यसरी चोरी भयो कृषि विकास बैङ्कबाट डेढ करोड
काठमाडौँ । कृषि विकास बैङ्कबाट अनाधिकृत रुपमा डेढ करोडभन्दा बढी रकम झिकिएको घटना सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार प्रारम्भिक अनुसन्धानमा बैङ्क १ करोड ५६ लाख रकम चोरी भएको देखिएको छ । उनले भने, ‘बाँकी अनुसन्धानमै छौँ ।’
यसअघि चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालेकोमा कृषि विकास बैङ्कको चोरीमा नौलो शैलीमा रकम चोरी भएको पाइएको भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार ब्यालेन्स सिटमा नै हिट गरेर पैसा ट्रान्सफर गरिएको देखिएको छ ।
मिश्रका अनुसार बैङ्कको लाहान शाखाबाट रकममा गडबडी भएको देखिएको छ । ‘प्रोफिट डेविट गरेर खाता खोलेर विभिन्न खातामा ट्रान्सफर गरेको देखिएको छ,’ उनले भने, ‘रकम बढी नै लगेको छ । नयाँ–नयाँ प्रविधिको चोरी भएको छ । यसबारे पूर्ण विवरण अहिले साढे १० बजे आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण