शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड नर्भिक अस्पतालमा, प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

आइतबार, ०३ मङ्सिर २०७४, १२ : १६
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौँ । पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । 

प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत सिधै लाजिम्पाटस्थित निवासमा पुगेर घटनाबारे परिवार र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएर श्रीमति सितासहित थापाथली अस्पताल पुगेका हुन् । 

पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान नौ बजे हेलिकोप्टरमार्फत उनी काठमाडौ आएका थिए । 

प्रकाशको मृत्युको खवरसँगै थापाथलीस्थित नर्भिक अस्पतालमा दाहालका आफन्तजन र शुभचिन्तकहरुको घृुइचो लागेको छ । अस्पताल परिसरमा पुगेका दाहालका शुभचिन्तक र आफन्तहरु  भवबिहल बनेका थिए । 

चितवनकी मेयर रहेकी दिदी रेणु दाहाल पनि काठमाडौँ आइपुगेकी छिन् ।

यसैबीच, प्रचण्ड अस्पताल आइपुगेसँगै अस्पतालले पत्रकार सम्मेलन गरेर प्रकाशको मृत्युबारे जानकारी गराउने तयारी गरेको छ । 

३६ बर्षिय प्रकाशको आइतबार बिहान हर्ट अट्याक भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । 

प्रकाशको २०३८ साल असार १७ मा जन्म भएको थियो । उनको दुई श्रीमती र दुई छोरा रहेका छन् ।

पार्टी स्रोतका अनुसार प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय पेरिसडाँडा लगिनेछ । आज साँझ ४ बजे आर्यघाट लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप