आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
आमा र यमदूतहरु— १४

छोरालाई सबै शक्ति र सम्मान अनि छोरीलाई सबै शक्तिहीनता र अपमान भाग लगाउने संशोधनवादी पुरोहित को होला ?

जगत‍्मा साँढेहरूको तानाशाही : बाजे भने जुँगामा ताउ लगाउँदै पुलकित मुद्रामा साँढे–क्रीडाको दर्शन
शनिबार, २२ कात्तिक २०७७, ०५ : २१
शनिबार, २२ कात्तिक २०७७

तेत्तीस

गरुड पुराणको अर्को अध्याय सुरु भयो । मानौँ कि मृतकको छोरो छैन । त्यस्तो अवस्थामा क्रिया कसले गर्ने ? जिब्राका टुप्पामा सबै उत्तरहरूले सज्जित भएका बडीबाजे उत्तर दिनुअघि जीवनको क्षणभङ्गुरताबारे एक लेक्चर दिन्छन् । हजारौँ वर्षसम्म रात–दिन शोक गरे पनि जो मरेर गयो त्यो फर्केर आउने होइन । जन्मेकाको मृत्यु हुनु निश्चित छ । मरेकाको जन्म हुनु निश्चित छ । यो अनिवार्य र अकाट्य नियति हो । नियतिमाथि जोड दिँदै बाजे आज्ञा गर्छन्, “दैवले गरेर हुने र मनुष्यले गरेर हुने केही यस्तो उपाय छैन जसको बलले मृत्युको मुखका परिसकेको जन्तु फर्केर यस लोकमा आओस् । नपाई नहुने दुःख हटाउने उपाय हुँदो हो त नल राजा, रामचन्द्र, युधष्ठिर आदि दुःखले युक्त हुने नै थिएनन् ।

बडीबाजेबाट अगाडि आज्ञा हुन्छ— प्रियजनसँगको मिलन पनि पानीको थोपोजस्तै है । थोपो भुलुक्क उठ्छ र त्यो क्षणभरमै प्याट्ट फुटिहाल्छ । जसरी रुखको छायामा पलभर बसेर बटुवा आफ्नो बाटो लाग्छ, उसैगरी प्राणीहरूको सङ्गम पनि क्षणिक हो । बिहान पकाएको खानलायकको भोजन साँझमा पुग्दा–नपुग्दै नष्ट भइसक्छ भने नाथे अन्नका रसले पुष्ट भएको शरीर पो के नित्य हुन्थ्यो ?

हैन, बडीबाजेलाई रेफ्रिजेरेटरबारे ज्ञान छैन कि कसो ? मलाई बडीबाजेका उत्तराधिकारी छोटीबाजेलाई सोधूँ–सोधूँ लाग्यो । तर के लाग्छ ? दृष्टिगोचर छोटीबाजे वाचनमा लीन छन्, अगोचर बडीबाजे महाशून्यको कुन दुलामा छन् आदिकालेखि कसैलाई अत्तोपत्तो छैन ।

हैन, बडीबाजेलाई रेफ्रिजेरेटरबारे ज्ञान छैन कि कसो ? मलाई बडीबाजेका उत्तराधिकारी छोटीबाजेलाई सोधूँ–सोधूँ लाग्यो । तर के लाग्छ ? दृष्टिगोचर छोटीबाजे वाचनमा लीन छन्, अगोचर बडीबाजे महाशून्यको कुन दुलामा छन् आदिकालेखि कसैलाई अत्तोपत्तो छैन ।

कथामा बडीबाजे जोड दिन्छन्, “अज्ञानबाट उत्पन्न शोकलाई त्यागेर छोराले औध्र्वदैहिक क्रिया गरोस् ।” छोरो नभए ? छोरो नभए पत्नीले । पत्नीले क्रिया गर्नु विधिसम्मत हो र बाजे ? यहाँनेर कर्मकाण्डीय व्यवहारमा गरिएको संशोधनको पोल खुल्न आउँछ । अलिअघि बडीबाजे आज्ञा गर्दै थिए— स्त्रीहरूले मलामी जानु पनि विधिसम्मत हो । अहिले आज्ञा गरे— पत्नीले पतिको क्रिया गर्नु विधिम्मत हो । गरुड पुराणमा लेखिएको नारीहकको उल्लङ्घन गर्दै छोरालाई सबै शक्ति र सम्मान अनि छोरीलाई सबै शक्तिहीनता र अपमान भाग लगाउने संशोधनवादी पुरोहित को होला ?

लगत्तै पुरोहित बाजेका मुखबाट अर्को संशोधनको पोल खुल्यो । दाजु–भाइहहरू धेरै छन् भने ती सगोलमा बसेका होऊन् वा अंशबन्डा गरी छुटी भिन्न भएका होऊन्, जेठा छोराले क्रिया र सोह्र श्राद्ध गर्नुपछ । तर संशोधनवादी बाजेहरूले यो विधान पनि उल्लङ्घन गरेका छन् । यसरी उल्लङ्घन गर्ने संशोधनवादी बाजेहरूलाई तिनको सम्प्रदायबाट अनुशासनको कार्वाइ गरी निष्काशन गरिएको कुरा कतैबाट ज्ञात भएको छैन ।

वर्णाश्रम व्यवस्थाको जातिभेदी, लिङ्गभेदी र नरद्वेषी आचार–संहिता निर्माण गर्ने मनु बाजेको नाम अहिलेसम्म आएको थिएन, अब आयो । “एकै पिताबाट उत्पन्न भएका दाजु–भाइहरूमध्ये एउटाको मात्र पुत्र पैदा भए त्यो पुत्रले सबै दाजु–भाइहरू पुत्रवान् हुन्छन्— यस्तो मनुले बताएका छन् ।”

उपदेशको प्याकेज डिल गर्दै जाँदा बाजेको अति उर्वर कल्पनाशीलता उत्ताउलिन्छ । र, अथाह उचाइ भएको गगनमा वेग मार्दै त्यसले घोषणा गर्छ, “सातचोटि पृथ्वीको परिक्रमा गर्नाले जो फल पाइन्छ, त्यो फल माता–पिताको क्रिया गर्नाले पाइन्छ ।” यहाँ पनि पुरोहित बाजे काजक्रियाको कार्यान्वयन एकदमै विधिसम्मत ढङ्गले गर्नुपर्ने कुरामा अतिरिक्त जोड दिन्छन् । विधिहरूमा अनिवार्य रूपले पालना गर्नुपर्ने विधिचाहिँ यहाँ पनि दान–दक्षिणाको विधि नै हो । बाँकी वृत्तान्त त त्यस कथ्यको भूमिका वा उपकथामात्र हो ।

मृतकका शरीरको मासु कुनै गरिब ब्राह्मणलाई खुवाएर प्रेतलाई सेरोफेरोको परिवेशबाट डाँडो कटाउने नाउँमा काट्टेबाहुनको जात काडेर उसलाई डाँडा कटाउने अमानवीय क्रूरताको सन्दर्भ हो । राजा वीरेन्द्र र युवराज दीपेन्द्रका प्रेतहरूलाई डाँडो कटाउन सत्ताका मुखियाहरू र धर्मका ठेकेदारहरूले प्रदर्शन गरेको लज्जाशून्य पाखण्डको यहाँ मलाई झल्झली सम्झना हुन्छ ।

कर्मकाण्डीय विधानका दफा र उपदफाहरू प्रस्तुत गर्ने क्रममा बडीबाजे काट्टो खुवाउने विधानको विधि बताउन थाले, “हे गरुड ! पिण्ड दिने क्रममा दसौँ दिन मासुको पिण्ड देओस् ।” यो मृतकका शरीरको मासु कुनै गरिब ब्राह्मणलाई खुवाएर प्रेतलाई सेरोफेरोको परिवेशबाट डाँडो कटाउने नाउँमा काट्टेबाहुनको जात काडेर उसलाई डाँडा कटाउने अमानवीय क्रूरताको सन्दर्भ हो । राजा वीरेन्द्र र युवराज दीपेन्द्रका प्रेतहरूलाई डाँडो कटाउन सत्ताका मुखियाहरू र धर्मका ठेकेदारहरूले प्रदर्शन गरेको लज्जाशून्य पाखण्डको यहाँ मलाई झल्झली सम्झना हुन्छ ।

गरुड पुराणमा त बडीबाजेले यस कुरामा पनि संशोधन गरेका रहेछन् । संशोधनको दफा भन्छ, “कलियुगमा मासुको पिण्ड–दान निषेध हुनाले कालो मासको पिण्डदान देओस् ।” बिडम्बनावश, दरबारिया पुरोहितहरू यस संशोधनको पर्बाह नगरी काट्टो खुवाउने कुकर्ममा अझै कटिबद्ध छन् ।

भोजन पुराण र दान पुराणको कथा प्रवाहमान् छ । कथावाचक बाजेको उत्प्रेरणाको कारक तत्व नै यही हो । त्यसैले अत्यन्तै सरस स्वरमा बाजे आज्ञा गर्छन्, “मिष्ठान्नका साथ दस दिनसम्म दिनदिनै एक ब्राह्मणलाई भोजन गराओस् ।”

चौतीस

काजक्रियाको एघारौँ दिन आयो । यो बडीबाजेका कृपाले उनका उत्तरधिकारी पुरोहित बाजेलाई सबैभन्दा ठूलो लाभ हुने दिन हो । शय्यादान यसै दिनमा पर्छ । डामेर साँढे छाड्ने दिन पनि यही हो । बाह्रौँ अध्याय यही शैथ्यादानका विविध आइटमहरूको वर्णनमा समर्पित छ । बडीबाजे आज्ञा गर्छन्, “हे गरुड ! सुवर्णको विष्णु, चाँदीको ब्रह्मा, तामाको रुद्र र फलामको यमराज बनाओस् ।” यहाँ सम्झिन लायकको कुरा के हो भने अनेक नामका यी देवताहरू त केवल माध्यम मात्र हुन् । तिनका नाममा बनाइने सुनसमेतका यी प्रतिमाहरू बाजेले पाउने व्यवसायजन्य पुस्कारहरू हुन् ।

बडीबाजे गोरुका रङ्गहरूको सूक्ष्म अवलोकन र परख गर्नमा अद्वितीय रूपले पारङ्गत छन् । त्यसैले दान गरिने गोरुहरूको बान्की, वर्ण र स्वास्थ्यबारे बाजे औधी सजग हुनु स्वाभाविकै हो । बाजे आज्ञा गर्छन्, “हीनाङ्ग, रोगी र बालक बाछो होइन, बत्तीस लक्षणले युक्त गोरु दान गरोस् ।

बडीबाजे गोरुका रङ्गहरूको सूक्ष्म अवलोकन र परख गर्नमा अद्वितीय रूपले पारङ्गत छन् । त्यसैले दान गरिने गोरुहरूको बान्की, वर्ण र स्वास्थ्यबारे बाजे औधी सजग हुनु स्वाभाविकै हो । बाजे आज्ञा गर्छन्, “हीनाङ्ग, रोगी र बालक बाछो होइन, बत्तीस लक्षणले युक्त गोरु दान गरोस् । यसउप्रान्त बाजे गोरुका रङ्ग र रङ्गबमोजिम तिनको यथोचित योग्यतामाथि बडो उमङ्गसाथ प्रकाश पार्छन्, “राता आँखा भई पिङ्गल वर्ण भएको, सिङ, गलो र खुरमा पनि रातो भएको, फेरि पेटमा सेतो वर्ण भई कालो पीठ भएको यस्तो गोरु छेत्रीका लागि शोभनीय छ । पहेँलो वर्ण भएको गोरु वैश्यका लागि र कालो वर्ण भएको गोरु शूद्रका लागि शोभनीय छ । जो सर्वाङ्ग पहेँलो भई पुच्छर र खुट्टामा जसको सेतो छ यस्तो गोरुलाई पिङ्ग भनी कहिन्छ, र त्यो पितृहरूको प्रीति बढाउने हुन्छ । लोहाको रसको जस्तो वर्ण भई चरण र पुच्छर सेता छन् जुन गोरुका त्यो गोरु नील भनेर कहिन्छ । सम्पूर्ण शरीरमा सेतो वर्ण भई मुख र पुच्छरमा रातो वर्ण भएको, फेरि खुर र सिङमा पिङ्गल वर्ण भएको जो गोरु हो ,त्यो पिता–पुर्खालाई उद्धार गर्ने नील पिङ्गल भनेर कहिन्छ । परेवाको जस्तो वर्ण भई निधारमा तिलक छ जसको त्यसलाई बभ्रनीले भन्दछन्, त्यो सर्वाङ्गले शोभित पूर्ण हुन्छ ।”

बडीबाजे गोरुका रङ्गहरूको सूक्ष्म अवलोकन र परख गर्नमा अद्वितीय रूपले पारङ्गत छन् । त्यसैले दान गरिने गोरुहरूको बान्की, वर्ण र स्वास्थ्यबारे बाजे औधी सजग हुनु स्वाभाविकै हो । बाजे आज्ञा गर्छन्, “हीनाङ्ग, रोगी र बालक बाछो होइन, बत्तीस लक्षणले युक्त गोरु दान गरोस् ।

गोरुका रङ्गअनुसारका शुभ र अशुभ लक्षणहरूको वर्णन गरिसकेपछि बडीबाजे गोरुदानको रहस्य खुलाउँछन्, “पिता–पुर्खा कोही रौरवमा परेका छन् भने गोरुदान गरेर एक्काइस कुल सबै तारोस् ।”

गोरुदानको महिना कहाँसम्म आपर छ भने स्वर्गमा गइसकेका पितृहरू पनि निश्चय नै गोरुदान गरियोस् भन्ने इच्छा गर्छन् भन्ने बडीबाजेको कथन छ । बाजेको दान प्राप्त गर्ने आकाङ्क्षा असीम छ, तसर्थ त्यो असीम आकाङ्क्षालाई तृप्त गर्न यहाँ गोरुदान गर्ने अवसरहरूको सूची लम्बिँदो छ । बडीबाजे उवाच, “गोरुदान गर्नेलाई म चिताएको वस्तु र प्रेतलाई मोक्ष दिन्छु, यो नारायणको वचन हो ।” त्यसपछि नारायाणको अर्को वचन भन्छ, “कार्तिक आदि शुभ महिनामा, सूर्य उत्तरायण भएको बखतमा, शुक्लपक्ष अथवा सङ्क्रान्तिमा, कार्तिक सङ्क्रान्तिमा र बैसाख सङ्क्रान्तिमा पनि बृषोत्सर्ग गरोस् अर्थात् साँढे छाडोस् । विधिबमोजिम दाहिने पातामा त्रिशूलले र देब्रे पातामा चक्रले डामेर साँढेलाई मुक्त जीवन यापन गर्ने स्वतन्त्रता दिएर छाडिदियोस् ।”

साँढेपुराण सुन्दै जाँदा मेरो कल्पनालोकमा धरतीका घट–घटमा साँढेहरू व्याप्त हुन्छन् । बडीबाजेका अति प्रिय साँढेहरूले सहरका सबै सडकहरूमा ट्राफिक जाम गर्छन् र गाउँ–बस्तीको सारा बालीनाली बिमाख पारिदिन्छन् । बाजेका साँढेहरू डुक्रेर र सिँगौरीले धूलो उडाएर वायु प्रदूषित हुन्छ, साँढेहरू जुधेर सर्वत्र आतङ्क फैलिन्छ र जगत‍्मा साँढेहरूको तानाशाही स्थापित हुन्छ । तर म देख्छु, बाजे भने आफ्ना साँढेहरुको पराक्रम सम्झेर जुँगामा ताउ लगाउँदै पुलकित मुद्रामा साँढे–क्रीडाको दर्शन गरिरहेका छन् ।

बडीबाजेको कल्पनाशील मनचिन्ते झोलीमा दान–दातव्यका विकल्पहरूको किञ्चित् अभाव छैन । पति र छोरो भएकी नारी पति र छोरो जीवित छँदैमा मरी भने साँढेको विकल्पमा दूध दिने गाई बाजेलाई दान दिनु अत्यन्तै शुभ हुन्छ ।

भर्खरै साँढे सिरियलको गाथा सुनिएको थियो, अब आयो पिण्ड सिरियलको कथा । ... पिण्ड सिरियलको यो किस्सा सुन्दा लाग्छ, देवता भनिने यी कल्पित पात्रहरू सबै नै त्यस्ता भोका याचकहरु हुन्, जसको प्राणवायु पिण्डदानमा आश्रित छ ।

भर्खरै साँढे सिरियलको गाथा सुनिएको थियो, अब आयो पिण्ड सिरियलको कथा । पिण्डदान कहाँ, कुन बेला र कसलाई अर्पण गर्ने हो ? बडीबाजेको उत्तर छ— मृतावस्थामा, ढोकामा, घाट जाने आधा बाटामा, चितामा, मृतकका हातमा र अस्थिसञ्चयमा । त्यसपछि विष्णुलाई पिण्ड, शिवलाई पिण्ड र यमराजलाई पिण्ड । अनि सोमराजलाई, हव्यवाहलाई, कव्यवाहलाई, काललाई, रुद्रलाई, पुरुषलाई, प्रेतलाई, ब्राह्मणलाई, आदि इत्यादि कति हो कतिलाई ! पिण्ड सिरियलको यो किस्सा सुन्दा लाग्छ, देवता भनिने यी कल्पित पात्रहरू सबै नै त्यस्ता भोका याचकहरु हुन्, जसको प्राणवायु पिण्डदानमा आश्रित छ ।

सर्पले टोकेर कोही मर्‍यो भने त्यसको अन्तिम संस्कार गर्ने बेग्लै र मौलिक विधि केही छ कि ? बडीबाजे उत्तरको पन्तुरो खोलेर निरीक्षण गर्छन् । नभन्दै तत्क्षण बडो लाभदायक उत्तर उपलव्ध भइहाल्छ । जजमानले शुक्लपक्ष र कृष्णपक्ष गरी दुवै  पक्षमा पञ्चमी तिथिमा नागको पूजा गरोस् र “औकातअनुसार सुवर्णको नाग र गाई ब्राह्मणलाई दान दिएर हात जोडी ‘हे नागराजा ! प्रसन्न हुनुहोस्’ भनी प्रार्थना गरोस् ।” यहाँ पनि नाग त साधन मात्र हो । जजमानले प्रसन्न तुल्याउनुपर्ने साध्यचाहिँ कथावाचक पुरोहित बाजे स्वयम् हुन् ।

बस्, एघारौँ दिनमा शय्यादान गराएर उक्त दान ग्रहण गर्दै वाचक बाजेका मुखारविन्दबाट बाह्रौँ अध्याय भएको विधिवत् घोषणा भयो । इति श्री गरुड पुराणे .... ।

पैँतीस

दाजु–भाइ, दिदी–बहिनीलाई हेर्छु सबैका अनुहार चिन्ताग्रस्त छन् । लाग्छ, ती थकित अनुहारमा हाम्री आमाका सजीव स्मृतिहरू बिलीन हुँदै गएका छन् । र, त्यो रिक्ततामा गरुड पुराणमा वर्णित आमाको प्रेतले अड्डा जमाएको छ । यमदूतहरू प्रेतलाई निरन्तर यातना दिइरहेछन् । त्यो अकनथनीय यातनाको सिकार भएकी पात्र हाम्री आमा हुनुुहुन्छ । पुरोहितका वचनहरूप्रति सुरुमा सबैमा सन्देह थियो । तर आपराधिक कथाको उच्चटलाग्दो पुनरावृत्तिले कुमलकोटीले कीरालाईझैँ गाँजेर भ्रामक विश्वासमा परिणत गरिरहेछ । हेर, त्यो प्रेत हाम्रै आमाको हो ! त्यो यातनाको सिकार हुने हाम्रै आमा हुनुुहुन्छ ! त्यो दारुण चीत्कार, त्यो मर्मान्तक हार–गुहार, त्यो बिलौना, त्यो बेदना, त्यो सब हाम्रै आमाको हो !

“पुरोहितलाई दान कति दिने हो ?” बेलुका खाना खाएपछि ठूल्दाइको मुख हेरेर साँल्दाइले सल्लाह माग्नुभयो । खर्च दामासहीका हिसाबले बेहोर्नुपर्ने थियो । त्यसैले ठूल्दाइ मतिर फर्किनुभयो— “यसमा खगेन्द्र के भन्छस् ?” “कुल्लीले दिनको ज्याला जति पाउँछ, त्यति नै दिए हुन्छ ।” मैले यथार्थपरक सल्लाह टक्र्याएँ, “दिनको सय रूपैयाँ दिए हुन्छ ।” “पुरोहितले त एकाविहानैदेखि साँझसम्म आतेपाते गर्‍या छन् नि ।” साँल्दाइले भन्नुभयो । “त्यसबापत अर्को दस रूपैया थपिदिए भयो ।”

“पुरोहितलाई दान कति दिने हो ?” बेलुका खाना खाएपछि ठूल्दाइको मुख हेरेर साँल्दाइले सल्लाह माग्नुभयो ।

खर्च दामासहीका हिसाबले बेहोर्नुपर्ने थियो । त्यसैले ठूल्दाइ मतिर फर्किनुभयो— “यसमा खगेन्द्र के भन्छस् ?”

“कुल्लीले दिनको ज्याला जति पाउँछ, त्यति नै दिए हुन्छ ।” मैले यथार्थपरक सल्लाह टक्र्याएँ, “दिनको सय रूपैयाँ दिए हुन्छ ।”

“पुरोहितले त एकाविहानैदेखि साँझसम्म आतेपाते गर्‍या छन् नि ।” साँल्दाइले भन्नुभयो ।

“त्यसबापत अर्को दस रूपैया थपिदिए भयो ।”

“हेर् केटा, कहिले त रातै पनि बस्या छन् ।” ठूल्दाइका ओठ चले ।

“ठीक छ, त्यसबापत अर्को बीस थपिदिऔँ ।”

माल्दाइ मौन हुनुहुन्छ । उहाँको आर्थिक अवस्था निम्छरो छ । त्यसैले अर्थका कुरा उठ्दा उहाँ आफ्नो अभिमत अर्थपूर्ण ढङ्गले मौन राख्नुहुन्छ ।

म कल्पना गर्छु नरकमा आमाको प्रेतलाई जघन्य ताडना दिएका दृश्यहरू दाइहरूका आहत अन्तरमा झन्–झन् प्रत्यक्ष भइरहेछन् । त्यसैले होला, ठूल्दाइ दुविधाको भाकामा भन्नुहुन्छ, “त्यति त साह्रै थोरै होला कि ?”

“ठिक्क हुन्छ । न धेरै न थोरै । नत्र पल्केको झिल्के घरी–घरी मिल्के हुन्छ ।”

“अनि गोदान नि ?”

“दाइहरुको जो विचार ।”

छत्तीस

हरि ओम् तत्सत् ।

बडीबाजेका ठोक्रामा भएका सबै वाणहरू निख्रिए । वाणको निशाना बन्न अभिशप्त सिकारहरू सर्वाङ्ग घायल भइ मौन चीत्कारका साथ छट्पटइरहेका छन् । तर सिकारी भने अझै सन्तुष्ट भएको छैन ।

दान–दक्षिणाको एजेन्डा सर्वाङ्ग प्रस्तुत भइसक्यो । तर सिकारीको परपीडक इच्छा अझै अतृप्त छ । त्यसैले ऊ गोमन सर्पझैँ जिब्रो निकाल्दै आफ्ना सिकारहरूलाई पुनः डस्न थाल्छ, तिनलाई मूच्र्छित तुल्याउँछ, पानी छर्केर बौराउँछ र फेरि पनि डस्छ । अनि फेरि मूर्च्छना, फेरि बौरना र फेरि पनि डसना । कथा लेखक बडीबाजेको लुब्ध र लिच्चड प्रवृत्ति देख्दा निरङ्गुश सत्ताविरुद्ध विद्रोहको झन्डा उचाल्ने वागीलाई सत्ताका पेसेवर यातनाकर्मीहरूले दिने यातनाका विधि, शैली र पुनरावृत्तिको झल्झली सम्झना हुन्छ । पिट्नु र मूच्र्छा पार्नु, पापी छकेर बौराउनु र मूच्र्छित तुल्याउनलाई फेरि पिट्नु, र फेरि पिट्नलाई फेरि पनि बौराउनु । यो सारा यातना सिरियलको अभिप्राय हो— वागीलाई शारीरिक र मानसिक रूपले गलाएर चूरचूर पार्नु र उसलाई आफ्नो विश्वासबाट च्यूत गराउनु, जसरी नरपीडक गरुड पुराणमा अहिले गरिँदै छ ।

दान–दक्षिणाको एजेन्डा सर्वाङ्ग प्रस्तुत भइसक्यो । तर सिकारीको परपीडक इच्छा अझै अतृप्त छ । त्यसैले ऊ गोमन सर्पझैँ जिब्रो निकाल्दै आफ्ना सिकारहरूलाई पुनः डस्न थाल्छ, तिनलाई मूच्र्छित तुल्याउँछ, पानी छर्केर बौराउँछ र फेरि पनि डस्छ । अनि फेरि मूर्च्छना, फेरि बौरना र फेरि पनि डसना । कथा लेखक बडीबाजेको लुब्ध र लिच्चड प्रवृत्ति देख्दा निरङ्गुश सत्ताविरुद्ध विद्रोहको झन्डा उचाल्ने वागीलाई सत्ताका पेसेवर यातनाकर्मीहरूले दिने यातनाका विधि, शैली र पुनरावृत्तिको झल्झली सम्झना हुन्छ ।

पुरोहित राडीको व्यासासनमा पलेँटी मारेर फिँज काड्दै कथा भनिरहेका छन् । पिण्डदानको उही विधि, शय्यदानको उही गनगन, पददानको उही फतर–फतर । पुरोहित बाजे भन्दाछन्, “ब्राह्मण दस दिनमा शुद्ध हुन्छ, छेत्री बाह्र दिनमा, वैश्य पन्ध्र दिनमा र शूद्र महिना दिनमा ।” शुद्धीकरणको प्रक्रियामा यहाँ शूद्र वा दलितले कसरी प्रवेश पाएको हो बडीबाजेका कुरा नबुझेर म विलखबन्द पर्छु ।

पिण्ड–पूजा गर्ने उही बासी प्रकरण बमन पो भइहाल्ला कि झैँ वाकवाकी लाग्ने गरी दोहोर्‍याए आफ्ना चित्तको गूढ आशय बडीबाजे यसरी प्रकट गर्छन्, “चन्दन, तुलसीपत्र, धूप–दीप, असल भोजन, पान–सुकमेल आदिको मुखबास, उत्तम वस्त्रहरू र दक्षिणाहरूले पनि पिण्डपूजा गरोस् ।”

पनुरावृत्तिका कारण कथा जतिजति कुरूप, विद्रूप र उच्चटलाग्दो हुँदै जान्छ, बडीबाजे उतिउति आत्मसम्मान र स्वाभिमानरहित याचकका रूपमा आफ्नो यथार्थ परिचय अनावरण गर्दै जान्छन्, “वर्षभरि जीविका गर्नका निमित्त आचार्यलाई घिउ, अन्न, सुवर्ण, असल गाई, घोडा, हात्ती, रथ, भूमि, आदि दान गरोस् । त्यसपछि अनेक प्रकारका असल मिष्ठान्नहरूले ब्राह्मणहरूलाई भोजन गराओस् र ती ब्राह्मणहरूलाई अन्न जलसहित भएका बाह्रवटा घडा र दक्षिण पनि देओस् ।”

आफूले चिताएजति पाइएला भन्ने कुरामा बडीबाजे अझै विश्वस्त छैनन् । खै, के के पाइएला ? कति पाइएला ? आशङ्गाले उनको लुब्ध चित्त बेचैन हुन्छ । तसर्थ अन्य चीजहरू नपाए पनि शय्यादान भने नलिई नछाड्ने दृढ सङ्कल्पका साथ बाजे देवताहरूका नामको उपयोग गर्छन् । “इन्द्रसहित सब देवता शय्यादनको प्रशंसा गर्छन् ।” अहिलेसम्म शय्यादान मृत्युपछि गर्नुपर्ने सहस्र दानहरूमा एउटा थियो । अहिले भने त्यो जीवित छँदैमा गर्नुपर्ने दानको सूचीमा चढ्यो, “जीवित छँदैमा पनि शय्यादान दिनु योग्य छ ।”

खै, के के पाइएला ? कति पाइएला ? आशङ्गाले उनको लुब्ध चित्त बेचैन हुन्छ । तसर्थ अन्य चीजहरू नपाए पनि शय्यादान भने नलिई नछाड्ने दृढ सङ्कल्पका साथ बाजे देवताहरूका नामको उपयोग गर्छन् । “इन्द्रसहित सब देवता शय्यादनको प्रशंसा गर्छन् ।” अहिलेसम्म शय्यादान मृत्युपछि गर्नुपर्ने सहस्र दानहरूमा एउटा थियो । अहिले भने त्यो जीवित छँदैमा गर्नुपर्ने दानको सूचीमा चढ्यो, “जीवित छँदैमा पनि शय्यादान दिनु योग्य छ ।”

शय्यादानको पलङ कस्तो हुनुपर्ने हो बाजे ? आफ्नो औकात र इच्छानुसार रोज्ने र निर्णय गर्ने हक जजमानलाई छैन । रोजाई र निर्णयको सर्वाधिकार त लेखक बडीबाजे स्वयम्मा निहित छ । उत्तीसजस्ता कुकाठको पलङ दान गरी झारा टारेर जजमान फुत्किएला भन्ने डरले बाजे पलङको प्रकृतिको वर्णन गर्छन्, “खँदिलो काठले बनाइएको, सुन्दर चित्रकारी भरिएको, रेशमी धागोले सिँगारिएको, सुनका पाताले अलङ्कृत गरिएको, हाँसका प्वाँखजस्तो फटिक रुईले ढाकिएको, असल तकिया लगाइएको, माथि दिव्य झूल टाँगिएको, फुलका बास्नाहरूले सुगन्धित भई सुन्दर दिव्य बन्धनले बाँधिएको र खूव फैलिएको, खूब सुख दिने यस्तो प्रकारको शय्या बनाएर फैलिएको भूमिमा राखोस् । असल छाता, चाँदीको दीयो, चाँदीका भाँडा, चमर, आसन, कमण्डलु, ऐना र पाँच वर्णले शोभित भएको शय्या बनाओस् । त्यस शय्यामा सबै गहनाले युक्त शङ्ख, चक्र, गदा, पद्म र पीत वस्त्रादिले युक्त भएका सुवर्णका हरि भगवान् बनाई थापना गरोस् । स्वास्नीमानिसको शय्यामा गाजल, लाली, पाउडर, अबिर, अत्तर आदि राखेर वस्त्र–भूषण आदि जो छन् ती देओस् । त्यसपछि ब्राह्मणलाई पत्नीसहित चन्दन र फूलले युक्त गराई कानका भूषण र औँठी इत्यादिसहित घाँटीमा सुनका गहनाले सिँगारोस् । तत्पश्चात् पगरी, दुपट्टा, चोला इत्यादि पहिराएर सुख–शय्यामा लक्ष्मीलाई नारायाणका अगाडि बसाओस् ।”

बडीबाजेको प्रलोभन झन्–झन् घनीभूत हुन्छ । उनी आज्ञा गर्छन, “सुत्ने शय्या त भयो तर शय्यामाथि छानो छैन । अतः सुखपूर्वक सुत्नका निमित्त असल घर पनि देओस् ।” कदाचित् जजमानले शय्यादानका आइटमहरू एकभन्दा धेरै बाहुनलाई दिएर सिङ्गो शय्यादान टुक्रिन जाला भन्ने आशङ्गाले बाजेको चित्तमा पीडा मडारिन्छ । त्यसैले चतुर बाजे उपदेश दिन्छन्, “शय्या एउटै ब्राह्मणलाई दिनू, धेरैलाई कदापि नदिनू । शय्यालाई भाग लगाएर बाँडियो भने त्यस अशुभ विभाजनले दातालाई नरकमा गिराउँछ ।”

अहा ! शय्यादानबाट प्राप्त हुने फल कति मीठो छ ! “श्रेष्ठ विमानमा चढेको छँदो अप्सरागणले सेवा गरिएको पीडारहित भएर महाप्रलयपर्यन्त जीवित रहन्छ ।”


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप