शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा प्रहरीका लगातार चारवटा अपरेसन : जोगिएला गुमेको साख ?

सोमबार, १३ असोज २०७६, १३ : ५८
सोमबार, १३ असोज २०७६

नागरिकको पहिलो भरोसा प्रहरी प्रशासन नै हो । तर, प्रहरीको भूमिकामाथि नै शंकाको अवस्था सिर्जना हुँदा नागरिकको आशा र अपेक्षा मर्नु अस्वाभाविक होइन ।

पछिल्लो समय केही प्रकरणमा प्रहरीले अनुसन्धान गर्न चुकेको र विधिको शासनभन्दा अलग ढङ्गले कामकारबाहीमा उत्रिएका कारण जनविश्वास गुमाएको कतिपयको भनाइ छ ।

दशैंको मिति नजिकिँदै जाँदा काठमाडौँलगायत देशभर सुरक्षा चुनौती थपिँदै गएको छ । विदेशमा रहेका सम्पूर्ण नेपालीहरु दसैंका लागि नेपाल आउने क्रम सुरु भएको छ भने कामका सिलसिलामा शहरबजार पसेकाहरु आफ्नै गाउँघर फर्कन थालिसकेका छन् ।

सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई दसैंको सुरक्षा व्यवस्थापनको लागि खटाएको छ । सुरक्षा अधिकारीहरू भने दसैंमा हुने एकाध घटना हुने गरेपनि शान्तिसुरक्षा व्यवस्थापनमा कुनै असर नपुग्ने दावी गर्छन् ।

काठमाडौँ उपत्यकाको सुरक्षा अवस्था दसैं नजिकिँदै गर्दा मात्रै नभएर पहिलाको तुलनामा धेरै राम्रो भएको प्रहरीले दावी गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले अत्यन्तै संवेदनशील ठाउँ काठमाडौँ उपत्यकाको सुरक्षा अवस्था मजबुत रहेको बताए ।

यता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले हिंसात्मक घटना हुनै नदिन मात्र होइन, दोषीलाई पक्राउ गरी सुरक्षास्थिति चुस्त राख्न काठमाडौँ प्रहरी सक्रिय रहेको बताए ।

काठमाडौँवासीलाई दशैंतिहारको समयमा पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति दिलाउने एसएसपी सुवेदीको भनाइ छ ।

काठमाडौँ प्रहरी र महामनगरीय अपराध महाशाखाको सक्रियता पछिल्लो समय बढ्दै गइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवाली बताउँछन् । एसएसपी ज्ञवालीले भने, ‘विगतको भन्दा काठमाडौँ प्रहरीको सक्रियता बढ्दो छ ।’

केही प्रकरणमा अनुसन्धान गर्न चुकेको आरोप खेप्न बाध्य नेपाल प्रहरीको साख काठमाडौँ प्रहरी र अपराध महाशाखाले जोगाएको एसएसपी ज्ञवालीको भनाइ छ ।

पछिल्लो समयमा काठमाडौँ प्रहरी र अपराध महाशाखाको अपरेशनबाटै थाहा हुने एसएसपी ज्ञवाली बताउँछन् । काठमाडौँ प्रहरी र अपराध महाशाखाले ठूला–ठूला काममा सफलता हात पारेको उनको बुझाई छ ।

एसएसपी ज्ञवाली भन्छन्, ‘पछिल्लो समय काठमाडौँ प्रहरीले गरेको अपरेशन ‘एटीएम ह्याकिङ प्रकरण’ बाट प्रष्ट हुन्छ कि – ‘नेपाल प्रहरीको काम गर्ने शैली र क्विक अपरेशन ।’

यस्तै लामो समयदेखि सुल्झिन नसकेको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा पनि प्रहरीले सफलता हात पारेको ज्ञवाली बताउँछन् । यस्तै काठमाडौँ उपत्यकामा गुण्डागर्दीको राज पनि हटेको ज्ञवालीले बताए ।

घटना नम्बर १

काठमाडौँ प्रहरीले भदौ १५ गते नेपालमा एटिएम ह्याकिङ गरेर पैसा चोर्न आएका चिनियाँ गिरोह एटीएम बुथबाट पैसा निकालेर होटल पुग्न नपाउँदै समातिए ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीको एक्सनले बैङ्कहरुको करोडौं रकम जोगियो । डीएसपी बोगटीको प्रयासमै ‘हाइटेक’ चिनियाँ गिरोह अपराध गरेर भाग्न नपाउँदै प्रहरीको कब्जामा पर्यो ।

तर, प्रहरीको यो एटीएम ह्याकर अप्रेसनपछि धेरैले नेपाल प्रहरीको प्रशंसा गरेको प्रहरीको बुझाई छ । इन्टरपोलले समेत यससम्बन्धी चासो देखाएको प्रहरीको भनाई छ ।

घटनामा संलग्नहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


घटना नम्बर २

एटीएम ह्याकिङ प्रकरण सेलाउन नपाउँदै काठमाडौँ प्रहरीले अत्यधुनिक चाइनिज पेस्तोलसहित ७ जनालाई नियन्त्रणमा लिन सफल भयो । जबकी उनीहरुले काटमाडौँमा ठूलो चोरी तथा हत्याको योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

भदौ २१ गते काठमाडौँ प्रहरीले माछापोखरीस्थित हाई रेष्टुरेन्ट एण्ड बारबाट उनीहरुलाई चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट बरामद २ वटा चाइनिज पेस्तोल नेपाल प्रहरीले बोक्ने ६.२० एमएमको रहेको खुल्न आएको छ ।

त्यो दिन प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन नसकेको भए उपत्यकामा ठूलै घटना हुनसक्ने प्रहरीको अनुमान थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 


घटना नम्बर ३

यस्तै लामो समयदेखि सुल्झन नसकेको एउटा घटनालाई पनि काठमाडौँ प्रहरीले अनुसन्धान गरेर सुल्झाएको छ । पूर्वराजदूत केशव झा हत्या प्रकरणलाई काठमाडौँ प्रहरीले सुल्झाएको हो ।

पूर्वराजदूत झा हत्या प्रकरणमा आफ्नै सुरक्षागार्ड कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । तामाङलाई जिल्ला अदालत काठमाडौंले भदौ २५ गते जेल चलान गरेको हो ।

स्व. पूर्वराजदूत केशव झा । 

पूर्वराजदूत झा गत वर्ष भदौ ४ गते आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड कान्छाराम तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।

तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि तीनै जना छुटेका थिए । सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा भने शंका गर्नुपर्ने आधारहरु भेटिएको प्रहरीले दाबी गरेको थियो ।

झाको हत्या भएको लामो समयसम्म पनि अनुसन्धान गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भएको थियो ।

 


घटना नम्बर ४

महानगरीय अपराध मशाहाखाले कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा संलग्न १७ जनालाई पक्राउ गर्यो । बैङ्कको ४ करोड ७३ लाख रकम व्यक्तिको खातामा ट्रान्सफर भएको थियो ।

प्रहरीको सक्रियताले गर्दा बैङ्कको उक्त रकम जोगिएको अपराध महाशाखा एसएसपी सहकुल थापाले रातोपाटीसँगको कुराकानीमा भने । उनले भने, ‘समयमै हामीले थाहा पायौं र बैङ्कको ४ करोड ७३ लाख रुपैयाँ जोगियो ।’

बैङ्कको रकम चोरी प्रकरणमा सिरहाको लहान शाखाका प्रमुख सुनील कुमार झालाई नै अपराध महाशाखाो टोलीले पक्राउ गरेर थप अनुसन्धान गरिहेको छ ।

बैङ्कको रकम व्यक्तिको खातामा ट्रान्सफर गर्ने अफ्रिकी मूलका काले भनिने पिटर हुन् । पिटर लामो समयदेखि भारतम बस्दै आइरहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप