एटीएमबाट पैसा लुट्ने थप एक चिनियाँ विमानस्थलबाट पक्राउ
सोमबार, १६ भदौ २०७६, १० : ०५

काठमाडौं । एटीएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले आइतबार राती त्रिभुवन विमानस्थलबाट सु लुसलीलाई पक्राउ गरेको पुष्टि गरे ।
सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए ।
यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार काठमाडौं प्रहरीले दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा