प्रकाशको निधनवारे यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तीको पूर्णपाठ
प्रेस विज्ञप्ति
नेकपा माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड”का
सुपुत्र प्रकाश दाहालको देहान्त
काठमाडौं, मङ्सीर ०३, ०७४ ।
ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” का सुपुत्र प्रकाश दाहाल अचेत भई आज बिहान ५ः५० बजे दुई सहयोगीका सहयोगमा नर्भिकको आकस्मिक कक्षमा पु¥याइनु भएको थियो ।
तत्कालै आकस्मिक कक्षका चिकित्सकहरू डा. रविन्द्र प्रसाद यादव, डा. विमलेश श्रेष्ठ, नर्सिङ्ग स्टाफहरू एवम् स्वास्थ्य प्राविधिकहरूको टोलीद्वारा चिकित्सा जाँच गर्दा उहाँ पूर्णतया बेहोस् भइसक्नुभएको, हात–गोडाका सबै भाग निलो र कडा भईसकेको, शरीर पूरै चिसो भएको, श्वास–प्रश्वास पूर्णतया नरहेको, आँखाको नानी पुरै सुन्निएको (फुलेको), आँखामा प्रकाश (टर्च लाइट) पार्दा कुनै प्रतिक्रिया नआएको र ई.सी.जी. गर्दा सोको नतिजामा मुटुको गतिविधि पूर्णतया शुन्य पाइएको थियो । तत्पश्चात् उपचाररत चिकित्सकीय टोलीद्वारा उहाँलाई बिहान ५ः५९ बजे देहान्त भइसकेको घोषणा गरियो । चिकित्सकीय टोलीको प्रतिवेदन अनुसार हस्पिटल पु¥याउनुपूर्व नै उहाँको आकस्मिकरुपमा हृदयगति बन्द Sudden Cardiac Arrest भएका कारण देहान्त भएको बताइएको छ ।
भवदीय,
आर. पी. मैनाली
नायव महाप्रबन्धक – संस्थागत संचार
नर्भिक इन्टरनेशनल हस्पिटल
अन्य समाचार
पेरिसडाँडाबाट प्रकाशलाई अन्तिम बिदाई (फोटोफिचर)
प्रकाशको निधनप्रति कांग्रेसको समवेदना
प्रकाशको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षति : माओवादी केन्द्र
आफ्नै नजरमा ती प्रकाश (फोटोफिचर)
भावविह्वल बन्यो नर्भिक (फोटोफिचर)
अस्पताल ल्याउनभन्दा अघि नै प्रकाशको निधन, कारण आकस्मिक हृदयघात : अस्पताल
एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित
प्रकाश पत्नी बिना भावविह्वल हुँदै अस्पतालमा
प्रकाशको निधन : प्रधानमन्त्री देउवा लगायत शीर्ष नेताबाट समवेदना व्यक्त
प्रचण्ड नर्भिक अस्पतालमा, प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने
प्रकाशको निधनवारे यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तीको पूर्णपाठ
प्रकाश दाहालको निधन
प्रकाशको निधनले चितवन स्तव्ध, चितवनका सवै चुनावी कार्यक्रम स्थगित
महतोद्वारा समवेदना व्यक्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी