बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता पनि छन् सरकारी अफिसर !

सोमबार, ०५ चैत २०७४, १३ : ३२
सोमबार, ०५ चैत २०७४


काठमाडौँ । अधिकांश विशिष्ट र उच्च पदस्थ सरकारी अधिकारीहरूले सरकारी गाडीमा निजी अर्थात् रातो नम्बर प्लेट राखेर चलाइरहँदा एकजना सचिव भने सेतो प्लेटकै सरकारी गाडीमा सवार थिइन् । 
बा २ झ २१२५ नम्बरको टाटाको सफारी स्टोर्म गाडी उद्योग मन्त्रालयको गेटमा रोकिन्छ । एकजना महिला त्यस गाडीबाट ओर्लिन्छिन् र उद्योग सचिवको कार्यकक्षतिर प्रवेश गर्छिन् । उनी थिइन्, उद्योग सचिव यमकुमारी खतिवडा ।

कतिपय मन्त्रालयका सहसचिवले नै करोड बढीको गाडी चढिरहँदा उद्योग सचिव खतिवडा भने करिब ५० लाख पर्ने गाडीमा सवार थिइन् । धेरै मन्त्रालयका सहसचिव र सचिवले सरकारी अर्थात् सेतो प्लेटको गाडीमा निजी नम्बर राखेर ‘प्राइभेट’ बनाइरहँदा उनी भने सेतो नम्बर प्लेटमा गुडिरहेकी छिन् । 

उद्योग सचिव खतिवडाको पछिपछि हामी पनि उनको कार्यकक्षमा पुग्यौँ । उनलाई हामीले सोध्यौँ, ‘तपाईं त सेतो प्लेटको सरकारी गाडी नै चढ्नुहुँदो रहेछ नि ।’ उनले हाँस्दै भनिन् सरकारी मान्छे अनि सरकारले दिएको गाडी । सरकारी नम्बर भनेको नै सेतो प्लेट हुन्छ, म कसरी रातो प्लेटमा चढुँ त ।’

तर अधिकांश मनत्रालयका सहसचिव र सचिव त सरकारी गाडीमा पनि निजी नम्बर राखेर चढ्छन् नि त भन्ने हाम्रो जिज्ञासामा उनले भनिन्, ‘अरूको कुरा थाहा छैन, मलाई सेतो नम्बर भएको सरकारी गाडी चढ्नुमा नै गर्व लाग्छ ।’

विशिष्ट र उच्च पदस्थ सरकारी कर्मचारीहरूले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर व्यापक दुरुपयोग गरिरहेका छन् । तर उद्योग सचिव खतिवडालाई भने यही सरकारी गाडीले पुगेकै छ । 

केही सहसचिव र सचिवलाई शनिबार र सार्वजनिक बिदाको दिन पनि काम पर्छ रे तपाईंलाई पर्दैन ? हामीले सोध्यौँ । उनको साधारण जवाफ आयो, ‘मेरो पनि पर्छ ।’ अनि कसरी कार्यालय आउने गर्नुभएको छ त ? उनले भनिन्– ‘पास लिएर ।’

उनी भने आफूलाई सेतो प्लेटकै गाडी चढ्नमा गर्व लाग्ने बताउँछिन् । उनले भनिन्, ‘रातो प्लेटको नम्बर लिएर लिएर मलाई सरकारी सम्पत्तिको दुरुपयोग गर्नु छैन । व्यक्तिगत काम पर्दा म कहिल्यै सरकारी गाडी प्रयोग गर्दिनँ । सरकारी काम गर्दा सरकारी गाडी नै प्रयोग गरेको छु । तर मलाई न सुरक्षा खतरा भएको छ, न त कामकाज नै रोकिएको छ । पास लिएर चलाउँदा कुनै समस्या छैन, उनले भनिन् । 

सरकारी गाडी सरकारी कामकाजका लागि हो । यो भनेको सामान्यतः बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि हो । घरबाट आउन र घर जानका लागि पनि यस्तो गाडी प्रयोग गर्न सकिन्छ । तर घरमा राख्न भने निषेधजस्तै छ । यसको मतलब व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडीको प्रयोग गर्न पाइँदैन । शनिबार वा सार्वजनिक बिदाका दिन पनि सरकारी गाडीको प्रयोग गर्नुपरेमा मन्त्रालय वा जिल्लास्थित कार्यालयबाट पास लिनुपर्ने हुन्छ । यदि कसैले पास नलिई बिदाका दिन सवारी प्रयोग गरेमा त्यो दुरुपयोग हुन्छ । 

खतिवडाले भने सार्वजनिक बिदाका दिन सरकारी काम परेमा पास लिएर मात्रै सरकारी गाडी चलाउने गरेको बताइन् । ‘कहिलेकाहीँ सरकारी काम पर्दा मन्त्रालयबाटै पास लिएर चलाउने गरेको छु । त्यसो गर्दा कुनै समस्या परेको छैन ।’

कहिलेकाहीँ व्यक्तिगत काममा पनि सरकारी गाडी प्रयोग गर्नुभएको छ कि ? हाम्रो प्रश्नमा उनले हाँस्दै भनिन्, व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गरे तपाईंहरूले पक्रिहाल्नु हुन्छ नि । व्यक्तिगत काम परेमा घरमा एउटा पुरानो गाडी छ, त्यही प्रयोग गर्छु । गाडी बिग्रिएमा वा घरमा नभएमा कहिले साथीको गाडी प्रयोग गर्छु, कहिले ट्याक्सी प्रयोग गर्छु । तर व्यक्तिगत काममा सरकारी गाडी कहिल्यै प्रयोग गरेको छैन ।’

सरकारी गाडीलाई पनि निजी अर्थात् रातो नम्बर प्लेट लिए त जहिले पनि चलाउन पाइने कुरा हामीले बतायौँ । उनी भने आफूलाई सेतो प्लेटकै गाडी चढ्नमा गर्व लाग्ने बताउँछिन् । उनले भनिन्, ‘रातो प्लेटको नम्बर लिएर लिएर मलाई सरकारी सम्पत्तिको दुरुपयोग गर्नु छैन । व्यक्तिगत काम पर्दा म कहिल्यै सरकारी गाडी प्रयोग गर्दिनँ । सरकारी काम गर्दा सरकारी गाडी नै प्रयोग गरेको छु । तर मलाई न सुरक्षा खतरा भएको छ, न त कामकाज नै रोकिएको छ । पास लिएर चलाउँदा कुनै समस्या छैन, उनले भनिन् । 

सरकारी गाडी चढ्दा कहिल्यै रातो नम्बर प्लेटको आवश्यकता महशुस नभएको भन्दै उनले भनिन्, म सरकारी गाडीलाई निजी बनाएर कहिल्यै चढ्दिनँ । बरु ट्याक्सी चढ्न तयार छु । 

अन्त्यमा उनले भनिन्, मेरो विषयमा न्युज लेखेर जुधाउने कामचाहिँ नगर्नुस् नि ।’

यो पनि पढ्नुहोस्

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट !

प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ?

सरकारी गाडी लिएर पूर्वमाननीयहरू ‘फरार’

सरकारी गाडीमा रातो प्लेटको मोह : सचिवज्यूहरुलाई छुने आँट कसको ? (सूचीसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप