बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

मङ्गलबार, २९ फागुन २०७४, १६ : ५१
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सरकारी गाडीमा  नीजि नम्बर प्लेट राखेर प्रयोग गरेको समचार रातोपाटीमा प्रकाशित भएलगत्तै नम्बर प्लेट परिवर्तन गरेका छन् । 

रातोपाटीले मंगलबार ‘परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !’  शीर्षकमा समचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि सचिव बैरागिले आफुले चढ्दै आएको गाडीमा रातो नम्बर प्लेटको साटो सेतो नम्बर प्लेट हाल्न लगाएका हुन् ।

सचिव बैरागीले चढ्दै आएको बा १५ च ७११ नम्बरको कारमा मंगलबार दिउँसोबाट बा २ झ २०७७ को नम्बर राखिएको छ । 

नेपाल सरकार परराष्ट्र मन्त्रालयको नाममा दर्ता कायम रहेको बा २ झ २०७७ नम्बरको यो कारलाई सचिव बैरागिले निजी नम्बर प्रयोग गरी सञ्चालनमा ल्याइएका थिए । 

समचार प्रकाशित भएपछि नम्बर प्लेट फेरिएको जानकारी दिदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नियतवस नभएर भुलबस त्यस्तो हुन गएको भन्दै गल्ती स्वीकार गरे । उनले भने–अबदेखि गल्ती दोहोर्याउने छैनौ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप