शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री बनिसकेका  इश्वरको मन्त्रीमै सपथ ! (जीवनीसहित)

सोमबार, १४ फागुन २०७४, १६ : ४३
सोमबार, १४ फागुन २०७४

काठमाडौं–गत निर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नं ५ वाट निर्वाचित एमाले नेता इश्वर पोखरेल ओली नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका छन् ।

यसअघि आपुर्ति मन्त्री भएका पोखरेल डा.बाबुराम भट्टराईका पालमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए । 

यो समेत गरी पोखरेल तेस्रो पटक मन्त्री बनेका हुन् ।

पोखरेल एमालेका महासचिव हुन् ।

२०१० माघ २२ गते ओखलढुङगाको माम्खामा  जन्मेका पोखरेल एमाले महासचिव समेत हुन् ।   पोखरेलको २०४० सालमा काठमाडौकी मीरा ध्वँजुसँग विवाह भएको थियो ।
 

श्वर २०२५ सालबाट राजनीतिमा लागेका पोखरेल  २०२६ सालमा पारवहन सन्धीको म्याद थप्न ढिला भएको निहुँमा भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा आन्दोलित बन्दा   प्रहरीबाट गिरफ्तार भई एक महिना हिरासतमा बसेका थिए ।

त्यसयता पोखरेल निरन्तर एमालेमा रहेर राजनीति गर्दै आएका छन् ।
पोखरेलको जीवनी

 

जन्म - माघ २२, २०१० (४ फेब्रुअरी, १९५४)

    बुबा :-      शिवराज पोखरेल, 
    आमा :-    रामकुमारी पोखरेल
    स्थान :-   रुपनालु गाउँ, माम्खा-२,  ओखलढुङ्गा जिल्ला

बाल्यकाल :- 

    वि. सं २०१८ साल पुषमा बुवाको देहान्त ।
    २०२० सालसम्म रुपनालु,  माम्खा मै रहेको ।
    गाउँमा रहँदा साँवा अक्षर सम्म चिनेको तर स्कूल जान भने नपाएको ।
    गाई-बाख्रा चराउने, घाँस काट्ने जस्ता स-साना घरायसी कामहरुमा बाल्यकाल बितेको ।

     त्यसबेला घरमा आमा बाहेक दाजु दिदीहरु कोही पनि नभएकाले घरको काममा बढी खटिनुपरेको ।

वैवाहिक जीवन :- 

       २०४० सालमा मीरा ध्वँजुसँग विवाह ।

       (एउटै विवाहको पार्टीगत र पारिवारिक गरी दुई पटक विवाह समारोह ।)

       मीरा ध्वँजु त्यसबेला काठमाडौंको कलंकीस्थित जनपथ नि.मा.वि.की शिक्षिका,  साथै त्यसबेला  नेकपा (माले)  का

     सक्रिय अगुवा महिला कार्यकर्ता मध्ये एक ।

 

      पहिलो विवाह समारोह -    पार्टीगत रुपमा २०४० जेठ १५ गते
      प्रमुख भूमिका -                माधवकुमार नेपाल (तत्कालीन नेकपा मालेका उपत्यका पार्टी प्रमुख)

      अन्य उपस्थित व्यक्तित्वहरु- जे.एन.खनाल, माधव नेपाल, जिवराज आश्रित, मुकुन्द नेउपाने, सुरेश कार्की, 

                                               सुरेन्द्र पाण्डे, रविलक्ष्मी चित्रकार, पूर्णशोभा  चित्रकार, केदार न्यौपाने
      दोश्रो विवाह समारोह -       पारिवारिक रुपमा २०४० साउन १२ गते
        

        सन्तानः                          दुइ  छोरा, २०४२ कार्तिक ७ गते ठूलो छोरा सृजनको जन्म र

                                             २०४५ असार १८ गते कान्छो छोरा स्वराजको जन्म ।

शैक्षिक जीवन
      प्रारम्भिक :-                 जनकपुरस्थित अनौपचारिक स्कुलमा भारतीय शिक्षकले पढाएको, 
      निम्न मा. वि. :-           जानकी निम्न माध्यामिक विद्यालय, जनकपुर
      मा. वि. :-                    श्री सरस्वती उच्च माध्यामिक विद्यालय, जनकपुर, प्रवेशिका - २०२७ 
     आई. ए -                     २०२८-२०२९ - आर. आर. (रामसागर रामस्वरुप ) क्याम्पस, जनकपुर 
     स्नातक (बि.एड.)   -    इन्स्टच्युट  अफ एजुकेशन, किर्तिपुर, २०३०-०३१                 

राजनीतिक जीवन -
-    २०२५ सालमा पहिलोपटक आन्दोलनमा सक्रिय, भारतले सुस्ता महेशपुरमा गरेको  अतिक्रमण विरुद्धको आन्दोलनमा सक्रिय सहभागि । प्रहरीको लाठी प्रहारबाट घाइते ।
-    २०२६ सालमा पारवहन सन्धीको म्याद थप्न ढिला भएको निहुँमा भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा आन्दोलित,  प्रहरीबाट गिरफ्तार र एक महिना हिरासतमा ।
-    २०२७ मा जनकपुरका लेखनाथ शर्माबाट रु. ५ सदस्यता शुल्क तिरी पार्टी सदस्य प्राप्त, सो समयमा उहाँ मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी) को सदस्य  हुनुहुन्थ्यो ।

-    एस.एल.सी. पश्चात महेन्द्र मोरङ्ग क्याम्पसमा आई. एस्सी. मा भर्ना, सो क्याम्पसमा कांग्रेस–कम्युनिष्ट समर्थक विद्यार्थीहरुका बीच चरम झडप हुने, रपढ्ने वातावरण नै नभएपछि जनकपुर फिर्ता ।
-    सोही साल जनकपुर कलेजमा पुनः आई.ए.मा भर्ना, २०२८ सालमा त्यही कलेजमा आई.ए. दोश्रो वर्ष अध्ययरत हुँदा स्ववियू चुनाव भएको र सो समयमा प्रथमपटक जनकपुर कलेजमा अखिलको सान्दार कब्जा, सो चुनावमा अनेरास्ववियूको तर्फबाट सबभन्दा बढी मत ल्याई विजयी । यही बेला चलेको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा गिरफ्तार, प्रहरीद्वारा चरम यातना, केही महिना जेल । 
-    आई. ए. सकेपछि काठमाडौं आई शिक्षा शास्त्र अध्ययन संस्थान, किर्तिपुरमा २०३० सालमा बि.एड.मा भर्ना । झापा संघर्षबाट प्रभावित, त्यहाँको क्रान्तिकारीहरुसित सम्पर्क–सम्बन्ध ।
-    २०३२ सालदेखि पूर्णकालीन राजनीतिमा प्रवेश । तत्कालीन ‘कोअर्डिनेशन केन्द्र’ को नेतृत्वमा धनुषा जिल्लामा पूर्णकालीन भूमिगत भई पार्टी कार्यकर्ताका रुपमा सक्रिय । त्यहाँ जिल्ला कमिटीको उप–सचिव (माधवकुमार नेपाल त्यसबेला जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो ।   (२०३२ सालमा झापा आन्दोलनको राजनीतिक प्रकाशमा को-अर्डिनेशन केन्द्रको स्थापना- अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट को-अर्डिनेशन केन्द्र (माले) जसलाई छोटकरीमा 'कोके' भनिन्थ्यो)
-   कोकेको संगठन प्रभावकारी विस्तार भएपछि सरकारबाट चर्को दमन शुरु गरेको, धनुषाबाट माधव नेपाल, झापाबाट सि.पि. मैनाली र गोविन्द न्यौपने, सुनसरीबाट रामचन्द्र यादव पक्राउ, उहाँहरु सबै ‘कोके’को नेतृत्वमा हुनुहुन्थ्यो ।
-    माधव नेपालको पक्राउपश्चात आफ्नै नेतृत्वमा धनुषा जिल्ला पार्टी कमिटीको पुन: गठन ।
-    देशव्यापीरुपमा 'कोके'को पुनःगठन, झलनाथ खनाल कार्यवाहक महासचिव ।
-    २०३३/६/७ मा 'कोके'को केन्द्रीय सदस्य ।

थप समाचार

सरकारमा उपेन्द्रलाई सहभागि गराउने प्रयासः बालुवाटारमा के भयो छलफल ?

आज माओवादीका दुई जनाले मात्रै सपथ खाने

माओवादीले बुझायो मन्त्रीहरुको नामः प्रचण्डको सचिवालय

मन्त्रिमण्डल विस्तार हुँदै, फाेरमलाई पनि समेट्ने प्रयास

माओवादी मन्त्रीको सूचि तयार

माओवादी मन्त्रीको सूचि तयार, बादल गृहमन्त्री पक्का, केही बेरमा प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी

दोस्रो पटक मन्त्रिपरिषद विस्तार : पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप