केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी- १०

सहाना प्रधानकाे समकक्षी मन्त्रीको त्यो तुच्छ शैली

person explore access_timeभदौ २७, २०७७ chat_bubble_outline0

नेपालको नारी जागरणलाई आजको अवस्थामा पुर्‍याउन सहाना प्रधानको प्रबल भूमिका देखिन्छ । २००३ सालदेखि उनी नागरिक आन्दोलनमा सरिक भएकी थिइन् । उनी सडकमा निस्केपछि नारीहरूले पनि ज्यानको बाजी मारेर क्रान्तिमा भाग लिँदा रहेछन् भन्ने उनले प्रमाण प्रस्तुत गरेकी थिइन् । 

वास्तवमा नेपालबाट हुकुमी शासन लखेट्न र नारी जागरणलाई प्रबल बनाउन उनको विशिष्ट कोटिको भूमिका थियो । उनी क्रान्तिकारी नारी भनेर पनि त्यसै बेलादेखि परिचित हुन थालेकी थिइन् । उनी क्रान्तिका लागि पुरुषभन्दा कम्तीकी नारी थिइनन् । नारीपुरुषकै सन्दर्भमा वामदेव गौतमले भनेका थिए— ‘सङ्घर्षका लागि सहाना प्रधान अगाडि थिइन् र सङ्गठनका लागि पुष्पलाल अगाडि थिए ।’ भनौँ, उनीहरू दुवै बराबरी थिए ।  

चाहे राणा सरकारसँग नारीको हकहितका लागि ठाडोठाडै संवाद गरेर होस्, चाहे राणाविरोधी जुलुसमा समावेश भएर जिन्दावाद र मुर्दावादका नारामा समाहित भएर होस्, चाहे भारतका प्रधानमन्त्री स्वदेशमा आएको बेला ‘नेपालको अहित गर्ने यिनै हुन्’ भनेर त्रिभुवन विमानस्थल पुगेर कालो झन्डा देखाएर होस्— सहानाले आफ्नो वेग्लै, मौलिक र स्तरीय वर्चस्व स्थापित गरेकी थिइन् । वास्तवमा बौद्धिक रूपबाट समेत राजनीतिक चेतनाले ओतप्रोत भएर नेपाली नारीले आफ्नो नाउँ यसरी सुरक्षित राखेको पनि त्यो नै पहिलो घटना थियो ।

राजनीतिमा लागेर सहाना खालि झन्डा बोकेर हिँड्ने समूहकी नेता मात्रै थिइनन् । उनी धैर्य, साहस र जाँगर भएकी विदुषी थिइन् । उनको बौद्धिक क्षमता, जागरण र समर्पण नेपाली नारीहरूका लागि प्रेरक थियो । त्यसैले उनीउपर नेपाली नारीहरूको पनि श्रद्धा, विश्वास र प्रेम गाँसिएको थियो ।

नेपालमा जतिसुकै नारी जागरण, नारी सुरक्षा र नारी हितको नारा दिए तापनि कार्यान्वयन पक्षमा त्यति सफल नदेखिएको बेहोराको साक्षी पनि सहाना नै थिइन् । तर पनि नारीहितका लागि उनी पाखुरा सुर्किन छाड्दैन थिइन् । त्यति मात्र नभएर नारी भावनाअनुरूप नारीहरूलाई उनी जागृत पनि गराइरहने गर्थिन् ।


राजनीतिमा लागेर सहाना खालि झन्डा बोकेर हिँड्ने समूहकी नेता मात्रै थिइनन् । उनी धैर्य, साहस र जाँगर भएकी विदुषी थिइन् । उनको बौद्धिक क्षमता, जागरण र समर्पण नेपाली नारीहरूका लागि प्रेरक थियो । त्यसैले उनीउपर नेपाली नारीहरूको पनि श्रद्धा, विश्वास र प्रेम गाँसिएको थियो ।


नेपालमा जुनसुकै प्रधानमन्त्री आए तापनि नारी आवाजलाई ख्यालठट्टामा उडाइदिने प्रचलनबाट सहाना दुःखित थिइन् । नेपालका मन्त्रीहरू कस्तासम्म पनि थिए भने— देशमा बहुदलीय प्रणाली भित्रिएपछिको कुरा हो । त्यस बेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए भने उनीपछिको मर्यादामा सहाना प्रधान पहिलो मन्त्री थिइन् । साथै गृह तथा सञ्चार मन्त्री भट्टराईकै बनारसी साथी योगप्रसाद उपाध्याय थिए । त्यस बखत भनौँ भट्टराई प्रधानमन्त्री भएपछि राष्ट्रमा बाल, वृद्ध, बिधुवा आदिमा बलात्कारका दुःखद घटना घटिरहेका थिए । त्यतिखेर नेपाल कम्युनिस्ट पार्टीकी विशिष्ट राजनीतिज्ञ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सत्तरी जना नारीहरू गृहमन्त्री उपाध्यायसमक्ष गएर निवेदन गरेका थिए— ‘बलात्कारका घटना न्यूनीकरण, अपराधीलाई कानुनी कार्यवाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिनु पर्‍यो ।’ 

त्यतिखेर गृहमन्त्री उपाध्यायले ती सत्तरी जना नारीहरूलाई उत्तर दिएका थिए— ‘यदि तपाईंहरूलाई सुरक्षा नै चाहिएको हो भने हातमा नङ पाल्नुहोस्, आफ्ना झोलामा खुर्सानीको धूलो बोकेर हिँड्नुहोस् ।’ काङ्ग्रेसी मन्त्रीको त्यस प्रकारको नीच संवाद सुनेर त्यतिखेरै अष्टलक्ष्मी शाक्यले घोषणा गरेकी थिइन्— ‘राजनीतिक व्यवस्था परिवर्तन भएर मात्र पुग्दैन, मान्छेको सोचमा नै परिवर्तन आउनुपर्छ ।’ 
त्यस बेलाका आफ्ना क्याबिनेट समकक्षी मन्त्रीको नारीउपरको तुच्छ कुरा सुनेर सहाना प्रधान धेरै नै निरास भएकी थिइन् । राष्ट्रको कार्यपालिकामा बस्नेहरूले नारी जागरणमा हतोत्साही गरिरहे तापनि सहाना प्रधानहरू नारी हिंसा र बलात्कारका विरोधमा दस हात पटुका कसेर अग्रसर भइरहे । 

सहाना नारी जागरणको अर्को नाउँ मानिन्थ्यो । उनी सधैँ, सधैँ र सधैँ नारीहितका लागि नै समर्पित हुन्थिन् । सहाना प्रधानकै माग, अडान र समर्पणका कारण आमाका नाउँबाट पनि नागरिकताको प्रमाणपत्र पाउनुपर्ने, पैत्रिक सम्पत्तिमा छोराछोरीको बराबरी हक लाग्नुपर्ने, राजनैतिक व्यवस्थामा तेत्तिस प्रतिशत नारीको सहभागिता हुनुपर्ने आदि संवैधानिक व्यवस्था पनि भयो । त्यति मात्र होइन, राष्ट्रिय महिला आयोग पनि सहाना प्रधानकै परिकल्पना थियो । उनी धेरैसँग परामर्श लिएर काम गर्ने राजनेता थिइन् । 


त्यस बेलाका आफ्ना क्याबिनेट समकक्षी मन्त्रीको नारीउपरको तुच्छ कुरा सुनेर सहाना प्रधान धेरै नै निरास भएकी थिइन् । राष्ट्रको कार्यपालिकामा बस्नेहरूले नारी जागरणमा हतोत्साही गरिरहे तापनि सहाना प्रधानहरू नारी हिंसा र बलात्कारका विरोधमा दस हात पटुका कसेर अग्रसर भइरहे । 


उदाहरणका लागि भन्ने हो भने उनले नारी जागरणमा भिजेकी आफ्नी साथी चाँदनी जोशीलाई भनेकी थिइन्— ‘महिला आयोग बनाउनु पर्‍यो, कसरी बनाउने सिकाऊ न !’ वास्तवमा धेरै नारीहरूको परामर्श र सहानाको समर्पणबाट नै महिला आयोग बनेको थियो । केन्द्रदेखि स्थानीय निकायसम्म राजनैतिक सङ्गठनहरूमा प्रमुख र उपप्रमुखमध्ये एक जना नारी नै हुनुपर्छ भन्ने सोच, मान्यता र अडान पनि सहाना प्रधानकै थियो । सेना र प्रहरी सङ्गठनहरूमा पनि नारी उपस्थितिको उल्लेखनीय वृद्धि हुनुको कारक तत्त्व सहाना नै थिइन् ।  

२०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी माले र माक्र्सवादीको एकीकरण भएको थियो । त्यसको अर्को वर्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नारी सङ्गठन ‘अखिल नेपाल महिला सङ्घ’को गठन भएको थियो । अनि त्यस सङ्घको केन्द्रमा सहाना प्रधानले अध्यक्षता ग्रहण गरेकी थिइन् । उनी पद धारण गरेर मात्र नारी जागरणमा लाग्ने नारी थिइनन् । उनी नारीकै हीतका लागि हृदयबाटै जागरुक थिइन् । 

नारीप्रति देखिएका जुनसुकै नकरात्मक धारणाको उनी खूब विरोधी थिइन् । नारीलाई सियोको टुप्पोले मात्र छुँदा पनि उनको मनमा चोट लाग्ने गथ्र्यो । मानौँ, उनी समस्त नारी जातिकी मातृवत् स्नेह दिने माउ थिइन् । उदाहरणका लागि भन्ने हो भने २०४९ सालको कुरा हो, सात वर्षीया बालिकाको बलात्कार भएको थियो । त्यही घटनाले चिथोरेपछि राजनैतिक दलहरूका भगिनी संस्थाहरूको गठबन्धनमा २०४९ असार १९ गते ‘महिला सुरक्षा दबाब समूह’ गठन भएको थियो । त्यस संस्थाको अध्यक्ष सहाना प्रधान थिइन् । त्यस दबाब समूहमा झन्डै एक सयवटा नारी संस्थाको सञ्जाल गठन भएको थियो । त्यस संस्थाको प्रमुख उद्देश्य भनेकै नारीको हकहित र सुरक्षा गर्नु थियो ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.