शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभाव : रातो बनाइएका सबै सरकारी नम्बर प्लेटलाई तत्काल परिवर्तन गर्न गृहको निर्देशन

सोमबार, ०५ चैत २०७४, १७ : १०
सोमबार, ०५ चैत २०७४

काठमाडौँ । सरकारी नम्बर प्लेटका सवारी साधन रातोमा परिणत गरी भएको दुरुपयोगका सम्बन्धमा गृह मन्त्रालय कडा निर्देशन दिएको छ ।  

रातोपाटीले सरकारी नम्बर प्लेटका सवारीसाधन दुरुपयोगका सम्बन्धमा लगातार रिपोर्टिङ गर्दै आएकोमा गृहमन्त्रालयले त्यसप्रति चासो देखाउँदै रातोमा परिणत गरिएका सम्पूर्ण सरकारी सवारीसाधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न निर्देशन दिएको हो । 

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा सवारी साधनको दुरुपयोग हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । 

विगतको असामान्य परिस्थितिमा तत्कालिन अवस्थालाई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अति आवश्यक कामका  लागिमात्रै सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएको गृहको स्पष्टिकरण छ ।

तर, हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायले सवारीसाधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुसी प्रयोग गर्ने गरेको र सार्वजनिक बिदाको दिन समेत व्यक्तिगत प्रयोगमा  ल्याई दुरुपयोग भएको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।

गृहले सार्वजनिक बिदाको दिन सरकारी कामको सिलसिलामा सवारीसाधन प्रयोगमा ल्याउन आवश्यक रहेमा प्रक्रिया पूरा गरेरमात्रै सञ्चालनमा ल्याउन पनि निर्देशन दिएको छ ।

गृहको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक बिदाको दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोगमा ल्याउनु पर्ने भएमा स्पष्ट प्रयोजन, प्रयोग गर्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर खुलाइएको एवं सवारी पास उपलब्ध गराउने अधिकारप्राप्त निकाय तथा पदाधिकारीको स्वीकृति लिईमात्रै प्रयोग गर्नु हुन सबै सरकारी निकाउहरुलाई जानकारी गराइन्छ ।’

सरकारी सवारीसाधनको दुरुपयोगको सम्बन्धमा आम नागरिक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिक समाजबाट  चासो र चिन्ता व्यक्त हुँदै आएको सन्दर्भमा  मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको उल्लेख पनि गरिएको छ ।


सरकारी नम्बर प्लेटको दुरुपयोगसम्बन्धि सूचना तथा जानकारी भए उपलब्ध गराइन समेत गृहले अपिल गरेको छ ।  त्यसका लागि गृह मन्त्रालयले  फोन नम्बर ०१–४२११२१४ र ०१–४२११२०८ गरी दुई ओटा नम्बर समेत उपलब्ध गराएको छ ।

पढ्नुहोस् रातोपाटीको निरन्तर फलोअप

 

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट !

प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ?

सरकारी गाडी लिएर पूर्वमाननीयहरू ‘फरार’

सरकारी गाडीमा रातो प्लेटको मोह : सचिवज्यूहरुलाई छुने आँट कसको ? (सूचीसहित)

यस्ता पनि छन् सरकारी अफिसर !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप