प्रकाशको निधनप्रति कांग्रेसको समवेदना
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहालको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायत सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट पनि गरेका छन् ।
देउवाका तर्फबाट कांग्रेसका केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक वक्तव्यमा ‘स्वर्गीय प्रकाश दाहालप्रति नेपाली कांग्रेस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।’ भनिएको छ । साथै कांग्रेसले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।