सरकारमा उपेन्द्रलाई सहभागि गराउने प्रयासः बालुवाटारमा के भयो छलफल ?
काठमाडौं– सत्तारुढ दल एमाले र माओवादी केन्द्रले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागि गराउने प्रयासस्वरुप सो पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादववीच छलफल भएको हो ।
उक्त छलफलमा अध्यक्ष यादवले संविधान संशोधनमा लिखित प्रतिवद्धता जनाए आजै सरकारमा जाने बताएका थिए ।
जवाफमा एमाले र माओवादीका अध्यक्षले सहमतिमा संसोधन गर्न तयार रहेको बताएपछि यादव बालुवाटारबाट बाहिरिएका छन् । उनले दिउँसोसम्म सरकारमा जाने–नजानेबारे निर्णय दिने बताएको बालुवाटार श्रोतले जनाएको छ ।
फोरम सरकारमा नगएपनि एमाले र माओवादीका मन्त्री समेटर आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।
संविधान संशोधनमा एमाले र माओवादीले मौखिक सहमति जनाएपनि लिखित सहमति हुन नसक्दा फोरको सरकारमा सहभागिता निश्चित हुन नसकेको फोरमका नेता रामसहाय यादवले बताए ।
उनले भने, ‘एमाले र माओवादी केन्द्रले सविधान संशोधनका लागि मौखिक सहमति जनाएको छ तर लिखित गरेको छैन । अर्कोतिर मन्त्री र अन्य पद बाँडफाँडमा कुरा मिलेको छैन ।’
‘संविधान संशोधन र पद बाँडफाँटमा पूर्ण लिखित सहमति नभएसम्म सरकारमा जाने कुरा हुँदैन’, महासचिव भने , ‘माग पूरा भएपछि मात्र सरकारमा जानेबारे टुंगो लाग्छ ।’
बालुवाटारबाट फर्केपछि अध्यक्ष यादव एउटा कार्यक्रममा सहभागि भएका छन् । त्यो कार्यक्रम सम्पन्नपछि उनले आज बालुवाटारमा भएको छलफलको बारेमा पार्टीमा ‘ब्रिफ’ गर्ने बताइएको छ ।
नेताहरुका अनुसार फोरम नेपाललाई दुईटा मन्त्रालय दिने गरी छलफल भएको छ । त्यसबाहेक फोरम नेपालले उपराष्ट्रपति अथवा उपसभामुख पनि माग गरेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण