बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित

आइतबार, ०३ मङ्सिर २०७४, १२ : ४९
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौँ । नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश  दाहालप्रति सम्मान व्यक्त गर्न पार्टीका तर्फबाट आइतबार दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरेको छ । 

एमालेले नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न आजका कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ । 

एमालेले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र, नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट हाम्रो पार्टी स्तब्ध बनेको उल्लेख छ ।

प्रकाश दाहाललाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउनसाथ एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गरेका थिए । 

घटनाको जानकारी पाउनासाथ पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप