शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल ल्याउनभन्दा अघि नै प्रकाशको निधन, कारण आकस्मिक हृदयघात : अस्पताल

आइतबार, ०३ मङ्सिर २०७४, १२ : ४५
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालका डाक्टरहरुले जनाकारी दिएको छ ।

अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले सो जानकारी दिएका हुन् ।

बिहान ५ बजेर ५० मिनेट जाँदा प्रकाश दाहाललाई अस्पताल पुर्याइएको थियो । डा जेपी जैसवाल र यादव भट्टका अनुसार अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कन बन्द भइसकेको थियो, श्वासप्रश्वास केही पनि थिएन । 

आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो भने शरीरको रिफ्लेक्स पनि थिएन । शरीर कडा भइसकेको थियो ।

डाक्टरहरुले अस्पताल ल्याउन भन्दा तीन घण्टा अघि नै निधन भइसकेको बताए ।

‘इसिजी गर्दा पनि केही नभेटिए पछि हामीले परिवारलाई बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेका हौँ,’ डाक्टरहरुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप