माछापोखरीमा बरामद पेस्तोल गोरखाका कुशल अधिकारीको भएको खुलासा
काठमाडौँ- गत २१ भदौमा प्रहरीले दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित काठमाडौंको माछापोखरीबाट ८ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा सिपाहीदेखि विप्लवका कार्यकर्तासम्म थिए ।
पक्राउ पर्नेहरुमा गोरखा अजिकोटका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वरका २९ वर्षीय रामबहादुर तामाङ, नुवाकोट विदुरका २५ वर्षीय धर्मराज तामाङ, रसुवा छेदिङमोका २९ वर्षीय योर्साङ घले, धादिङ खनिवासका २७ वर्षीय विजय तामाङ, नुवाकोट विदुरका ३० वर्षीय पिटर तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ रहेका छन् ।
गोरखा अजिकोटका ३८ वर्षीय कुशल अधिकारी आर्मीका भगौडा हुन् भने रसुवा छेदिङमोकाका २९ वर्षीय योर्साङ घले ‘गोरे’ विप्लव कार्यकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका ८ जना लुटेरा समूह हुन् । लुटेरा समूहबाट बरामद भएको पेस्तोल नेपाल प्रहरीले प्रयोग गर्ने खालका हुन् ।
पेस्तोल बाहिर लेखिएको नम्बरहरु सबै मेटिएको र प्रयोग भइरहेको अवस्थाको देखिएकाले पुलिसकै पेस्तोल हुन सक्ने अनुमान गरिएको थियो । तर, बरामद २ वटै पेस्तोल गोरखाका कुशल अधिकारीको रहेको पाइएको छ । कुशलले १२ वर्षअघि एक व्यक्तिबाट पेस्तोल किनेको प्रहरीसमक्ष बयान दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।
कुशलले को व्यक्तिबाट पेस्तोल किनेको र कहिले किनेको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुशल काँग्रेस कार्यकर्ता समेत हुन् । कुशल २०७४ सालको संविधानसभाको चुनावमा काँग्रेस नेताहरुसँग चुनाव प्रचारप्रसारमा समेत सक्रिय थिए ।
कुशलले बोक्दै आएको पेस्तोल ७.२ एमएम चाइनिज पेस्तोल हो । उक्त पेस्तोलको नेपाली बजार मूल्य २ लाखमाथि रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण