एटीएमबाट पैसा लुट्ने थप एक चिनियाँ विमानस्थलबाट पक्राउ
सोमबार, १६ भदौ २०७६, १० : ०५
काठमाडौं । एटीएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले आइतबार राती त्रिभुवन विमानस्थलबाट सु लुसलीलाई पक्राउ गरेको पुष्टि गरे ।
सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए ।
यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार काठमाडौं प्रहरीले दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण