आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
आमा र यमदूतहरु— १५

जहाँ भोक र प्यासको अस्तित्व नै छैन,

त्यहाँ भोजनको के काम, बाजे ?

“हाव खगेन्द्र, आज पनि पो तँ बिग्रिइस्, मेरा भाइ !”
बुधबार, २६ कात्तिक २०७७, ०० : ४९
बुधबार, २६ कात्तिक २०७७

सैँतीस

यमलोकस्थित यमराजको सहर कस्तो छ ? त्यहाँ जाने बाटा कस्ता छन् ? यसको वृत्तान्त सुन्न पाऊँ, प्रभो, जहाँ जाने सौभाग्य धनी, दानी र वेदपाठी ब्राह्मणलाई मात्र प्राप्त हुन्छ । श्री बडीबाजे उवाच, “हे गरुड ! नारद आदि देवर्षिहरूले जानमा योग्य भएको धर्मराजको दिव्य सहरबारे तिमीलाई बताउँछु, सुन ।” यति भनेर बडीबाजे यसमराजको दिव्य, भव्य र अकल्पनीय सहरको झाँकी प्रस्तुत गर्न थाले । दक्षिण र नैऋत्य दिशाको बीचमा वैभवस्वस्त नामक सहर छ । त्यो सहर बज्रमय र दिव्य छ जसाई न देवताले भत्काउन सक्छन् न त दानवले नै । गगनचुम्बी पर्खालले घेरिएको परिसरको चार कुनामा चारवटा द्वार छन् । सहरको फैलावट चार हजार कोश छ । सहरमा चित्रगुप्तको सय कोश फैलिएको अति सुन्दर अट्टालिका छ । फलाममध्ये दिव्य फलामको चालीस कोश अग्लो पर्खाल छ । घुमफिर गर्नका लागि ध्वजा र पताकाले शोभित सयौँ गल्लीहरू छन् । त्यहाँ नोकर–चाकरहरूका ताँती छन् । नाचगानका दृश्य र ध्वनिहरूले सहरको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएका छन् । चतुर चित्रकार र देवताका शिल्पीहरूको कला र कालिगडीले सहर चिरिच्याँट्ट भएको छ । चारैतिर वाग–वगैँचा, पन्छीहरूको कलरव, गन्धर्व र अप्सराहरूका छटा र नृत्यहरूले शोभायमान छ । त्यही हो चित्रगुप्तको निवास, जहाँ बसेर उनले मानिसहरूको आयुको अभिलेख तयार पार्छन् ।

चित्रगुप्तको अट्टालिकाको चार दिशामा के के छन् ? उत्तर छ— त्यहाँ व्याधिका घर र यातनाका घरहरू छन् । पूर्व दिशामा ज्वरोको घर छ, पश्चिम दिशामा शूल र लुतोको घर । उत्तर दिशामा राजरोग र पाण्डुरोगको घर छ, दक्षिण दिशामा कालपास र अजीर्णको घर । ईशानमा शिर–दर्दको घर, आग्नेयमा मूर्च्छाको घर । नैऋत्यमा अतिसारको घर, वायव्यमा शीतदाहको घर । जासुसी प्रमुख चित्रगुप्तको अट्टालिकाअगाडि उनका ख्वामित् धर्मराजको चालीस कोश फैलिएको दिव्य दरवार छ । सर्वत्र रत्नैरत्न जडिएको त्यो दरबार बिजुली, ज्वाला र सूर्यको तेजझैँ झल्झलाकार छ, जसको लम्वाइ आठ सय कोश छ र उचाइ छ दुई सय कोश । यहाँ विदुर मणिले सिँगारिएका र सुनले अलङ्कृत भएका हजारौँ स्तम्भहरू छन् । सिँढी छ सुनका कलशहरू र चित्र–विचित्रका फटिकहरूले मनोहर । मोतीका आँखीझ्यालहरू ध्वजा–पताकाले सज्जित र नगरा–घण्टाहरूले गुन्जित, सुनका तोरणहरूले सुशोभित । सुनका ढोका र अनेक प्रकारका सुन्दर वृक्ष र तलाहरू ।

त्यहाँ चार सय कोश फैलिएको सूर्यको प्रकाशझैँ झिलिमिली भएको र चारैतिर कामरूप भएको सभा कक्ष छ, न अति ठण्डा न अति गर्मी अर्थात् वातानुकूलित । त्यस सभामा न शोक छ, न भोक छ, न त प्यास नै छ । त्यहाँ न क्लेश छ, न सन्ताप । खानपान र आर्जनमुखी पुराण रचिरहेका बडीबाजेको अलौकिक वर्णनलाई यहाँ लौकिक तिर्सनाले आक्रान्त तुल्याइदिन्छ, र उनी प्वाक्क भनिहाल्छन्, “प्रचुर स्वादिष्ट भोजन सर्वत्र उपलव्ध छ ।” प्रश्न उठ्छ, जहाँ भोक र प्यासको अस्तित्व नै छैन, त्यहाँ भोजनको के काम, बाजे ?

सुन्दा असम्भव र अकल्पनीय प्रतीत हुने त्यस अलौकिक नगरीको निर्माण कसले गर्‍यो ? धेरै कालसम्म तपस्या गरेर विश्वकर्माले गरे । कस्तो लाग्छ भने त्यो दास–मालिक युगको विलासी मालिक–शासकको दम्भ, लूट र विलासको प्रतीत हो । ती गगनचुम्बी पर्खाल जो छन्, ती ती दासहरूप्रतिको भयका प्रतीक हुन् ,जसका रगत, पसिना र आँसुले त्यो चमत्कारयुक्त नगरीको निर्माण भएको छ ।

सुन्दा असम्भव र अकल्पनीय प्रतीत हुने त्यस अलौकिक नगरीको निर्माण कसले गर्‍यो ? धेरै कालसम्म तपस्या गरेर विश्वकर्माले गरे । कस्तो लाग्छ भने त्यो दास–मालिक युगको विलासी मालिक–शासकको दम्भ, लूट र विलासको प्रतीत हो । ती गगनचुम्बी पर्खाल जो छन्, ती ती दासहरूप्रतिको भयका प्रतीक हुन् ,जसका रगत, पसिना र आँसुले त्यो चमत्कारयुक्त नगरीको निर्माण भएको छ ।

सभाकक्षमा छाताले शोभित, कुण्डलले अलङ्कृत, अप्सराहरूद्वारा चमरपङ्खले हम्किरहेको दृश्य छ, जहाँ सिंहासनमा धर्मराज विराजमान छन् । सभामा नृत्यको दर्शनीय दृश्य छ र सङ्गीतको कर्णप्रिय झङ्कार । यो त भयो धर्मात्माहरू पुग्ने ठाउँ । अनि पापीहरू पुग्ने ठाउँ ? पापीहरू दक्षिणको बाटो गरी जान्छन्, जहाँबाट तिनले धर्मराजको बेलायती बैठक देख्नसम्म पनि सक्दैनन् । बैठकमा जाने बाटाहरूमा श्रेष्ठतम् बाटो पूर्वीपथ हो, जहाँ पारिजातका वृक्षको छायामा रक्षकहरू उभिएका छन्, जहाँ अप्सराका झुण्डहरू छन्, हाँसका पङ्क्तिहरू छन्, मुगाका वाग–वगैँचाहरू छन् र जहाँको भूमि अमृतमय जलले सिँचिएको छ । बडीबाजे उवाच, “यस्तो मार्गले ब्रह्मर्षिहरू र पवित्र निर्मल राजर्षिहरू जान्छन् ।”

त्यहाँको परिवेश देख्दा यस्तो लाग्छ मानौँ नरलोक र यमलोकका वैभवशाली र विलासी शासक वर्गबीच प्रबल वर्गीय एकता छ । यताका वैभवशाली र विलासी, सत्ताधारी र शक्तिशालीहरूजति धर्मराजको नगरमा पुग्छन् । गरिबीको रेखामुनिका विपन्न, वञ्चित, अशक्त र दलितहरुजति नरकमा खस्छन् । ती को हुन् जसले धर्मराजको बेलायती बैठकसम्मको पहुँच प्राप्त गर्छन् ? बडीबाजे आज्ञा गर्छन, “ती हुन्— ब्राह्मणलाई भूमिदान दिनेहरू, गाई दिनेहरू, घर दिनेहरू तथा पुराण भन्ने र पुराण सुन्ने कर्ममा लीन हुनेहरू । आफ्नो हातमा रहिनरहने अस्थिर धनले जसले स्थिर धर्मसङ्ग्रह गर्छ त्यो धर्मराजको दिव्य नगरीमा पुग्न लायक हुन्छ ।”

त्यहाँको परिवेश देख्दा यस्तो लाग्छ मानौँ नरलोक र यमलोकका वैभवशाली र विलासी शासक वर्गबीच प्रबल वर्गीय एकता छ । यताका वैभवशाली र विलासी, सत्ताधारी र शक्तिशालीहरूजति धर्मराजको नगरमा पुग्छन् । गरिबीको रेखामुनिका विपन्न, वञ्चित, अशक्त र दलितहरुजति नरकमा खस्छन् । ती को हुन् जसले धर्मराजको बेलायती बैठकसम्मको पहुँच प्राप्त गर्छन् ?

अठ्तीस

दसौँ दिन बिहान तेजप्रकाश दाज्यैज्यू भर्खरै छेवर गरेको चिल्लो चिन्डे टाउको प्रदर्शन गर्दै मेरो कोठा टेक्न झ्वास्स आइपुग्नुभयो । मेरो जन्मथलोको गाउँको पुछारमा पर्ने सिम्ले भन्ने ठाउँका अति धर्मभीरु माइला बडीवाका जेठीपट्टिका कान्छा छोरा तेजप्रकाश दाइ । सम्बन्धको हिसावले तेज दाइ एकसाथ मेरो संरक्षक पनि हुन् र अन्तरङ्ग मित्र पनि ।

कथा बडो रोचक छ । उमेरले मभन्दा झन्डै एक दसक पाका तेज दाइ र म कक्षा पाँच–छतिर एउटै कक्षामा विद्यार्थी थियौँ । जीउडालका हिसाबले पहलमान दारासिंह भन्न लायकका, वर्णको हिसाबले काट्टिकुटी सात समुन्द्रपारिको गोरो भन्न सुहाउने तेज दाइका लेखी म गहुँगोरो वामपुङ्के थिएँ । “छोराको बाउ बूढो इस्कुल पढ्ने भएको” भनेर हामी बूढाका कन्नापछाडि उनका कुरा खूब काट्थ्यौँ । पढाइमा प्रत्येक विषयमा म बूढालाई पछार्थेँ । तर जब नेपालीको पालो आउँथ्यो, बूढाले मलाई धूलो नचटाएको दिन नै हुँदैनथ्यो । उनले रुद्रीसुद्री के के पढिसकेका थिए । त्यसैले शुद्धाशुद्धिको मेसो उनलाई राम्रो थाहा थियो । टेकनाथ गौतम गुरुले नेपाली डिक्टेशन गराएर शुद्धाशुद्धिको जाँचको फल सुनाउँदा तेज दाइका अनुहारको तेज झल्झलाकार हुन्थ्यो । अनि मलाई उल्ल्याउँदै बूढा विनोदी भाकामा आफ्नो शान प्रकट गर्नुहुन्थ्यो, “हाव खगेन्द्र, आज पनि पो तँ बिग्रिइस्, मेरा भाइ !”

मेरा सहपाठी बूढा हात समातेर बालकलाई टुकुटुकु हिँडाएझैँ मलाई हिँडाउनुहुन्थ्यो । मलाई फुत्त उचालेर बालकलाई घुमाएझैँ हावामा फन्फनी घुमाउनुहुन्थ्यो । आज दसौँ दिन एकाविहानै उनै बूढा आइपुग्नुभयो, गर्धनमाथि चिन्डे टाउको टल्काउँदै ।

दाइ पूर्ण तयारी साथ मोर्चामा डट्न आउनुभएको रहेछ । कुशलछेमको सङ्क्षिप्त आदान–प्रदानपछि उहाँ मोर्चामा मार्च गर्न थाल्नुभयो, “हेर, भाइ । ठूलीकान्छी आमा मेरो जन्म दिने आमा हुनुहुन्थेन । तैपनि यीः हेर, मैले आज दसौँ दिनमा कपाल खौरिएँ । तिमी त साख्खै छोरा, ठूलीकान्छी आमाको गर्भमा दस महिना बसेर जन्मेका । मलाई दाजु भन्छौ भने, मेरा भाइ, कमसेकम यो एउटा कपाल चाइने खौर ।”

दाइ पूर्ण तयारी साथ मोर्चामा डट्न आउनुभएको रहेछ । कुशलछेमको सङ्क्षिप्त आदान–प्रदानपछि उहाँ मोर्चामा मार्च गर्न थाल्नुभयो, “हेर, भाइ । ठूलीकान्छी आमा मेरो जन्म दिने आमा हुनुहुन्थेन । तैपनि यीः हेर, मैले आज दसौँ दिनमा कपाल खौरिएँ । तिमी त साख्खै छोरा, ठूलीकान्छी आमाको गर्भमा दस महिना बसेर जन्मेका । मलाई दाजु भन्छौ भने, मेरा भाइ, कमसेकम यो एउटा कपाल चाइने खौर ।”

बूढासँग सातादिनअघि भेट भएको थियो । त्यो भेटमा उहाँले मलाई यसोउसो केही भन्नभएको थिएन । पुरोहित बाजेका गणको अभियानको प्रभावले तेज दाइको पनि तेजोवध गरिदिएछ क्यार, अहिले भने उहाँ अर्कै मुद्रामा प्रस्तुत हुनुभयो ।

“हामी जमानामा सहपाठी हौँ,” मैले निवदेन गरेँ, “कक्षामा सँगै भएझैँ अहिले यो वागी मोर्चामा पनि हामी सँगै हुन सकौला, दाजु ?” मैले अपेक्षायुक्त जिज्ञासा प्रकट गरेँ ।

“अवश्य सक्छौ‌, भाइ, तर मुण्डनको मोर्चामा ।”

“असम्भव,” पुनः मैले निवेदन गरेँ । “मलाई मनाउन पुरोहितपन्थी तत्त्वहरू अनेक आए । तीमध्ये कोही क्रोधाग्लिे जल्दै आफ्नो बाटो लागे, कोही थाकेर घस्रिँदै भागे । दस हात नाघेर अब बाँकी दुई बित्तामा म किन घुँडा टेकूँ, तेज दाइ ?”

बूढाले उही लोकलाजका लन्ठ्याङ–मन्ठ्याङ कुरा गरे ।

मैले भनेँ, “अरे सहपाठी दादा ! लन्ठ्याङ–मन्ठ्याङको गोली मार दीजिए ।”

चिन्डे टाउको चम्काउँदै तेज दाइ तेजविहीन भएर बाटो लाग्नुभयो । भर्‍याङबाट ओर्लिएर फर्की आएका बूढाले आफ्नो अन्तिम दुर्बल अस्त्र प्रयोग गर्दै भन्नुभयो, “भाइ, दाजुको एउणा वचन पनि नमान्ने त ? बाँकी कुरामा तिमीलाई मेरो समर्थन छ, यति एउणा कुरामा तिमीले मेरो समर्थन नगर्ने ?”

“सकिएन दाज्यैज्यू, हार्दिक नमस्कार ।”

उनन्चालीस

गरुड निवेदन गर्छन्, “हे करुणानिधे ! हे सर्वज्ञ ! धर्मात्मा पुरुष स्वर्गको सुखभोग गरेर कसरी निर्मल कुलमा उत्पन्न हुन्छन्, ?” प्रत्युत्तरमा बडीबाजे आज्ञा गर्छन्, “हे गरुड ! तिमीले यो बडो असल कुरा सौध्यौ । यो अति गोप्य कुरा म तिमीलाई खुसुक्क बताउँछु, जुन कुरा जान्नाले मात्रै सर्वज्ञता प्राप्त हुन्छ ।” अब पवित्र बाजे अपवित्र नारीले गर्भधारण गर्ने अशुभ र शुभ क्षणको रहस्यमाथि एक चरण प्रकाश पार्छन् । बाजेकै शव्दमा, “पवित्र पुरुषले ऋतुकालमा अर्थात नारी पर सरेको बतखमा नारीका चार दिन त्यागोस् । ती चार दिनमा नारीका शरीरमा इन्द्रको ब्रह्महत्या गरेको पाप बस्ने हुनाले त्यस्ती हत्यारी नारीको मुखसम्म पनि नहेरोस् । नारी आफूले लगाएको वस्त्रसहित स्नान गरी चौथो दिन शुद्ध हुन्छे । सात दिन बितेपछि बल्ल पितृ र देवताको पूजा गर्नमा योग्य हुन्छे । सात दिनभित्रमा जुन गर्भ रहन्छ त्यो मलीन बुद्धि भएको हुन्छ । जोरीरातमा सम्भोग गर्‍यो भने पुत्र उत्पन्न हुन्छ र बिजोर रातमा गमन गर्‍यो भने कन्या उत्पन्न हुन्छे । यसकारण छोरोका चाहना गर्ने व्यक्तिले पहिला सात दिन छाडेर जोररातमा स्त्रीप्रसङ्ग गरोस् । चौधौँ रातमा गर्भ रह्यो भने गुण र भाग्यको खानी भएको धार्मिक छोरो पैदा हुन्छ । साधारण जीवहरूलाई त्यो रात्रि कदापि प्राप्त हुँदैन ।”

पुरोहित बाजे आफ्नो कथावाचन सुनेर आफैँ पुलकित हुँदै मग्न मुद्रामा कथाको बाहन हाँक्दै जान्छन् । बाजे नारीलाई एउटा वस्तुपात्रका रूपमा अथवा बीउ छर्ने खेतका रुपमा वर्णन गर्छन्, “खेतरुप स्त्री भोजनको पात्र हो । त्यस स्त्रीरुपी खोलमा अमृत समाजको बीज अथात् वीर्य छरेर पतिस्वरूप पुरष असल फल प्राप्त गर्दछ । तसर्थ वीज छर्न थाल्नुभन्दा अघि पाँचौ दिनमा नारीलाई मीठो र गुलियो भोजन गराओस् । टर्रो, नुनिलो, पीरो, तीतो र तातोचाहिँ टाढैबाट त्यागिदेओस् ।”

बाजे नारीलाई एउटा वस्तुपात्रका रूपमा अथवा बीउ छर्ने खेतका रुपमा वर्णन गर्छन्, “खेतरुप स्त्री भोजनको पात्र हो । त्यस स्त्रीरुपी खोलमा अमृत समाजको बीज अर्थात् वीर्य छरेर पतिस्वरूप पुरष असल फल प्राप्त गर्दछ । तसर्थ वीज छर्न थाल्नुभन्दा अघि पाँचौ दिनमा नारीलाई मीठो र गुलियो भोजन गराओस् । टर्रो, नुनिलो, पीरो, तीतो र तातोचाहिँ टाढैबाट त्यागिदेओस् ।”

पुराण लेखक बाजेको रुचि अत्यन्तै परिष्कृत छ । भोजनमा होस् वा वस्त्रमा, सौन्दर्य प्रसाधनमा होस् वा कालिगढी र चित्रकारीमा, बाजेको रुचि मौलिक, सूक्ष्म र विलक्षण छ । अतः स्त्रीसँग सुत्ने शयनबारे बनारसी बाजे आज्ञा गर्छन्, “पान, फूल र श्रीखण्डले युक्त भएको शुद्ध वस्त्र धारण गरी मनमा धर्म चिताएर असल शय्यामा स्त्रीका साथ सुतोस् ।” गर्भमा नवजीवन धारण गर्ने प्राणीको स्वभाव केले निर्धारण गर्छ, प्रभो ? प्रत्युत्पन्न मति भएका प्रभुबाट उत्तर कृपा हुन्छ, “वीर्यस्खलन हुने क्षणमा पुरुषका चित्तमा जस्तो मनुष्यको कल्पना हुन्छ त्यस्तै स्वभाव भएको जन्तु स्त्रीको पाठेघरमा प्रवेश गर्दछ ।” त्यस्तो जन्तुले ग्रहहरू उच्च भएका बखत जन्म लिने हुँदा धन लाभ गर्ने दुर्दान्त आकाङ्क्षा भएका बडीबाजेका विचारमा “त्यसको जन्मघडीमा ब्राह्मणहरूले धेरै धन पाउँछन् ।”

यसरी जन्मने विशिष्ट पुरुषको भाग्य र भोगका ग्रह–दशाहरू कस्ता हुन्छन् बडीबाजे ? बाजेवादी उत्तर स्पष्ट छ, “पूर्व जन्ममा गरेको तप, तीर्थ र महापुण्यहरूको फलको उदय हुनाले तरुण अवस्थामा त्यो दयावान्, धनी र दिव्य स्त्रीहरू भोग गर्ने हुन्छ ।” यहाँ के कुरा विचारणीय छ भने बडीबाजेका आज्ञाले उसले दिव्य स्त्री होइन, दिव्य स्त्रीहरू भोग गर्ने सौभाग्य प्राप्त गर्छ । अर्थात् अघिल्लो जन्मको पुण्यकर्मका फलले गर्दा यस जन्ममा ऊ घरानीयाँ नाठो बन्छ ।

यसउप्रान्त बडीबाजे मनिसको शरीररूपी रचना, जीवबैज्ञानिक क्रिया र जीवनको तत्वबोधउपर गहन र विलक्षण चिन्तन गर्छन् । नीलो आकाशमुनि, अझ भनूँ समस्त ब्रह्माण्डको विस्तारभरि त्यस्तो कुनै रहस्य छैन जसको उत्तर बाजेका वाचाल जिब्राका टुप्पामा झुण्डिएको नहोस् । भूत वा ठोस भोतिक तत्वका गुण, पृथ्वीका गुण, तेजका गुण, आकाश आदिका गुणसम्बन्धी बडीबाजेको धाराप्रवाह कथन औधी चाखलाग्दो छ । जब बाजे पाचन प्राणालीको चरणबद्ध वर्णन गर्छन् त्यो सुनेर शरीररचनाका ज्ञाता भनिने चिकित्सकहरू आफ्नो अल्पज्ञान, अपूर्ण ज्ञान अथवा गलत ज्ञानबारे सजग भई नून गिरेको मुद्रामा शिर झुकाउँदा हुन् !

नीलो आकाशमुनि, अझ भनूँ समस्त ब्रह्माण्डको विस्तारभरि त्यस्तो कुनै रहस्य छैन जसको उत्तर बाजेका वाचाल जिब्राका टुप्पामा झुण्डिएको नहोस् । भूत वा ठोस भोतिक तत्वका गुण, पृथ्वीका गुण, तेजका गुण, आकाश आदिका गुणसम्बन्धी बडीबाजेको धाराप्रवाह कथन औधी चाखलाग्दो छ । जब बाजे पाचन प्राणालीको चरणबद्ध वर्णन गर्छन् त्यो सुनेर शरीररचनाका ज्ञाता भनिने चिकित्सकहरू आफ्नो अल्पज्ञान, अपूर्ण ज्ञान अथवा गलत ज्ञानबारे सजग भई नून गिरेको मुद्रामा शिर झुकाउँदा हुन् !

बडीबाजे चिकित्सकहरुलाई अचुक ज्ञान प्रदान गर्दै आज्ञा गर्छन्, “व्यान वायुले मनुष्यले खाएका अन्नको सारांश सबै नाडीमा पुर्‍याउँछ । गुदामा असल प्रकारले वायु प्रवेश गरी अन्न र जललाई अलग–अलग गरिदिन्छ, अग्निका उपर जल र जलका उपर अन्न गरेर । अग्निमुनि स्वयं प्राणवायु बसेर त्यसले अग्निलाई बिस्तारै–बिस्तारै फुक्दछ । यसरी वायुले फुकिएको अग्निले मल र रसलाई अलग गर्छ । व्यान वायुले रस शरीरभरि पुर्‍याउँछ र बाह्र द्वारबाट वायुले भिन्न गरिएको मल शरीरबाट बाहिर निकाल्छ ।”

अब बडीबाजेको तीक्ष्ण अन्तर्दृष्टि शरीरका अङ्ग–प्रत्यङ्गको गणितीय ज्ञान प्रसार गर्नतर्फ प्रवृत्त हुन्छ । गणितज्ञ बडीबाजे अतिशय ज्ञानसम्पन्न मुद्रामा आज्ञा गर्छन्, “व्यावहारिक शरीरमा साढे तीन करोड रौँ, सात लाख केश र बीस नङ कहिएका छन् । यस अतिरिक्त मनुष्यका शरीरमा बत्तीस दाँत, चार हजार तोला मासु र चार सय तोला रगत कहिएको छ । अनि दस पल बोसो, सत्तरी पल छाला, बाह्र पल मासी तथा तीन पल महारक्त शरीरमा छ । फेरि तीन सय साठी हाड कहिएका छन् । पचास पल पित्त छ र त्यसको आधा अर्थात पच्चीस पल कफ कहियो ।”

गणना र तौल विषयक आफ्नो बिरलाकोटी ज्ञान प्रकट गरेपछि बडीबाजे मानवशरीरमा चराचर जगत‍्को, अझ समस्त ब्रह्माण्डसमेतको उपस्थितिमाथि प्रकाश पार्छन् ।

रात–दिन श्वास–प्रश्वासको सूक्ष्म गति कति हुँदा हो बडीबाजे ? बाजेबाट कृपापूर्वक उत्तर प्राप्त हुन्छ, “रात–दिन श्वास–प्रश्वासको सूक्ष्म गति एक्काइस हजार छ सय छ ।” यसरी शरीर र आत्माका विविध पक्षको विधागत ज्ञान प्रदान गरिसकेपछि रौद्र मुद्रामा र ध्वाँसको भाकामा जगत‍्का मूर्खहरूलाई बडीबाजे चेतावनीयुक्त शिक्षा दिन्छन्, “मैले चिन्तना गरिएको स्वयंज्योति, सनातन, सदा आनन्दस्वरूपको ब्रह्ममुहूर्तमा ध्यान गरोस् । यस्ता प्रकारले गुरुका उपदेशद्वारा मन निश्चल गराओस्, आफैँ जान्ने नबनोस् । गुरुविना प्रयत्न गरे पतन हुन्छ अर्थात पुनर्जन्म हुन्छ ।”


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप