा पनि घिच्छन् मु**हरू ।”

बन्दुकधारी भाइहरू तनक्क तन्किएर चुपचाप सुन्दै उभिइरहन्छन् । बाँकी लट्ठीधारीहरुसमेत निन्दा अभियानमा धेरथोर सहभागिता प्रदान गर्छन् । चित्तमा दबिएर निसासिएको कुण्ठा र हताशा पोख्न ड्युटीबाहेकका कतिपय जवानहरू पनि बङ्करमा जुट्छन् । तिनको धाराप्रवाह संस्कृत प्रवचन सुन्दा साना भानुभक्तलाई यति साह्रो दिगमिग लगेर आउँछ, उनलाई कान थुनूँ–थुनूँझैँ लाग्छ । तिनको घृणायुक्त गुनासोको मजबुन सबैँ उही हुन्छ— सालेले जवानको रासनभाग खायो, सालेले स्वास्नीका फरिया धुन लायो, घरमा आपत् परेको बखतमा साहेपले बिदा स्वीकृत गरिदिएन, साहेपले अन्यायपूर्वक कोर्ट मार्शल गरायो, घर बर्बाद भयो, लालाबालको भविष्य डुब्यो आदि । तिनका गुनासाको अन्तर्धारमा के कुरा ध्वनित हुन्छ भने तिनलाई साहेपले भ्रष्टाचार र अत्याचार गरेकोमा क्रोधभन्दा पनि आफूले त्यसो गर्न नपाएकोमा डाहा छ ।

“साला, आफ्नो त योग्यताले नै गुहु खायो ।”

“मेरो त भाग्यै खोटो, साला ।”

“भाग्यमानीलाई मालामाल, साला अभागीलाई कालैकाल ।”

“सतीको सराप परेको देश, साला ।”

म भानुभक्त हेर्छु, जवानहरूमध्ये सबभन्दा कान्छो मङ्गोल मोहडाको जवान छ । उसका हातमा राइफल छ । ऊ मेरा गोडामुनि तनक्क तन्किएर उभिएको छ । ऊ विस्फारित नेत्रले मलाई अपलक हेरिरहेको छ । राइफल नबोकुन्जेलसम्म ऊ अर्कै थियो । उसको सुन्दर अनुहारमा मानवीय करुणाको लक्षण बाँकी नै थियो । दिउँसो उसले कत्ति गाह्रो नमानी भानुभक्तलाई चुरोट र समोसा किनेर ल्याइदिएको थियो । आफू ठट्टा–मजाकमा सहभागी नभए पनि ऊ ठट्टा–मजाकबाट प्रसन्न भएको थियो । उमेर त्यस्तै बीसजति वर्ष होला, ऊ अठाह्र बर्षको हो भने पनि फरक खाँदैन । त्यो ठिटो, त्यो बालक बबुरो, अहिले जुनियर भानुभक्तलाई यसरी हेरेर उभिएको छ मानौँ त्यो रौरव नरकको यमदूत हो र भानुभक्तचाहिँ धार्मिक ठगीमा लिप्त पुरोहितहरूको गरुड पुराणका निरीह प्रेत हुन् ।

म भानुभक्त हेर्छु, जवानहरूमध्ये सबभन्दा कान्छो मङ्गोल मोहडाको जवान छ । उसका हातमा राइफल छ । ऊ मेरा गोडामुनि तनक्क तन्किएर उभिएको छ । ऊ विस्फारित नेत्रले मलाई अपलक हेरिरहेको छ । राइफल नबोकुन्जेलसम्म ऊ अर्कै थियो । उसको सुन्दर अनुहारमा मानवीय करुणाको लक्षण बाँकी नै थियो । त्यो ठिटो, त्यो बालक बबुरो, अहिले जुनियर भानुभक्तलाई यसरी हेरेर उभिएको छ मानौँ त्यो रौरव नरकको यमदूत हो र भानुभक्तचाहिँ धार्मिक ठगीमा लिप्त पुरोहितहरूको गरुड पुराणका निरीह प्रेत हुन् ।

राइफलधारी कनिष्ठ जबान म भानुभक्तलाई एक टकले हेरिरहेछ । म गम्छु, बिस्तारै ऊभित्रको मानिस जनावरमा पतीत भइरहेछ । उसको चरित्रको जनावरीकरणले जति छलाङ मार्दै जान्छ ऊ त्यति नै  योग्य प्रहरी हुँदै जान्छ । फौजी संगठन त्यसको प्रकृतिले नै फासीवादी संगठन हो, जसले मानिसभित्रका दया र उदारता, करुणा र सहानुभूति, समभाव र सहयोग, बन्धुत्व र परोपरकाजस्ता यावत् मानवीय गुणका बीजहरूलाई नै समूल नष्ट गरिदिन्छ । र अमानवीकरणको त्यो प्रक्रियामा मानिस क्रूर जनावरमा रूपान्तरित हुँदै जान्छ । ऊ न श्रम गर्छ, न कुनै प्रकारको र्सिजना । ऊ न जनसाधारणको बिचमा रहन्छ, न तिनका सपना र तिर्सनाप्रति उसलाई कुनै चासो छ । दङ्गा प्रहरी अड्डाको अदृश्य पिन्जरामा दासवत् अवस्थामा कैदी तुल्याइएको छ ऊ । उसलाई माथिका बलियाहरुबाट कुल्चिइन र तलका निम्छरालाई कुल्चिन सिकाइएको छ । हातमा राइफल छ, त्यसैले ऊ अहिले बलियो छ । म निःशस्त्र छु, त्यसैले उसका दृष्टिमा म निर्धो छु । ऊ मलाई यसरी हेरिरहेछ मानौँ कुनै पनि क्षणमा उसले ममाथि गोली दाग्न सक्छ ।

खिन्न दृष्टिले म भानुभक्त हेर्छु, दिउँसोको अबोध र निर्दोष प्रतीत हुने मङ्गोल भाइ अहिले हिंस्रक जनावरझैँ आँखा झिमिक्क नापरी मलाई हेरिरहेछ । यस्तै जनावरीकृत मानव–औजारहरूको सहाराले त हो निरङ्कुश सत्ताले मानिसका प्रजातन्त्र र स्वतन्त्रताका चेतना र चाहनाहरूलाई दमन गरेर तानाशाही परम्परालाई जीवित राखिरहने !

जुनियर कवि भानुभक्त बङ्करमा कोचिएको तीन दिन भइसक्यो । बाहिरी संसारमा के भइरहेको छ उनलाई केही थाहा छैन । क्षण–प्रतिक्षण उनलाई त्यो चीसो र क्रूर बङ्कर घरदेखि, प्रियजनहरूदेखि एकदम टाढा, विकट अपाइकको एकलासतिर सर्दै गएझैँ लाग्छ । श्रीमती आत्तिइन् होलिन्, छोराछोरी राए होलान् मित्रहरू धूलाको थुप्रोमा हराएको सियो खाजेझैँ जुनियर कवि भानुभक्तलाई खोजिरहेका होलन् । बाहिर पनि यहाँभित्र बङ्करमा जस्तै पक्राउ गर्ने निकाय फेला नपरेर हैरानी भएको होला शायद ।

भानुभक्तलाई अपहरण गरेको चौथो दिन बिहान देवकोटा थर भएका एकजना युवक बङ्करमा आए । छाँटले ती जासुस थिए । उमेर त्यस्तै तीस बर्ष, सिकटे जीउडाल, वचनमा शिष्ट र विनम्र । यी देवकोटा शायद जनावरीकरणमुखी प्रक्रियाको प्रारम्भिक अवस्थाका जासुस होलान्, मनमनै मैले कुरा खेलाएँ ।

फेला नपरेर हैरानी भएको होला शायद ।

भानुभक्तलाई अपहरण गरेको चौथो दिन बिहान देवकोटा थर भएका एकजना युवक बङ्करमा आए । छाँटले ती जासुस थिए । उमेर त्यस्तै तीस बर्ष, सिकटे जीउडाल, वचनमा शिष्ट र विनम्र । यी देवकोटा शायद जनावरीकरणमुखी प्रक्रियाको प्रारम्भिक अवस्थाका जासुस होलान्, मनमनै मैले कुरा खेलाएँ ।

देवकोटाले डोर्‍याएर जुनियर भानुलाई बङ्करको पछिल्लो भागमा धेरै पंर लगे । उनले बाजेको नाम र थर, वतन र उमेर, योग्यता र विशेषज्ञता, जागिर र आर्जन, परिवारसङ्ख्या आदि सोधे ।

“खाने–सुत्ने व्यवस्था कस्तो छ, सर ?” जुनियर कवि भानुभक्त हुन् भन्ने तथ्यको जानकारी पाएर होला, देवकोटाजीले उनलाई “सर” भनेर सम्बोधन गरे ।

“पक्राउ गराएर पक्राउ गराउने निकाय हराएको छ, देवकोटाजी । मेरो खाने, सुत्ने र मुत्ने प्रवन्धको आदेश पनि उतै कतै गायब भएको छ ।

देवकोटा मुसुमुसु हाँसे ।

“सर डा. बाबुराम भट्टराईलाई चिन्नुहुन्छ ?” केरकारले विषय प्रवेश गर्‍यो ।

“चिन्छु ।”

“कहाँ, कहिले र कसरी चिनारी भएको होला ?”

“डा. भट्टराई एकजना प्राज्ञ हुनुहुन्छ । ज्ञानको तिर्खा र समान प्रकृतिको सामाजिक दायित्वले हाम्रो नाता गाँसिदियो । प्रकाशन, गोष्ठी र सभामा बर्षौँदेखि डा. भट्टराईसँग मैले सहकार्य गरेको छु ।”

“सरले प्रचण्डलाई कहिल्यै भेट्नुभएको छ ?”

“दुईपटक भेटेको छु । एकीकृत एकता केन्द्रको कार्यालय पाटन ढोकामा ।”

“सरको विचारमा प्रचण्ड कस्ता मानिस हुन् ?”

“उहाँसँग मेरो निकट सम्पर्क र गहन आदान–प्रदान कहिल्यै भएको छैन । त्यसैले अनुमानका आधारमा म के भनूँ, देवकाटाजी ?”

केरकारको पहिलो चरण समाप्त भयो । देवकोटाको आदेशबमोजिम चिया–चुरोट आयो । खान नदिइने बङ्करमा आएको चिया–चुरोट बडो प्रेमले खाइयो ।


“सरले प्रचण्डलाई कहिल्यै भेट्नुभएको छ ?”
“दुईपटक भेटेको छु । एकीकृत एकता केन्द्रको कार्यालय पाटन ढोकामा ।”
“सरको विचारमा प्रचण्ड कस्ता मानिस हुन् ?”
“उहाँसँग मेरो निकट सम्पर्क र गहन आदान–प्रदान कहिल्यै भएको छैन । त्यसैले अनुमानका आधारमा म के भनूँ, देवकाटाजी ?”
केरकारको पहिलो चरण समाप्त भयो । देवकोटाको आदेशबमोजिम चिया–चुरोट आयो । खान नदिइने बङ्करमा आएको चिया–चुरोट बडो प्रेमले खाइयो ।


“फाल्गुन १ गतेको माओवादीको ध्वंसात्मक गतिविधिबारे सरको के विचार छ ?” संवाद अर्को दिशातर्फ उन्मुख भयो ।

“मैले अपहरण भएको दिनदेखि यता सरकारी गोरखापत्रसमेत पनि हेर्न पाएको छैन । त्यो गतिविधि माओवादीको हो कि अरु नै वादीको हो मलाई केही थाहा छैन । भएको के हो र कति हो त्यो पनि मलाई थाहा छैन । आफूलाई जे एकरत्ति थाहा छैन, त्यसबारे म के भनूँ ?”

“माओवादीको ध्वंसात्मक गतिविधिसँग मेरो सहमति छैन भनेर सर एउटा स्यानो कागत गरिदिन सहमत हुनुहोला ?”

“मेरा सबै विचार सार्वनजिक भएका छन् । मेरो सहमति वा असहमतिका सबुतहरू त्यहीँ फेला पर्लान् । मैले अरु के कागत गर्नु ?” मेरो स्वरको तह उक्सेको छनक पाएर होला शायद देवकोटा झन् नरम र शिष्ट रूपमा प्रस्तुत भए । अनि मामिलाको गम्भीरतालाई झल्काउने मनसायले उनले भने, “सरलाई निकै माथिबाट हेरिएको छ ।”

माथि भनेको के हो र को हो ? जुनियर भानुभक्तले आफैँलाई सोधे । पञ्चायती तनाशाहीमा सरकारभन्दा माथि, नियम–कानुनभन्दामाथि, सामाजिक उत्तरदायित्व र मर्यादाभन्दा माथि कोही हुन्थ्यो । छयालीस साले आन्दोलनको एकीकृत आवाज र वीर–वीराङ्गनाहरूको आत्मोत्सर्गले संविधान माथिकाहरूलाई संविधानमुनि ओरालेर उचित आकार र हैसियतमा राखेको  होइन र ? अपहरणको शैलीमा नागरिकलाई पक्राउ गर्नु, बेपत्ता पार्ने दुराशयवश एकलासे बङ्करमा थुन्नु, थुनाउने तत्व अदृश्य हुनु र मुत्ने आदेशधरी नपाउनु ! यो उही निर्दलीय निरङ्कुशताको निरन्तरता हो कि बहुदलीय प्रजातन्त्रको पुनरोदय ? देवकोटासँग मैले तर्क गरेँ । उनले मेरो तर्क एक कानले सुने,  अर्को कानले उडाइदिए ।

“सर, हजुरलाई केही फरक पर्दैन । नाथे एउटा स्यानो सही त हो । यसमा सरले ठण्डा दिमागले विचार गर्नुभए बेस होला ।”

“यो विचार गर्नुपर्ने विषय नै होइन, देवकोटाजी ।”

अज्ञात निकायबाट आएका देवकोटा अज्ञात दिशातिर विदा भए । टेलिफोनमार्फत मेरो घरमा खबर गरिदिन उनले सहज मुद्रामा वाचा गरेका थिए । पछि थाहा भयो, उनले खबर त दिएछन् तर कुन भाषामा कसरी दिए कुन्नि, मेरा प्रियजनहरूका अताल्लिएका चित्तमा झन् अत्यास र चिन्ता थपिएछ ।

 

 


 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।