दोस्रो पटक मन्त्रिपरिषद विस्तार : पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।
गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।
विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा.युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् ।
थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।
सोमबार एमालेबाट थपिएकामध्ये पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्व गर्भनर डा.युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
थापा यसअघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए ।
माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् ।
यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश : वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
थप समाचार
४ मन्त्रीको सपथ ७ तस्बिरमाः शीतल निवासमा जे देखियो
अर्थमन्त्रीमा युवराजको ‘इन्ट्री’ : के ओलीले सर्वोच्चलाई जवाफ दिएका हुन् ?
मातृका यादव मन्त्री भएपछि सुरु भयो फेरि त्यही चर्चा
उपप्रधानमन्त्री बनिसकेका इश्वरको मन्त्रीमै सपथ ! (जीवनीसहित)
गृहमन्त्री बनेका बादल हुन् चाहिँ को ?
दोस्रो पटक मन्त्रिपरिषद विस्तार : पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ
सरकारमा उपेन्द्रलाई सहभागि गराउने प्रयासः बालुवाटारमा के भयो छलफल ?
आज माओवादीका दुई जनाले मात्रै सपथ खाने
माओवादीले बुझायो मन्त्रीहरुको नामः प्रचण्डको सचिवालय
मन्त्रिमण्डल विस्तार हुँदै, फाेरमलाई पनि समेट्ने प्रयास
माओवादी मन्त्रीको सूचि तयार
माओवादी मन्त्रीको सूचि तयार, बादल गृहमन्त्री पक्का, केही बेरमा प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण