यसरी चोरी भयो कृषि विकास बैङ्कबाट डेढ करोड

काठमाडौँ । कृषि विकास बैङ्कबाट अनाधिकृत रुपमा डेढ करोडभन्दा बढी रकम झिकिएको घटना सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार प्रारम्भिक अनुसन्धानमा बैङ्क १ करोड ५६ लाख रकम चोरी भएको देखिएको छ । उनले भने, ‘बाँकी अनुसन्धानमै छौँ ।’
यसअघि चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालेकोमा कृषि विकास बैङ्कको चोरीमा नौलो शैलीमा रकम चोरी भएको पाइएको भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार ब्यालेन्स सिटमा नै हिट गरेर पैसा ट्रान्सफर गरिएको देखिएको छ ।
मिश्रका अनुसार बैङ्कको लाहान शाखाबाट रकममा गडबडी भएको देखिएको छ । ‘प्रोफिट डेविट गरेर खाता खोलेर विभिन्न खातामा ट्रान्सफर गरेको देखिएको छ,’ उनले भने, ‘रकम बढी नै लगेको छ । नयाँ–नयाँ प्रविधिको चोरी भएको छ । यसबारे पूर्ण विवरण अहिले साढे १० बजे आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन