अर्थमन्त्रीमा युवराजको ‘इन्ट्री’ : के ओलीले सर्वोच्चलाई जवाफ दिएका हुन् ?
काठमाडौं–सर्वोच्च अदालतले सपथ नखुवाउन अन्तरिम आदेश जारी गरेको २४ घण्टा नबित्दै युवराज खतिवडा अर्थमन्त्री बनेका छन् ।
केपी ओली नेतृत्वको सरकारले खतिवडासहित तीन जनालाई राष्ट्रियसभा सदस्यको लागि सिफारिश गरेको थियो । जसलाई फास्ट ट्रयाकमार्फत राष्ट्रपति विद्यादेबी भण्डारीले स्वीकृत गरेकी थिइन् ।
राष्ट्रपतिको उक्त कदममाथि सर्वोच्चमा रिट दायर भयो र सर्वोच्चले मनोनित तीन जना सांसदको सपथ तत्काल नगराउन आइतबारमात्र आदेश दियो ।
तर, सोमबार ओलीले उनै खतिवडालाई मन्त्री बनाए । राजनीतिक मामिलाका केहि जानकारहरुले यसलाई ओलीले सर्वोच्चलाई दिएको जवाफको रुपमा हेरेका छन् ।
संविधानअनुसार संघीय सांसदको सदस्य मन्त्री बन्न पाउँछ ।
तर, यदी संघीय संसद भन्दा बाहिरको व्यक्तिलाई मन्त्री बनाए उसलाई संसद सदस्य बनाउनु पर्ने हुन्छ ।
यसकारण तत्काल संसद सदस्य नभएपनि अर्थमन्त्रीबाट खतिवडा मन्त्रीको निरन्तरताको लागि पनि छ महिनाभित्र संसद सदस्य हुनुपर्नेछ । यदी राष्ट्रिय सभा सदस्य बन्ने संवैधानिक हिसावले रोकिए उनी उपनिर्वाचनमार्फत संसद प्रवेश गर्नुपर्ने हुनेछ ।
एमाले बृत्तमा चुनाव अगाडि नै खतिवडालाई भावी अर्थमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरिएको थियो ।
को हुन् खतिवडा ?
पुर्व गर्भनर डा. युवराज खतिवडा चर्चित अर्थविद्का रुपमा परिचित छन् । विसं २०१९ सालमा जन्मेका खतिवडाले नेपाल राष्ट्र बैंकको १५ औं गभर्नरका रुपमा काम गरिसकेका छन् ।
खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएका थिए । यसअघि उनले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख (२०५५–२०५८) भएर काम गरेका थिए ।
२०३८ मा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर शिक्षक तथा २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा काम गरेका थिए ।
खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका छन् ।
वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षण, विकास र नियोजन सम्बन्धित मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा भाग लिएका छन् ।
खतिवडा वि.सं.२०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहुबाट सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण